आरोपित जर्सिङ तामाङ

काठमाडौं । विदेशबाट जारी भएको सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्ने क्रममा किर्ते कागजात पेश गरी  सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने ३ जना र बिचौलियाको भूमिका निर्वाह गर्ने ४ जना सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको टोलीले उनीहरुलाई महाराजगंज, जोरपाटी तथा चावहिलबाट पक्राउ गरेको समाचार छ । पक्राउ पर्नेहरुमा सवारीचालक अनुपतिपत्र बनाउन दिनेहरु काठमाडौं महानगरपालिका पेप्सीकोला बस्ने ३३ बर्षीय आङकुसाङ शेर्पा, डाँछी नयाँपाटी बस्ने ३० बर्षीय अमित पुर्पेटी, काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने ४६ वर्षीय लछु लामा छन् ।

त्यसैगरी सवारीचालक अनुमतिपत्र बनाउन सहयोग गर्नेहरु सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका ४१ वर्षीय जर्सिङ तामाङ, काठमाडौं महानगरपालिका-८ जोरपाटी बस्ने ६१ बर्षीय श्रीप्रसाद बुढाथोकी, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका ५ बस्ने २४ वर्षीय नोर्बु लामा र काठमाडौं चन्द्रागिरी नगरपालिका ४ सितापाईला बस्ने ५२ वर्षीय रामचन्द्र गौतम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले बिदेशबाट जारी सवारी चालक अनुमति पत्रलाई किर्ते कागजात पेस गरि नेपालीकरण गर्न लगाएका थिए । जर्सिङ तामाङले रेडियो खोल्ने, शेयर दिने भनेर तामाङ समुदायबाटै लाखौँ रकम ठगी फरार व्यक्ति भएको विशेष स्रोतले जनाएको छ ।

उनीहरु माथि सरकारी छाप दस्तखत किर्ते मुद्धामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

 

Comments

comments