काभ्रे । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाल एक लाख ३० हजार रुपैँया घुस सहित पक्राउ परेका छन् ।

इन्जिनियर खनाललाई धुलिखेलको एक होटलमा सेवाग्राहीसँग घुस लिँदैगरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

पनौती नगरपालिका वडा नं ११ बल्थली बृहत खानेपानी आयोजनाको डिपबारिङ मेसिन खरिद गर्नको लागि इन्जिनियरले सप्लार्यससँग कुरा गरिदिने भन्दै रकम लिएको बुझिएको छ ।

उक्त आयोजना कुल ३ करोड ४१ लाख ३५ हजार लागतमा निर्माण हँुदै गरेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख रामचन्द्र काफ्लेले जानकारी दिएका हुन् ।

Comments

comments

SHARE