राजकुमार गोले
काभ्रे  । धुलिखेल नगरपालिका–१, ओपीमा सोमबार विहान तरकारी बोक्ने निशान गाडी पल्टीदा एक जनाको मुत्यू भएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहको नेतृत्वमा गएको प्रहरी टोलीले टुर्घटनामा परी जलिरहेको गाडी नियणन्त्रमा लिएका थिए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार मृत्यू हुनेमा धुलिखेल नगरपालिका–१ देवीटारको बर्ष ४० को ललीमाया तामाङ रहेको छ । उनको नेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

देवीटारबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा २ ख ३४१२ नम्बरको निशास दुर्घटना हुँदा अन्य ६ जना घाईते भएका छन् । घाईते हुनेमा धुलिखेल नगरपालिका–१ देवीटारका बर्ष ११ को सुजन लामा, बर्ष ५० को ठूलीमाया तामाङ, बर्ष ४८ को ज्ञानीमाया तामाङ, बर्ष ४२ को धनमान तामाङ, पनौतीका बर्ष ३१ को सानुकान्छा तामाङ र खानीखोला गाउँपालिका फलामेटारका बर्ष ४० को मान बहादुर गोले रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

एक घण्टा गाडी जलि रहे, दमकल ढिला आएको भन्दै स्थानीय आक्रोशित

गाडी सडकबाट करिक ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगोलागी भएपछि आगो निभाउन बनेपा नगरपालिकाको दमकल बोलाउँदा पनि नगरपालिकाबाट करिब ६÷७ मिनेटको दूरीमा पनि घटना भएको एक घण्टापछि मात्रै पुगेको भन्दै स्थानीयबासिन्दाले आक्रोस पोखेका थिए । दमकल समयमा नपुगेपछि प्रहरीले जरगिनमा पानी ओसारेर गाडीमा लागेको आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंग शाहले जनकारी दिए ।

Comments

comments

SHARE