सिन्धुली । पाख्रिन तामाङ समाजका केन्द्रिय अध्यक्ष मणि लामा पाख्रिनले पाख्रिन तामाङको सभ्यता, संस्कृति र वंशावलि अध्यनका लागि समाजले अभियान थालेको बताएका छन् ।

शनिबार सिन्धुली जिल्लामा पाख्रिनहरुको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् ।
पाख्रिन तामाङको आदिमकालदेखिको सभ्यता, पौराणिक तथ्य र इतिहासलाई वस्तुगत अध्ययन गरेर ‘ठोस कोर्स’को रुपमा ल्याउनका लागि पाख्रिन समाज आवश्यक रहेको प्रष्ट पारे ।

‘अहिले जिल्ला जिल्लामा पाख्रिन समाज गठनको प्रक्रियामा छौं । दोलखा, सुन्सरी हुँदै सिन्धुलीले पूर्णता पाएको छ । यस्ले तामाङ जातिभित्र छुटै माहोल तय गरेको छ,’अध्यक्ष लामाले भने,‘हामीले साउन २६ गते राष्ट्रिय अधिवेशनको मिति तोकेका छौं । स्वदेश र विदेशमा रहेका पाख्रिनहरुको यसमा विशेष चासो र चिन्तन रहेको पाए । अधिवेसनलाई सभ्य, भव्य र ऐतिहासिक रुपमा सफल बनाउन सबैसँग सहयोगको अपेक्षा समेत गर्दछु ।’

उनले पाख्रिन तामाङ समाज सिन्धुलीको नयाँ कार्यसमितिलाइ बधाई दिदै वंशावलि अध्ययन र सामूहिक कार्यमा आगामि स्वइस्फूर्त हातेमालो गर्नका लागि शुभकामना दिएका छन् ।

पाख्रिन समाजका महासचिव छिरिङ दोर्जे पाख्रिनले राष्ट्रिय अधिवेशको तयारी, सहभागीता र भूमिकाको विषयमा प्रष्ट्याएका थिए । ‘पाख्रिन समाज फरक ढंगले तामाङ समुदायमा प्रस्तुत हुन्छ । हामी जहाँ जुनसुकै ठाउँमा बसेपनि पाख्रिन ‘पाख्रिन’ हो । ठाउँ विशेषले फरक नामकरण गरियो होला,’ उनले भने,‘तर हामी एउटै फोला डाप्ला (कूलका) हौं । यो विषयमा हामी प्रष्ट हुनु पर्छ । हामी विश्वभर छरिएर रहेका पाख्रिनहरुलाई एउटै चुलोमा ल्याउने जमर्को गरेका छौं ।’

सिन्धुलि जिल्लाको प्रथम पाख्रिन तामाङको भेलामा केन्द्रिय समितिका उपाध्यक्ष शुक्र पाख्रिन, सह कोषाध्यक्षा मानकाजि पाख्रिन र सचिव अर्जुन पाख्रिनको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम समाजको केन्द्रिय सल्लाकार सुर्य पाख्रिको विशेष भूमिकामा भएको समाजले जनाएको छ ।

पाख्रिन समाज सिन्धुलीका अध्यक्षमा चोचलराज

पाख्रिन तामाङ समाज सिन्धुलीको अध्यक्षमा चोचलराज पाख्रिन सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार सिन्धुलीमाडिमा भएको प्रथम जिल्ला भेलाले चोचलराजलाई सर्वसम्मत निर्वाचित गराएको हो ।

उपाध्यक्षमा शोवित पाख्रिन, सचिवमा अमृत पाख्रिन निर्वाचित भएका छन् । सह–सचिवमा विममाया पाख्रिन र सदस्यहरुमा डम्बर बहादुर पाख्रिन, कृष्ण बहादुर पाख्रिन, लाल बहादुर पाख्रिन, दुध बहादुर पाख्रिन, राज बहादुरर पाख्रिन, मक्कर बहादुर पाख्रिन, पुर्ण बहादुर पाख्रिन, चक्र बहादुर पाख्रिन स्वरुप पाख्रिन लालबहादु पाख्रिन रहेका छन् । अन्य १० जना समाजको पहिलो बैठकले मनोनित गर्ने जनाएको छ ।

Comments

comments

SHARE