काभ्रे । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख डिई रामचन्द्र काफ्लेले तेमालबासीले खानेपानीको लागि अब ३० महिना भन्दा बढी कुर्नु नपर्ने बताएका छन् ।
उक्त कुरा सोमबार प्रमुख काफ्लेको कार्यकक्षमा तेमाल बृहत सुख्खा आयोजना कार्यन्वयनको विषयमा जिज्ञासा राख्ने क्रममा तेमाल अनलाईनसँग उनले बताएका हुन् ।

‘अब तेमालबासी जनताले खानेपानीको अभावमा रहनु पर्ने दिन चाँडै अन्त हुँदैछ ।’ उनले पूर्ण विश्वास दिलाउँदै भने, ‘शतप्रतिसत सत्य हो कि तेमालका जनताले अब ३० महिना भन्दा एक दिन पनि कुर्नुपर्दैन । जनताको घर–घरमा खानेपानी पुग्नेछ ।’
आयोजना कार्यन्वयनको पहिलो चरणमा जसरी ढिलाई नहुने काफ्लेले प्रतिबद्धता जनाए । ‘म कुनै पनि प्रकारको ढिलासुस्तीसँग सहमत हुन्न ।’ डिभिजन प्रमुख काफ्लेले भने, ‘म आफूले गर्नुपर्ने काम कुनै कसर बाँकी राख्दिन । जसरी हुन्छ संझौता भन्दा अगाडि नै काम सम्पन्न गर्ने गरि काम गराउँछु ।’
मुख्य ट्यांकीहरु निर्माण भएपछि आ–आफ्नो घरमा पाईलाई विछ्याउने काम भने उपभोक्ता आफैले गर्नुपर्ने प्रमुख काफ्लेले बताए ।
खानोपानी आयोजनाको दोस्रो ठेक्का संझौता
तेमाल बृहत सुख्खा खानेपानी आयोजनाको दोस्रो चरणको ठेक्का संझौता आइतबार सम्पन्न भएको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभीजन कार्यालय काभे, निर्मान कम्पनी कालीका र सी.ए.वी. जेभी र खानेपानी उपभोक्ता समिति वीच सम्झौता सम्पन्न भएको थियो ।

पहिलो र दोस्रो गर दुई चरणमा सम्पन्न हुनेगरि कार्यन्वयन भएको उक्त आयोजनाको पहिला चरणको काम ५० प्रतिशत पनि सम्पन्न नभएकोमा अब यसै निर्माण कम्पनीले एकसाथ सम्पन्न गर्ने भएको छ ।
तेमालबासी जनता वर्षौंदेखि खानेपानीको अभावमा रहेका छन् । खानेपानीका कारण सिंगो गाउँ नै विस्थापित हुनुपर्ने अवस्थामा पुगीसकेको छ ।
यस भेगका जनता घाण्टौं हिंडेर र घण्टौं कुरेर मात्र खानेपानी जोहो गर्नुपर्ने बाध्यतामा रहेका छन् ।

 

Comments

comments

SHARE