काठमाण्डौं । जन्म दिनको अवसरमा समाजसेवी तथा वाईसियल नेपाल  केन्द्रय सदस्य एवं    प्रदेश नम्वर तीन श्रम तथा बैदेशिक रोजगार विभाग प्रमुख कुमार लामा ले अनाथ बालबालिकालाई सहयोग गर्नुभएको छ ।

लामाले जन्म दिनको अवसरमा एकिकृत सिर्जनसिल समाज नेपालमा रहेका ४४ बालबालिकालाई दैनिक उपभोग्य सामग्री दिदै सहयोग गर्नु भएको हो ।
केक काटेर साथीभाई सँग रामरमाईलो गरेर जन्म दिन मनाउनु भन्दा अनाथ असाहाय लाई नै सहयोग गर्नु जन्मको सार्थकता भएका कारण आफुले सिर्जनसिल समाजमा आएर अनाथहरुको सहयोग गरेको लामा बताउनुहुन्छ ।


दोन्द पिडित भुकम्प पिडित एवं विविध कारणले अनाथ भएका बालवालिका हुर्काई रहेको उक्त बालआश्रममा रोल्पा रुकुम ,सुर्खेत, गुल्मी , खोटाङ,धादिङ, रामेछाप, कालिकोट मुगु लगाएतका जिल्लाका ४४ जना बालवालिका रहेका छन ।
बालबालिकालाई लामा जस्ता सहयोगी मनहरुको सहयोगले नै हाल उनीहरुको लालनपालन पढाई आदि चल्दै आएको संस्थाका अध्यक्ष जयप्रकास बुडामगले जानकारी दिनुभयो । उहाँले समाजसेवी कुमार लामा जस्ता ब्यक्तिहरु जव सम्म रहन्छन तव सम्म कहिले पनि अनाथले आफु अनाथ भएको सम्झनु पर्दैन भन्नुभयो ।
हस्तान्तरण कार्यक्रममा पुर्व समान्य प्रशासन मन्त्री टेकवहादुर बस्नेतले कुमार लामाले जस्तै अरु जो कोहिले पनि जन्म दिन आदि फजुल खर्चमा ध्यान दिनु भन्दा समाजमा रहेका अनाथ बालवालिकाको लागि वा बुडा बुडी आमा बुवाको सहयोग गरे जन्मको सार्थकता हुने बताउनुभयो ।
लामाले बालबालिकाको लागि दाल चामल तेल विस्कुट अण्डा लगाएत एक महिनाको खाध्यान्न समाग्री हस्तान्तरण गर्नुभएको थियो ।
नर्सरी देखि कक्षा दश सम्म अध्ययन गर्ने बालबालिका रहने उक्त आश्रम नेपालीहरुको सहयोगमा नै चल्दै आएको छ ।

Comments

comments

SHARE