-डा. मनिसा कार्की
भगवान भनेको कसैको पनि जीवन रक्षा गर्ने अनि सहिमार्ग निर्देशन गर्ने भनी हामीले सुन्दै आएका छौं । मानिसको पहिलो भगवान भनेको उसको माता पिता नै हुन् जसले यो संसार देखाए । कसैको जीवन रक्षा गर्नु मानिसको कर्तब्य हो । यहि कर्तब्य पालन गर्नेमा एक डाक्टर पनि हुन् तर डाक्टर भगवानै हुन् या हैनन् भन्न भने सकिन्न । कतिको जीवनमा डक्टर भगवान भएका हुन्छन् त कसैकोमा नहुन् पनि सक्छन् । यस्तै एक प्रसंगका रुपमा हामी यस्ता विरामी जासको विषयमा भन्दा डक्टर भगवान नै पनि भएका हुन् सक्छन् या सक्दैनन तर खुसीको कुरा भनेको उनीहरुको ओठको हाँसोमा लुकेको पाईन्छ । जस्तै

एम्वुलेन्सको साईरन बज्दै हतार हतार विरामी ईमर्जेन्सीमा ल्याईन्छ । को के कस्तो प्रकृतिको विरामी केहि नभनी अस्पतालको ईमर्जेन्सीमा भएका डाक्टर नर्स अन्य सेवा प्रदायक दौडिदै विरामी तर्फ उसको जीवन रक्षमाका लागि दौडिन्छौ ।

जीवन देखि हार खाएर आफुले आफैलाई पासो लगाएका विष सेवन गरेका विरामी आउँदा पनि मर्न दिनु हाम्रो धर्ममा पर्दैन । जस्तो सुकै किन नहोस उसको जीवन रक्षालाई पहिलो प्रथमिकताका रुपमा राख्दै डाक्टर हरु जीवनको भिक माग्दै मृत्यु सैयामा छटपटाई रहेको उक्त विरामीको जीवन रक्षमा लागि पर्दछौं ।

दिन रात घाम जुन पानी बर्षा जुन सुकै अवस्थामा पनि सेवाका लागि तयारी अवस्थमा रहेका हामी डक्टरहरु ईमर्जेन्सीमा आबेसमा बिष सेवन गरेर आत्माहत्या गर्न खोजेका,हुन या गलामा पासो लगाएर आफ्नो जिवन नै त्याग्न तयार भएका हुन् अस्पतालको सैयामा पुगे पछि आफ्नो जीवन को भिक मग्दै रोदन र चित्कार सँगै आएका बिरामीहरुको जीवन फर्काउनु कुनै चानचुने करा भने हैन । यसको लागि कुनै सँकोचको भावना नराखी कार्यमा तल्लीन रहन आफुहरु तयार रहेका हुन्छौं ।

यस्तै जस्तो सुकै विरामी या घाईते हुन् बिरामीको उपचार गर्ने कुरमा पनि कुनै कसर रख्दैनौ हामी ।
बिष सेवन गरेर छटपटाउदै आएका बिरामीहरुलाई सुरुमा इमरजेन्सीको प्रारम्भिक उपचार गरिन्छ । त्यस पछी जब बिरामी सघन अपचार केन्द्र लगेर उसको उपचार सुरु गरिन्छ । विष सेवन गरेर आएका विरामीको प्रकृती अनुसार उसको उपचारमा दिईने औषधिको प्रयोग पछि बिरामि अर्धचेत हुन्छ र असुन्तलित बोली व्यबहार देखाउन थाल्दछ । जसलाई मेडिकल भाषामा अत्रोपिन साकोसिस अबस्था भनिन्छ ।

यस्तो क्षेणमा बिरामीको मानसिक अवस्था कमजोर हुने गर्दछ । उ बर्बराउने, जेपायो त्यो बोल्ने, उठेर हिड्न खोज्ने, सल्यानको पाइप थुतेर फाल्ने, गाली गलोज गर्ने, कतिपयले त छाडा गाली गलोज समेत गर्ने गर्दछन ।

जुन समयमा नजिकको बेडमा रहेका विरामीलाई समेत उपचारमा उनीहरुले प्रभावित पार्ने गर्दछन ,निक्कै कठिन हुन्छ । त्यो बेलाको बिरामिको व्यबहारले कहिले काहीँ त आफ्नो मनमा निक्कै आधात पनि पुग्ने गर्दछ दुख पनि लाग्छ । तर बिरामिको अवस्थामा सुधार हुँदै जाँदा उहाँहरुको आफन्तहरुको मुहारमा आफ्नो मान्छेले पाएको नयाँ जीवन पछिको खुशी देख्दा मन निक्कै हर्षित भएर आउँछ र उसले पहिला गरेको गाली पनि भुलिन्छ र ति अवोध आँखाहरुले आफ्नो प्यारो मानिसलाई बचाए बापत दिएको धन्यवाद र उनीहरुको खुसीको हाँसो देखेपपछि ।

