भक्तपुर । दुच्छे फिल्म प्रालीको पहिलो प्रस्तुती चलचित्र स्वर्गध्यान भक्तपुरमा विषेश प्रर्दशनी हुने भएको छ । असार ३० गते भक्तपुरको बाराही मुभिजमा उक्त चलचित्रको विषेश प्रर्दशनी गरिने भएको हो ।
धर्ममा आधारित चलचित्र स्वर्गध्यान गुरु सरोज दोङको निर्माण,पटकथा शब्द संगीत स्वर निर्देशन र सम्पदनमा निमार्ण भएको हो । फिल्मा गुरु सरोज दोङको सशक्क्त अभिनय रहेको उक्त चलचित्रमा नायक प्रविण लामा नायिका भगवती तामाङ र लक्ष्मी गुरुङको मुख्य भुमिका रहेको छ ।
दुच्छे फिल्म प्रालीको पहिलो प्रस्तुतीमा सह निमार्ता सन्सेविका गुरुङ रहनु भएको छ ।
आधिम युग देखि चल्दै आएको सनातन धर्म एवं परम्परामा बनझाँक्री र बनझाँक्रीको बास्तविकताको विषयलाई उजागर गर्दै निर्माण भएको उक्त चलचित्रमा नेपाली समाजमा परम्परा देखि चल्दै आएको परम्परा र धर्मलाई विषेश प्रस्तुतीकरण गरिएको छ ।
उक्त चलचित्रको छायाङकन भने नुवाकोट , काठमाण्डौंको फर्पिङ लगाएत विभिन्न स्थानमा गरिएको छ ।
चलचित्रले हिन्दुधर्ममा आधारित विभिन्न युगको विषयमा रिलका मार्फत चित्रण गर्न खोजेको छ ।
चलचित्र असार ३० गते बाराही मुभिज सुर्यविनायकमा ३ बजे देखि विषेश प्रर्दशनी गरिने भएको फिल्म निर्माण पक्षले जानकारी दिएका छन् ।

Comments

comments

SHARE