काभ्रेको बनेपा चारदोबाटोमा सालिक छ । काठमाण्डौँबाट सालिक आइपुग्दा दायाँ मोडेपछि ठूलो घर छ । त्यो घरको बाहिरपट्टि साइनबोर्ड झुण्डिएको छ । त्यहाँ बोर्डमा लेखिएको छ ‘बी. एण्ड बी. इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा. लि. ।’
पहिलो तल्लमै चिटिक्काको रुम सजिएको छ । घुम्ने कुर्सीमा बसेर त्यो रुम भित्र विद्यार्थीसँग काउन्सीलीङ गरी रहेको भेटिन्छ मौसमी लामालाई ।
सानै उमेरमा लामाको त्यो जोस र जाँगर देख्दा ट्युसन तथा काउन्सीलीङका लागि पुग्ने जो कोहीले जिब्रो नटोक्ने कमै होलान् । असारको उदास लाग्दो गर्मीमा लामाले पहिला चिसोको अडर गर्छिन । चिसोको चुस्कीसँगै त्यहाँ पुगेका विद्यार्थी, साथीसंगी अनि अन्तरवार्ता तथा समाचारको लागि पुगेका मिडियाकर्मीसँग कुराकानी गर्न पाउँदा अनन्द लिन्छिन् ।

कुराकानीसँगै उनले आफ्नो कामप्रति पनि ध्यान दिन्छिन् । काम गर्दै कुराकानी गर्दै गर्दा भ्याई नभ्याई हुन्छिन मौसमी । विभिन्न कठिनाई र चुनौतीका बीचमा पनि संघर्ष गरी आफ्नो पेशा धानिरहेकी छिन मौसमीले ।
सामाजिक क्षेत्रमा कुनै नौलो नाम पनि होइन उनी । समाजसेवामा निरन्तर लागि रहेकी मौसमी लामासँग शिक्षा क्षेत्रको पनि तितो अनुभव छ । केही गर्न केही गुमाउनु पर्छ भन्ने मान्यताका साथ उनले बनेपामा तिब्र प्रतिस्पर्धाका बीच कडा संघर्ष गरी रहेकी छिन ।
साबिक शिखरआमबोटेमा सामान्य किसान परिवारमा जन्मिएकी मौसमीले जीवनमा अनेकौँ दुःख कष्ट झेल्नु परेपनि जिन्दगीमा हरेस भने कहिल्यै खाएनन् । संघर्षका बिच अहिले बी. एण्ड बी. इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा. लि सञ्चालन गर्दै आइरहेकी छिन् । लामो समय देखि विद्यार्थीहरु जापान, अष्टे«लिया, युरोप जाने विद्यार्थीहरुको पनि काम गरिरहेको उनी बताउँछिन ।
बी एण्ड बी इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लि का प्रबन्ध निर्देशक मौसमी लामासँग विविध विषयमा कुराकानी गर्दा उनले तेमाल अनलाइनलाई यसरी बेली बिस्तार लगाइन्ः

बी. एण्ड बी. को बारेमा छोटकरीमा बताईदिनुस् न ?
वि.सं. २०५८ सालमा काभ्रेपलाञ्चोकको बनेपा स्थित चारदोबाटो पनौती जाने रोडमा स्थापना भएको बी. एण्ड बी. ल्यांग्वेज एण्ड ट्युसन सेन्टर लामो समयसम्म ल्यांग्वेज र ट्युसन कक्षाका सेवाहरु दिईरहे । समयक्रम अनुसार जुन नेपालबाट विदेश अध्ययन गर्न जाने एउटा लहर चल्यो त्यो चाँही धेरै अगाडि देखि नै थियो । शुरुशुरुमा धेरै कन्सल्टेन्सीहरु खोले तर त्यसले राम्रो प्रतिफल लिन र दिन सकेन ।
जब २०६० सालदेखि कन्सल्टेन्सी व्यवसायले बजारमा छुट्टै गति लिएको र धेरै नै संख्यामा विदेश अध्ययन गर्न जाने लार्को चलेको देखे । त्यसलाई केही व्यवस्थापन र सही परापर्श दिनको लागि बी. एण्ड बी. इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा. लि. मार्फत् हामीले सेवा शुचारु ग¥यौं । हाल यसको क्षेत्र फराकिलो भई लामो समय देखि विद्यार्थीहरु जापान पठाउने काम गरिरहेको साथै अष्टे«लिया जाने, युरोप जाने विद्यार्थीहरुको पनि काम गरिरहेको हालको अवस्था हो ।
कसरी आयो यसरी बनेपामा नै कन्सल्टेन्सी राख्ने सोच तपाईमा ?
शुरुमा विद्यार्थीहरु परिक्षा पास गर्नका लागि ट्युसन सेन्टर खोज्ने क्रममा र भाषा सिक्ने भनेर आउथ्यो भने अहिले जापान, अष्टे«लिया लगायतका मुलुकहरुमा अध्ययन गर्न परामर्श लिन र भरपर्दो कन्सल्टेन्सी खोज्ने क्रममा हामी कहाँ आईपुग्छन् ।
बी. एण्ड बी. किन भन्ने सन्दर्भमा प्रत्येक मानिसले भरपर्दो, विश्वासिलो अनि विद्यार्थीको सुरक्षित भविष्यको लागि सही गन्तव्य स्थानसम्म पु¥याउने संस्था खोजिरहेको हुन्छ । सो अवश्यकतालाई मध्यनजर राख्दै विद्यार्थीले सबै सुविधा एवं गुणस्तर बनेपामा नै प्राप्त गरोस भन्नको लागि बी. एण्ड बी. इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको स्थापना बनेपामा भएको हो ।