सात आठ दिनको सघन उपचार पछि बिरामी वार्ड मा सर्ने क्षेणमा उहाँहरुले देखाउने कृतज्ञता र दिने सम्मानले निक्कै खुशी लाग्छ । कसैको जीवन दान दिएको अनुभुती हुन्छ ।

मेरो नागरिक अस्पतालमा सेवा गरेर झण्डै ९९ प्रतिशत बिष सेवन गरेर आएका बिरामीहरुको जीवन रक्षा गरेको बिगत आठ बर्ष देखी को अनुभवको आधारमा मेरो मनमा यो जिज्ञासा आउने गर्दछ ।
आजकाल समाचार माध्यमले हरेक दिन जसो आत्महत्याको खबरलाई प्राथमिकताका साथ प्रकाशन गर्ने गर्दछन । के यसले समाजलाई राम्रो सन्देश दिइराखेको छ त ? र मलाई त यसले पक्कै पनि नकारात्मक असर गरेको जस्तो लाग्दछ ।

समाज निर्माणको लागि विकासका लागि अपराध आत्महत्या चोरी डकैती लुटपाटको पनि आफ्नै स्थानमा महत्व रहेको समाजसास्त्र अध्ययनले बताउँछ तर कसैले गरेको गाल्तीलाई आधार मानेर उसलाई सदैब टोकस्ने चलन हाम्रो समाजमा छ । के त्यसले समाजलाई उभो गतिमा लैजान्छ त ? हाल समाजमा अत्महत्याको प्रयासहरु दिन दिनानुदिन बढदो रुपमा रहेको यसको कारणको विषमा अध्ययन गरेर यस्ता प्रकृतिका भावनालाई निरुत्साहित गर्नु समाजको दाहित्व हो ।

हाल समाजमा आत्महत्को प्रयास गरेका हरु प्रति गरिने ब्यवहारमा हामी सकारात्मकता कहीँ पनि पाउँदैनौं तेसो नगरि उनीहरुलाई माफि दिएर जीवनमा नयाँ आशा जगाउनु हाम्रो कर्तव्य हो । यसको बोध समाजमा नहँदा मानिस पुन डिप्रेसनमा फर्कन पटक पटक आत्महत्याको प्रयास गर्ने गरेको उदाहरणहरु हामी दिप्रतिदिन देखि रहेका छौं ।
यस्ता विरामीलाई कहिले साहराहिन र एक्लोपनको महसुस हुन दिनुहुदैन । जीवन आभीसाप होईन बरदान हो भन्ने भावना जगाउनु नै मानव धर्म पनि हो यदि यसो गरिएमा उक्त आत्महत्याका बाटोमा हिडेका हरुले पनि नयाँ जीवन साथै नयाँ कार्यमा संलग्न मदत पुग्ने गर्दछ ।

बाटो विराएकाहरुलाई टोकस्ने भन्दा पनि नयाँ आशा र उर्जा सहितको सपना देखाउनु , निरास हुन नदिनु , सधै साथ र हौसला दिएर मनोबल बढाउन सहयोग गर्नु पर्दछ ।

उनीहरुले महसुस गरेका तनाब र समस्या समाधानको निमित सहजिकरण गरिदिनु समाज र हाम्रो दाहित्व हो ।
उज्वल र उज्यालो भबिष्य देखाउदै जीवनको महत्वको विषयमा संघर्ष गर्न सिकाउनु पर्दछ । परिवार आफन्त र समाजले यति कुरामा ध्यान दिने हो भने बिष सेवन गर्ने गलामा पासो लगाउने र अन्य तरिकाले आत्महत्या गर्नेहरुको संख्यामा निकै कमी हुने थियो ।

यस्तै उदाहरण्को रुपमा हामी डक्टर र उनीहरुको जिम्मेवारीको विषयमा कुरा गर्न सक्छौं । तर डक्टर भनेको जहिले पनि विरामीको सेवामा समर्पित हुनु पर्दछ । जीवनमा पैसा भन्दा पनि ठुलो भनेको त्यो खुसी हो जुन उपचार पछिको उसको अनुहारको हाँसो नै हो । उक्त समयको अनुहारको हाँसो कुनै मुल्यले पनि किन्न सकिन्न् । जुन हाँसो नै डक्टरको जीवनको बहुमुल्य उपलब्धी हो ।

Comments

comments

SHARE