-अञ्जली तामाङ

धुलिखेल । कामको निक्कै नै चटारोमा यतिखेर किसानहरु छन् । मुठी रोपेर मुरी फलाउने अभियानमा रहेका किसानहरुलाई सघाउन धुलिखेल नगारपालिकाका प्रमुख अशोक व्याञ्जु खेतमै पुगेका छन् ।

नपा–११ पात्लेखेत डाँडागाउँमा बुधबार व्याञ्जुले धान रोप्ने देखि लिएर बाउसे र हलीसमेत बने ।

पात्लेखेत होमस्टेको आयोजनामा धान रोपाई कार्यक्रम प्रमुख व्याञ्जु सहित पत्रकार, जनप्रतिनिधि, स्थानीय जनताको उपस्थिति रहेका थिए । त्यहाँ पर्यटकहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीय किसानले रोपाई कार्यक्रममा बाजागाजा र फुलमालाले स्वागत गरिएको थियो ।

रोपाई कार्यक्रममा धुलिखेल नपा –११ का वडा अध्यक्ष विष्णु धिताल, वडा सचिव सुवर्ण दास श्रेष्ठ लगायतले रोपाईमा भाग लिएका थिए ।

आफ्नो कला र संस्कृतिको जगेर्ना गर्न र मौलिकता झल्काउनको लागि पञ्चे बाजा सहित यस्तो कार्यक्रमको आयोजना गरिएको होमस्टेका अध्यक्ष केशव बडालले बताए ।

Comments

comments

SHARE