काभ्रे । कम्प्युटर एशोसियरन महासंघ (क्यान)ले प्राविधिक शिक्षातर्फ यस वर्षदेखि छात्रबृति प्रदान गर्ने भएको छ ।

बुधबार बनेपामा एक पत्रकार सम्मेलन गरेर क्यानले छात्रबृत्ति दिने घोषणा गरेको हो ।

सूचना प्रविधि विषयमा अध्ययन अध्यापन गराइरहेका कलेजहरुसँगको सहयर्कामा गरिब, जेहेन्दादर तथा आवश्यकता पहिचान भएका विद्यार्थीहरुको लागि छात्रबृत्ति प्रदान गर्न लागिएको क्यान महासंघ प्रदेश ३ का अध्यक्ष प्रभात श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार सूचना प्रविधि विषयमा अध्यापन गराउँदै आएको लर्ड बुद्ध एजुकेशन फाउन्डेशनसँगको सहकार्यमा ४९ जना विद्यार्थीहरुलालई छात्रबृत्ति प्रदान गर्न लागिएको हो ।

‘क्यान नेशनल आईसीटी स्कलरशिप–२०७५’ नामबाट देशका सात वटै प्रदेशका विद्यार्थीहरुलाई समान अवसर पाउने गरि प्रत्येक प्रदेशबाट १÷१ जना विद्यार्थीलाई पूर्ण छात्रबृत्ति र ६ जना विद्यार्थीहरुलाई आंशिक छात्रबृत्ति प्रदान गरिने पत्रकार सम्मेलनमा श्रेष्ठले जानकारी दिए ।

‘फिमेल मेरिट आईसीटी स्कलरशिपबाट ४ जना, आईसीटी मेरिट स्कलरशिपबाट ३ जना गरि प्रत्येक प्रदेशबाट ७÷७ जनालाई छात्रबृत्ति प्रदान गरिने छ ।’ पत्रकार सम्मेलनमा प्रेषित विज्ञप्तिमा भनेको छ, ‘सातै प्रदेशबाट कुल ४९ जना विद्यार्थीले १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँ बराबरको छात्रबृत्ति पाउनेछन् ।’

छात्रबृत्ति प्राप्त विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको एफिलेसनमा सञ्चालित लर्डबुद्ध एजुकेशनमा स्नातक तह अन्तर्गत बीएससी आइटी को अध्याय गर्न पाउने विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विज्ञप्तिः

 

 

Comments

comments