काभ्रे । काभे्रको बेथानचोक गापा–५, च्याल्टीमा एक दिने घुम्ती स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको छ ।
शिविर विष्णु दल गणको आयोजनामा तथा जिल्ला जनस्वास्थ्य कार्यालय, धुलिखेल अस्पताल, बेथानचोक गापा, रेयुकाई आँखा अस्पतालको सहयोगमा भएको हो ।

शिविरमा ३ सय ५० विरामीहरुलाई जनरल फिजिसियन, आँखा उपचार, फिजियो थेरापी, रगत जाँच लगायतको उपचार प्रदान गरिएको थियो । साथै मोतिविन्दुको विरामीलाई रेयुकाई आँखा अस्पताल बनेपाले ५० प्रतिशत र बेथानञ्चोक गापाले ५० प्रतिशत सहयोग गरेर नि–शुल्क उपचार गर्ने विष्णु दल गणका सेनानी विनोद पाठकले तेमाल अनलाईनलाई जानकारी दिए ।

 

शिविरमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर रावत, विष्णु दल गणका गणपति प्रमुख सेनानी रामहरी के.सी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्का, बेथानचोक गापा प्रमुख प्रेम बहादुर तिमल्सिना, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको उपस्थिती थियो ।

Comments

comments