मण्डनदेउपुर नगरपालिकाको तेस्रो नगरसभामा प्रस्तुत आ.व. २०७५र०७६ को नीति तथा कार्यक्रम र बजेट
आदरणीय नगर सभाका सदस्यज्यु,
१. यस नगरपालिकाको तेस्रो नगरसभाको नीति कार्यक्रम तथा वजेट अधिवेसनमा उपस्थित आदरणीय नगरसभा सदस्यज्युहरु, राष्ट्रसेवक कर्मचारीज्युहरु, नगर सल्लाहकार ज्यू, सञ्‍चारकर्मी मित्रहरु, सुरक्षाकर्मी साथिहरु र उपस्थित सम्पुर्ण महानुभावहरुमा नगरपालिका र मेरो व्यक्तिगत तर्फवाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहन्छु।
२. सर्वप्रथम प्रजातन्त्र र गणतन्त्र स्थापनाका निमित्त आफ्नो अमुल्य प्राण आहुती दिनुहुने अमर शहिदहरुप्रति सम्मान तथा हार्दिक श्रद्बान्जलि अर्पण गर्दछु।
३. आर्थिक वर्ष २०७५÷७६ का लागि बजेट तथा कार्यक्रम तयार गर्दानेपालको संविधानको भावना, मर्म र संविधानमा उल्लिखित एकल र साझा अधिकार सूची, आर्थिक अधिकार र आर्थिक कार्यप्रणाली, मौलिक हकहरु, आर्थिक, सामाजिक विकास, प्राकृतिक स्रोतको उपयोग नीति, वातावरण संरक्षणसम्बन्धी नीतिहरु, नेपाल सरकारबाट स्वीकृत संघ, प्रदेश र स्थानीय तहको कार्य विस्तृतीकरणको प्रतिवेदन, नेपाल सरकारले अवलम्बन गरेका आर्थिक तथा वित्तीय नीतिहरु, नेपालले अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिवद्घताहरु, विकासका समसामयिक सवालहरु, स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ र नेपाल सरकार तथा प्रदेश अर्थ मन्त्रालयबाट विनियोेजीत बजेट तथा कार्यक्रमलाई मूल आधार मानिएको छ ।
४. आगामी वर्षका लागि कार्यक्रमहरु प्रस्ताव गर्दा संविधानमा उल्लेख भएका मौलिक हकहरु, राज्यका निर्देशक सिद्धान्तहरु, यस सभामा पेश हुने विनियोजन ऐन, आर्थिक ऐनका सिद्धान्तहरु, वडा भेलाका क्रममा आम नगरवासी नागरिकहरुबाट प्राप्त राय, सल्लाह र सुझाव तथा वडा समितिले प्राथमिकीकरण गरेका योजना तथा कार्यक्रम, सम्बन्धित विभिन्न समितिहरुको प्रतिवेदन समेतलाई मार्गदर्शनका रुपमा लिइएको छ । वार्षिक बजेट तथा कार्यक्रम तय गर्दा महिला, बालवालिका, आदिवासी जनजाती तथा पिछडिएको वर्ग र क्षेत्र, दलित, अपाङ्गता भएका व्यक्तिहरु र अल्पसंख्यक लक्षित कार्यक्रमहरु सञ्चालन गर्न विनियोजित बजेट सहितको कार्यक्रमलाई उच्च प्राथमिकतामा राखीएको छ ।
५. चुनौती तथा अवसर
२०७३ फागुन २७ मा नगरपालिका घोषणा भए पनि यहाँ भौतिक पुर्वाधारको कमी, सुरक्षित खानेपानी र स्वास्थ्य सेवाको अभाव, रोजगारीको न्युन अवसर, पहाडी भूगोल, नगर क्षेत्रका सार्वजनिक तथा प्रति जग्गाहरुको प्रभावकारी ब्यवस्थापन गर्दै वहुपक्षीय उपयोगमा ल्याउन नसक्नु, नगरपालिकको प्रशासकीय भवन नहुनु, प्राकृतिक स्रोत तथा साधनको सहि सदुपयोग गर्न नसक्नुलाई कमजोर पक्षको रुपमा पहिचान गरिएको छ ।
