जापान । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को आयोजनामा एक दिने अन्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

“प्रबासमा जातिय संस्थाहरू वीच सहकार्य तथा एकताको सवाल र पहिचानको आन्दोलनमा फोनिजको भुमिका”बिषयक अन्तक्रिया जापान टोक्यो रोधी क्लबमा भएको हो ।

कार्यक्रम नेपाल आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बुको प्रमुख आतिथ्यता र पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेको बिशेष आतिथ्यतामा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लिम्बुले जातिय पहिचान प्राप्त गर्नका लागि जनजाति युवाहरूमा चेतनास्तरको बिकास हुनुपर्ने ,जनजाति अधिकार तथा सवालसंग सम्बन्धित लेख रचना समेटिएको पुस्तक तथा सामग्री, प्रकाशन गरी अध्ययनमा जोड दिनुपर्ने कुरा बताएका छन् ।

त्यससैगरी बिदेशमा रहेको फोनिज संस्थाहरूले नेपालमा रहेका फोनिजसंग सहकार्य गरी पहिचान र अधिकार प्राप्तिका लागि संचार क्षेत्रमार्फत महत्वपुर्ण भुमिका निभाउनु पर्नेमा कार्यक्रमका सभापति फोनिज जापानका अध्यक्ष चसिला तामाङले जोड दिएका छन् ।

कार्यक्रम शशिकला मोक्तानको संचालन र फुर्बा शेर्पाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो भने कार्यक्रमलाई सहजीकरण एनआरएनए आइसिसि सदस्य ओम गुरूङले गरेका थिए ।

 

Comments

comments