बनेपा÷ जिल्लाका उत्कृष्ट शिक्षण संस्था मध्येको एक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा सञ्चालित ू क्अयउभ या ःबलबनझभलत ू व्यवस्थापन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ ।
प्रतिष्ठानको नारा ‘नैतिक, व्यावहारीक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज’ भन्ने मूल मन्त्र लिई दिनानुदिन अभिभावकहरु, शिक्षा प्रेमिहरुका बिचमा लोकप्रिय रहेको प्रतिष्ठानले बिभिन्न समयमा विद्यार्थीहरुको स्तर बृद्धिका लागि तहगत रुपमा शैक्षिक स्तरिय तालिम, सेमिनार तथा गोष्ठीहरुको आयोजना गर्दे आइरहेको छ । कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुको लागी एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो ।
अभिमुखीकरण कार्यक्रममा नेपालकै चर्चित ःयतष्खबतयच सौनक भट्टले विद्याथीहरुलाई जीवनमा के बन्ने, जीवनलाई कसरी अगाडी बढाउने, कस्ता मान्छे बन्ने लगाएतका विषयमा प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुले पढेर मात्र नहुने वताउदै जीवनलाई कसरी अगाडी लैजाने वताएका थिए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष सुरकृष्ण बैध, प्रबन्ध निर्देशक प्रताप बैध, सहायक क्याम्पस प्रमुख नवराज चौलागाई, सहायक प्रिन्सिपल जेन वादे, क्याम्पसका को– अडिनेटर जेन्दी बादे लगाएतले विद्यार्थी जीवनमा गर्नुपर्ने र खेल्नु पर्ने भुमिकाका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रममा प्रतिष्ठानका प्रबन्ध निर्देशक श्री प्रताप वैद्यले स्वागत मन्तब्य राख्दै विद्यार्थी जीवनबाट नै नेतृत्व विकास गरी कसरी सफल व्यवसायी बन्न सकिन्छ भन्ने धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहायक कलेज प्रमुख, कलेज तहमा अध्यापनरत शिक्षक शिक्षिकाहरु र प्रतिष्ठानमा अध्ययनरत तथा विभिन्न विद्यालयहरुबाट ७०० सय भन्दा बढी बिद्यार्थीहरुको उपस्थित रहेको थियो ।

 

Comments

comments