पनौती । काभ्रे जिल्लाको पनौती नपा –८ मा रहेको ह्याप्पी चिल्ड्रेन होमका १७ जना अनाथ बालबालिकाहरुलाई विष्णु दल गणले बुधबार खाद्यान्न सहयोग गरेको छ ।

त्यसैगरी रोटरी क्लव अफ धुलिखेलले पनि अनाथ बालबालिकाहरुलाई स्टेशनरी ड्रोइङ किट सहयोग गरेका छन् ।

दलित उत्पीडित कल्याण संघ द्वारा संचालित ह्याप्पी चिल्ड्रेन होमले एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गरिएको थियो ।

कार्यक्रममा विष्णु दल गणका प्रमुख सेनानी रामहरी के.सी, सेनानी विनोद पाठक, रोटरी क्लव अफ धुलिखेलका अशोक कुमार श्रेष्ठ, काभे्र उद्योग वाणिञ्ज संघका महासचिव कैलाश पलाञ्चोके लगायतले वितरण गरेका थिए ।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गापा –६ का साखाराम दमाईले २०६७ सालमा उक्त होमको स्थापना गरेका हुन् । यस होममा विशेषगरी बुवाआमा दुवै नभएका बालबालिकालाई प्राथमिकता दिने गरेको अध्यक्ष दमाईले तेमाल अनलाईनलाई बताए । होममा काभ्रे, हेटौडा, मुगु, सिन्धुपाल्चोक लगायतका जिल्लाका बालबालिका छन् । उनीहरु पनौती ज्ञानज्योती बोर्डिङ स्कुलमा अध्ययनरत छन् । उनीहरुलाई पठनपाठनको लागि स्वीजरल्याण्डको एक संस्थाले सहयोग गरेको छ । यहाँ सबैभन्दा कम उमेर ४ वर्ष देखि १८ वर्ष उमेर समुहका बालबालिका छन् ।

Comments

comments

SHARE