काठमाडौं । गाउँको सामन्तीको ज्यादती र यसको प्रतिकारमा आधारित तामाङ कथानक चलचित्र ‘घ्रान’ श्रावण ५ गते राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन हुने भएको छ ।

आज भन्दा १०–१२ पहिले ओखलढुङ्गाको मूलखर्क गाउँमा रहेको समान्तबाद र त्यसले समाजमा उब्जाएको समस्यालाई यस चलचित्रमा सचित्र वर्णन गरिएको छ । सामन्तिले आफू भन्दा कम्जोरलाई शोषण गर्ने, दुख दिने अनि ज्यान लिने गरेको यो चलचित्रको कथा हो ।

यो चलचित्र मूलखर्कको बिभिन्न स्थानमा छायांकन गरिएको छ । चलचित्रको कुल लागत ४० लाख रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

यस चलचित्रमा कलाकारहरु सुकुमाया मोक्तान, बिकास स्यङ्तान, सागर घिसिङ, सुस्मा मोक्तान, सुनिता थिङ, शम्भु घिसिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, राम चन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङ तथा स्थानिय कलाकरहरु नर्माता राम घिसिङ शम्भु घिसिङ सागर घिसिङले अभिनय गरेका छन् ।

चलचित्रको निर्देशन जनक गुरुङ, द्वन्द निर्देशन वाङ्छु लिम्बु, नृत्य निर्देशन अजय स्याङ्तान, कथा पट्कथा अमृत लामा र सागार घिसिङ, सम्वाद जनक गुरुङ, छायांकन बिक्रम लामा मोक्तान, श्रृंगार बिना घाले लोप्चन, सम्पादन बज्र ङ्यासुर, कलर सुर्य लामा, पोस्ट प्रोडक्सन जिग्मे मिडिया, शब्द कुमार स्याङ्बा सुक्रानी दोङ (अनु), संगीत विशाल काल्तान, अमृत लामा, निमा दोङ, कृष्ण काफ्ले, स्वर अन्जु पन्त, विशाल काल्तान, जितु लोप्चन, निमा दोङ ,निर्माला घिसिङ, शम्भु घिसिङ, दिपा लामा रहेका छन् ।

यस्तो छ ट्रेलरः

Comments

comments