साथै विद्यमान परिस्थिति र परिवेशलाई मध्यनजर गर्दा यस नगरपालिकालाई अपेक्षित नतिजातर्फ उन्मुख गराउदै गर्दा अनेकौ चुनौतीहरुको सामना गर्नु पर्नेछ । नगर विकासका सम्वन्धमा आम नागरिकबाट प्राप्त योजनाहरुको ब्यवस्थापनका लागि वित्तीय श्रोतको परिचालन, कार्यवोझ अनुरुप नेपाल सरकारबाट प्राप्त हुने न्यून वित्तीय समानीकरण अनुदान, कार्यरत जनशक्तिको क्षमता र विज्ञता, जनताको बढ्दो माग र अपेक्षाको उचित सम्वोधन, निर्वाचित जनप्रतिनिधि, कर्मचारी र जनता बीचको त्रिपक्षीय उत्तरदायित्व निर्वाहको अवस्था जस्ता वहुआयामिक पक्षहरु नगर सरकारको सुशासन, विकास र प्रभावकारी सेवा ब्यवस्थापनका क्षेत्रमा देखा पर्ने मुख्य चुनौतीहरु हुन् ।
यद्यपी कृषि, पर्यटन तथा प्राकृतिक स्रोत यहाँको सबल पक्ष हो जसको सहि सदुपयोगबाट यस नगरको समुन्नती सुनिश्चित छ ।
६. सोच, लक्ष्य र उद्देश्यः
उल्लेखित चुनौती र अवसरहरुको बिचमा रहेर समग्रमा यो नीति तथ कार्यक्रम र बजेटले निम्न सोच,लक्ष्य र उदेश्य लिएको छ ।
सोच:
‘देउपुर र मण्डन कृषि र पर्यटन’ भन्ने सोच र व्यवहार सहितको सवल स्थानीय सरकार ।
लक्ष्यः
मण्डनदेउपुर नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गरि यस नगरपालिकालाई देशकै सवल, सक्षम, आत्मानिर्भर र समृद्ध नगरपालीकाको रुपमा विकास गर्ने ।
उदेश्यः
जनस्वास्थ्यको दृष्टिले स्वस्थ, पर्यावरण मैत्री,भौतिक पुर्वाधारको निर्माण गरि प्राकृतिक साधन स्रोतको परिचालन गर्दै
कृषि एवम् साना घरेलु उद्योग, रोजगारीमूलक ब्यवसायलाई बढावा दिई प्रशासनलाई सशक्त, पारदर्शी र प्रभावकारी बनाउदै, राज्य तथा नगरपालिकाद्वारा प्रदान गरिने सेवामा आम नागरिकको सहज पहुँच अभिवृद्घि गरि
भौतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरण गर्नु यस नगरपालिकाको मुख्य उद्देश्य रहेको छ ।
७. बजेटले लिएको माथिका उद्देश्यहरु हासिल गर्न आगामी आर्थिक वर्ष २०७५।०७६ को बजेटका प्राथमिकताहरु देहाय बमोजिम निर्धारण गरिएको छ ।
 समृद्ध भौतिक पूर्वाधार निर्माण,
 दिगो सडक संजाल,
 शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा जोड,
 कृषिको आधुनिकिकरण, व्यावसायिकरण र यान्त्रिकिकरण,
 स्थानीय उत्पादन र उत्पादकत्वमा बृद्धि,
 प्रभावकारी स्थानीय सेवा प्रवाहको सुनिश्चितता,
 पर्यटन क्षेत्रको विकास,
 वातावरण मैत्री दिगो विकास,
 विपद् व्यवस्थापन,
 लक्षित वर्गको सशक्तिकरण ।
८. आयोजना प्राथमिकीकरणका आधारहरु:
आर्थिक वर्ष २०७५÷७६ को नीतितथा कार्यक्रम र बजेट तर्जुमा गर्दा नेपालको संविधानको भावना र मर्म, स्थानीय आवश्यकताको आधारमा आयोजनाहरुको प्राथमिकीकरण गरिएको छ ।
– नगर क्षेत्रको आर्थिक विकास र गरिवी निवारणमा प्रत्यक्ष योगदान दिने,
– उत्पादनमूलक र छिटो प्रतिफल दिने,
– राजस्व परिचालन र आन्तरिक आय बृद्धिमा दिगो योगदान दिने,
–सेवा प्रवाह, संस्थागत विकास र सुशासनमा योगदान पुग्ने,
–स्थानीय श्रोत, साधन, प्रविधिमा आधारित भई जनसहभागिता अभिबृद्धि गर्ने,
– लैगिंक समानता, सामाजिक समावेशीकरण, सामाजिक सद्भाव तथा भाईचारा अभिबृद्धि गर्ने,
–दिगो विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापनमा सहयोग पुग्ने,
