काभ्रे । जिल्लाको तेमाल गाउँपालिका–१, आधाबाटोमा एक ९ वर्षिय बालिकाको निर्ममतापूर्वक हत्या गरेको छ ।
बुधबार राती आधाबाटोकी एलिसा तामाङको आफ्नै फुपूको संलग्नतामा हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल–१, आधाबाटोमा ज्यामी काम गर्दै आएको २३ वर्षिय बारा जिल्लाका जोखन मन्सुर र एलिसाकी फुपू २१ वर्षिय मिना तामाङबीच भएको अनैतिक सम्बन्ध एलिसाले देखेपछि पोल खुल्ने डरले हत्या गरेको बुझिएको छ ।

एलिसाले फुपू र मन्सुर बीचको सम्बन्ध देख्न साथ मन्सुरले तानेर बारीमा लगेको थाहा भएको छ । बारीमा मन्सुरले एलिसाको घाँटी थिचि हत्या गर्ने वित्तिकै उनी फरार भएका थिए ।

स्थानीयले एलिसाको हत्या भएको थाहा पाउने वित्तिकै मन्सुरको खोजी गरेका थिए । खोजी गर्ने क्रममा गाडी चढेर बनेपा तर्फ आउँदै गर्दा गाउँलेले समातर प्रहरीलाई खबर गरेको तेमाल गापा वडा नं. १ का वडा अध्यक्ष मानबहादुर श्रेष्ठले तेमाल अनलाईनलाई जानकारी दिए ।

हत्यामा संलाग्न रहेको आरोपमा मन्सुर र मिनालाई गिरफ्तार गरि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हत्या भएकी एलिसाको आजै (विहिबार) पोष्टमार्टम गरी दाहसँस्कार गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार एलिसालाई बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको अवस्थामा फेला परेको थियो ।

Comments

comments

SHARE