दुध लाेप्चन 

दक्षिण काेरिया– कोरियामा तामाङ कथानक चलचित्र ‘सेम ताबा म्ही’ प्रदर्शन हुने भएको छ । रामेछाप जिल्लामा अवस्थित शेरपलिङ महायान बौद्ध धर्म अध्ययन केन्द्रमा अध्ययनरत अनाथ, गरीब तथा बिपन्न बालबालिकाहरुको सहयोगार्थ चत्रचित्र प्रदर्शन गर्न लागेको संघले जनाएको छ ।

‘चलचित्रले भाषा, भेषाभूषा, संस्कार, संस्कृति र कलाको सम्बर्द्धन र प्रबर्द्धन गर्न त्यो समाजको प्रतिनिधित्व पर्दा मार्फत बिस्वभरी फैलाउन सहयोग पुर्याउन सक्छ । त्यसैले तामाङ भाषाको चलचित्र बन्नु र प्रदर्शन गर्न पाउनु पनि तामाङ समाजको प्रतिनिधित्व पर्दा मार्फत बिश्वभरि सन्देश दिनु हो ।’ नेपाल तामाङ संघका अध्यक्ष मेघ प्रसाद वाइबाले भने । उनले चलचित्रप्रेमीहरूलाइ चलचित्र हेर्नका लागि समेत अाग्रह गरेका छन् ।

नेपाल तामाङ संघ, दक्षिण कोरियाद्धारा पहिलो पटक आयोजित तामाङ कथानक चलचित्र जुलाई ८ तारिख अाइतबार दिउँसो १२ बजे मेशनदोङ कम्युनिटी सेन्टर, सुवानमा प्रद्धर्शन गर्ने वाइबाले तेमाल अनलाईन डटकमलाई जानकारी दिए ।

यस चलचित्र ‘सेम ताबा म्ही’ मै नेपाल ईन्डीजीनिस फिल्म फेस्टिभल, न्यूयोर्क २०१७ मा सम्पूर्ण आदिवासी फिल्ममध्ये नै ९ वटा विधामा मनोनयनमा परी पब्लिक च्वाईस अवार्डसहित बेस्ट म्यूजिक कम्पोजरको अवार्ड समेत जितिसकेका छन् ।

यस अघि चलचित्र अमेरिका, युरोपमा प्रदर्शन गरिसकेका छन् । तामाङ चलचित्र कोरियामा पहिलो पटक प्रदर्शन गर्न लागेको छ । चलचित्रमा अंग्रेजी भाषामा सबटाइटल भएकाेले आम चलचित्र प्रेमीलाई हेर्नको लागि अनुरोध गरेका छन् ।

साहित्यकार तथा चलचित्र निर्माता तथा निर्देशक राजकुमार मोक्तान स्वयंमले कोरियामा ल्याएका हुन् । यो उनको पहिलो निर्देशित तामाङ चलचित्र हो । उक्त कार्यक्रममा मोक्तानको ‘म र मेरो देश’ कबिता संग्रह पनि विमोचनसमेत गरिने माेक्तानले बताए ।

भिडियाे हेर्नुहाेस्:

Comments

comments

SHARE