यहाँको विशेषता चाँही के–के छ नि ?
हाम्रो विशष्ोताहरु भन्नाले विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण कक्षाहरु उपलब्ध गराउने जस्तै जापानिज भाषाका कक्षाहरु, NAT-TEST, JLPT, TOP-J, अंग्रेजी भाषाका कक्षाहरुः IELTS, TOEFL लगायत कोरियन भाषाका कक्षाहरु अनुभवी एवं दक्ष शिक्षकहरुबाट विद्यार्थीको मनोविज्ञान अनुसार अध्यापन गराउँदै आएका छौं ।
भावी योजना के छ ?
भावी योजना भनेको सबै विद्यार्थीहरुलाई विभिन्न सेवा प्रदान गरी अघि बढ्न प्रेरित गर्ने, अप्ठेरा, समस्याहरुमा सहयोग गर्ने, सक्षम एवं योग्य व्यक्ति बन्न एउटा पुलको भूमिका निर्वाह गर्ने र व्यवसायमा मात्रै केन्द्रित नभई यस संस्थाले सामाजलाई सेवा पु¥याउने खालका थुप्रै सामाजिक कार्यहरु गर्ने योजना छ ।
तपाईको विचारमा अधिकांश विद्यालय तथा कलेजहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेर ट्युसन, ल्यांग्वेज पढ्न आउने पर्ने हो विद्यार्थीले ? अनि त्यही शिक्षकले विद्यालय र कलेजमा पढाउँदा विद्यार्थीले नबुझ्ने तर ट्युसन पढाउँदा चाँही कसरी विद्यार्थीले बुझ्ने होला ?
विद्यालय र कलेजहरुले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्छन् र गरिरहेका पनि छन् । तर विद्यार्थीहरुमा चाँही ट्युसन पढ्नुपर्छ अनि बुझ्छ, पास हुन्छ भन्ने परम्परागत मनोविज्ञान हुन्छ र कक्षामा नियमित नजाने, गृहकार्य नगर्ने, अनि नबुझे पनि शिक्षकलाई नसोध्ने बानी बसिसकेको हुन्छ । त्यही शिक्षकले कलेज, विद्यालय र ट्युसन सेन्टरमा पढाएको भएता पनि ट्युसनमा विद्यार्थी थोरै हुन्छ र बुझ्छ अनि विद्यार्थीले पनि अतिरिक्त शुल्क तिर्नु पर्ने भएकोले ध्यान दिन्छन् र जसरी पनि पास गर्न खोज्छन् ।
तपाईको विचारमा राज्यले नेपालको शिक्षा नीतिलाई सुधार गर्न के गर्नु पर्ला ?
नेपालको शिक्षामा सुधार ल्याउन राज्यले व्यवहारिक पाठ्यक्रम बनाउनुपर्छ । शिक्षकहरुले आफ्नो कर्तव्य, धर्म, र नैतिकता भुल्नु हुँदैन किनभने शिक्षक भनेको मुलुकलाई आवश्यक पर्ने हरेक किसिमको दक्ष जनशक्ति उत्पादन गर्ने यन्त्र जस्तै हो ।

