-इन्द योञ्जन तामाङ
कुवेत। कुवेतमा रहेको लुम्बिनी समाज नेपाल कुवेतले क्यान्सर पिडित एक बालिकालाई आर्थिक सहयोग गरेको छ ।

अर्घाखाँची जिल्ला सितांगा नगरपालिका वडा नं. ३ घर भएका ३ वर्षिय ब्लड क्यान्सर पिडित समिरा बोहोरालाई समाजले आर्थिक सहयोग गरेको हो । आज बुटवालमा एक कार्यक्रम गरि विरामीका बुबा सचिन बोहरालाई समाजले नगद ६१ हजार रुपैयाँ सहयोग गरेको समाजका अध्यक्ष रुपेन हमालले तेमाल अनलाईनलाई जानकारी दिए ।

युवा व्यवसायी तथा समाजसेवी सुरज क्षेत्रीको संयोजनमा समाजका संस्थापक तथा वरिष्ठ सल्लाहकार रवि बन्जाडे, तथा समाजका सदस्यहरुले हस्तानतरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै लुम्बिनी समाज नेपाल, कुवेतका सल्लाहकार बञ्जाडेले नेपाली श्रमिकहरुबाट संकलन गरेको रकम थोरै भएपनि बालिकाको उपचारमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

पिडित बालिकाको लागि अझैपनि सहयोगको लागि आफूहरु लागिरहने उनले प्रतिबद्धता जाहेर गरे ।

उक्त रमक लुम्बिनी समाज का कोषाध्यक्ष श्री सागर न्यौपाने को संयोजकत्वमा संकलन गरीएको थियो। ३ वर्षीया समिराको हाल भारतको चन्दिगढमा उपचार भइरहेको छ ।

समाजले यस अघि पनि विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

Comments

comments