यहाँले के–कस्ता सुविधाहरु दिँदै आइरहनु भएको छ ?
गरिब एवं जेहेन्दार विद्यार्थीहरुलाई अवस्था हेरी ट्युसन, ल्यांग्वेज तथा जापान, अष्टे«लिया लगायत विभिन्न मुलुकमा अध्ययन गर्न जाने विद्यार्थीलाई सहुलियत दिने, छात्रा वृत्तिको व्यवस्था गर्ने । बैंकिङ प्रक्रियाहरुमा परामर्श एवं सहयोग गर्ने जस्ता सेवा सुविधाहरु दिंदै आएका छौं । साथै कन्सल्टेन्सीको नाममा बजारमा च्याउसरी खोलेका छन् । तिनीहरुले विद्यार्थीलाई राम्रो परामर्श दिइरहेको छ कि छैन ?
राम्रो गुणस्तरीय शिक्षा दिइरहेको छ कि छैन त्यो मुख्य कुरा हो । हाम्रो संस्थाले नेपालमा दिईने सुविधा मात्रै हैन, एयरपोर्टमा चाहिने गाइडलाईन, अनि उता एयरपोर्टमा स्कुलले समयमा पिकअप गरेको छ÷छैन, होस्टलको अवस्था के कस्तो छ ? विद्यार्थीले कतै दुःख पाएको छ कि ? सम्पूर्ण खबरको अपडेट हामी राख्छौं ।
प्रायः कन्सल्टेन्सीहरुले एयरपोर्टबाट उडिसकेपछि यहाँबाट विदेश अध्ययनमा जाने विद्यार्थीलाई मतलब नै गर्दैनन् तर हामी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्कमा भैरहेका हुन्छौं । जस्तै फेसबुक, भाइबर, म्यासेन्जर इत्यादिमा नभए बेला–बेलामा कलेजहरुसँग विद्यार्थीहरुको बारेमा खबर लिईरहन्छौं ।

किन धेरै नेपाली विद्यार्थीहरु बिदेश पढ्न जान्छन् ?
नेपाली विद्यार्थीहरु विदेशमा जानुको पहिलो कारण भनेको बेरोजगार हो । त्यही भएर नेपाली विद्यार्थीहरु पढ्न कमाउने उद्देश्य राखेर विदेश जान्छन् तर कुनै विद्यार्थी गुणस्तरीय शिक्षा एवं नयाँ प्रविधिको अध्ययन गर्न जान्छन् ।
नेपाली विद्यार्थीले विदेशमा के कस्ता समस्याहरुको सामना गर्नु परेको छ ?
कतिपय नेपाली विद्यार्थीहरु विदेश जाँदा भाषामा राम्रो दख्खल नभएको कारणले दुःख पाउँछन् । दोश्रो कुरा कुनै सीप नसिकी जान्छन् र तेश्रो कुरा भनेको आफू जाने मुलुकको बारेमा राम्रोसँग नबुझी जान्छन् । जस्तो किः कानूनी कुरा, सामाजिक कुरा अनि त्यहाँको रहनसहन इत्यादी ।
तपाई नेपालबाट विदेश गएका विद्यार्थीले के गरोस् भन्ने चाहनुहुन्छ ?
म के चाहन्छु भने विदेश अध्ययन गर्न गएता पनि अध्ययन सकेपछि त्यहाँबाट ल्याएको पैसा, सीप नेपालमा नै प्रयोग गरोस् तर धेरै विद्यार्थीको सोच उतै सेटल हुने, पी. आर. लिने, ग्रिन कार्ड लिने अनि परिवार समेत उतै तान्ने हुन्छ । वास्तवमा त्यो त्यत्ति राम्रो सोच होईन ।

अन्त्यमा तपाई के भन्न चहानुहुन्छ ?
सर्वप्रथम म तपाईलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । किन भने तपाईको अनलाइन मार्फत् मैले आफ्नो संस्थाको बारेमा धेरै कुराहरु सबैले थाहा पाउने गरी व्यक्त गर्ने शुभ अवसर पाएँ । अझ पनि म के भन्छु भने हरेक नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जानु भन्दा पहिले त्यो देशको भाषा राम्रोसँग सिकोस्, कुनै उपलब्धी मूलक सीप सिकोस् अनि पढाई सकेर नेपालमा नै फर्केर आफूले सिकेको ज्ञान र सीपको प्रयोग गरी आफ्नो मूलकको लागि केही गर्ने सकरात्मक सोचको विकास गरोस् । धन्यवाद ।

 

Comments

comments

SHARE