–उत्पादन र उत्पादकत्व वृद्घि गर्ने,
– कृषिको आधुनिकीकरण र व्यवसायिकरणमा मद्दत पु¥याउने ,
–रोजगारीका अवसरहरुमा वृद्घि गर्ने,
–शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा योगदान पुग्ने,
–स्थान विशेषको संस्कृती र पहिचान प्रवद्र्धन गर्ने,
–पर्यटन प्रबद्र्धन गर्ने ।
आदरणीय नगर सभाका सदस्यज्यूहरु,
अव म गत आर्थिक वर्ष २०७३÷०७४ र आ.व. २०७४÷०७५ मा विनियोजित बजेट र प्रगतीको संक्षिप्त समिक्षा गर्न चाहन्छु ।
९. हाम्रो नगरपालिका २०७३ फागुन २७ मा स्थापित नयाँ नगरपालिका भएकोले नगरपालिकाको आर्थिक वर्ष २०७३÷७४ को लागि छुट्टै योजना, बजेट तथा कार्यक्रम थिएन । तसर्थ उक्त आ.व.को यथार्थ विवरण उपलब्ध हुन सकेन । तर पनि नगरपालिका बन्नु अघिका साविकका ७ गा.वि.स.हरुले परिषद्बाट योजनाहरु स्वीकृत गरी विभिन्न विकास योजनाका साथै लक्षित वर्गका कार्यक्रमहरु संचालन गरेका थिए । नगरपालिकाको स्थापना पछि स्थानीय संरचना निर्माणको लागि रु ३२ लाख पूँजीगत अनुदान तथा जिल्लाबाट राजश्व बाँडफाँड वापतरु ४७ लाख ९९ हजार ९८० प्राप्त भएकोमा नयाँ कार्यालय स्थापनाको लागि फर्निचर, इलोक्ट्रोनिक उपकरण खरिद आदीमा रु ३८ लाख ३५ हजार ४५९ खर्च भएको र रु ४१ लाख ६४ हजार ५४१ बाँकी भई ०७४।०७५ को बजेटमा अल्या भएको थियो ।
सोहि आ.व.मा चालु तर्पm पठाइएको रु २० लाख मध्ये कर्मचारीको पारिश्रमिक, कार्यालय संचालन आदी शिर्षकमा गरि रु १५ लाख ९२ हजार ५८१ पैसा १६ मात्र खर्च भएको र रु. ४ लाख ७ हजार ४१८ पैसा ८४ बाँकी भई आ.व. २०७४।०७५ को बजेटमा अल्या भएको थियो । साथै आ.व. को अन्त्यमा रु ४८ लाख थप रकम निकाशा पठाइएको थियो ।
१०. चालु आ.व. २०७४।०७५ मा पुजिगतर्पm रु १९ करोड ६९ लाख २० हजार ८७१ र चालु तर्पm २५ करोड १९ लाख गरि कुल रु ४४ करोड ८८ लाख २० हजार ८७१ विनियोजित गरिएकोमा हालसम्म चालुगत तर्पm रु २० करोड ४० लाख ७० हजार ५७६ पैसा ३५ र पुजिगत तर्पm रु ६ करोड १८ लाख ७० हजार ५७७ खर्च भएको तथा आ.व.को अन्त्यसम्ममा चालुतर्पm रु ५० लाख थप खर्च हुनेतथा पुजिँगत तर्पm रु थप रु. ११ करोड खर्च हुने संशोधित अनुमान रहेको छ । यस आ.व.मा कुल रु ६ करोड राजश्व उठाइने अनुमान गरिएकोमा हालसम्म रु ५ करोड संकलन भएको तथा आ.वं.को अन्त्य सम्ममा थप रु. ५ लाख राजश्व संकलन हुने अनुमान गरिएको छ । चालु आ.व.मा विनियोजित योजना तथा कार्यक्रमहरु मध्ये करिब ८५ प्रतिशत भन्दा बढी योजनाहरु सम्झौता भई सकेकोले पुँजिगत खर्च ८५ प्रतिशत भन्दा बढी हुने देखिन्छ । साथै यस चालु आ.व.को चालु तथा पुँजिगत तर्पmका खर्च समर्थनको प्रस्ताव गर्दछु ।
११. सामाजिक सुरक्षा कार्यक्रम तर्फ जेष्ठ नागरिक, एकल महिला र अपाङ्गलाई परीचय पत्र वितरण गर्न शुरु गरीएको छ। न्यायिक समितिको आयोजनामा ५ लाख खर्चबाट हरेक वडामा कानूनी शिक्षा कार्यक्रम सञ्‍चालन गरिएको र २ लाख वरावरको कानून सम्बन्धी ऐन, नियम तथा अन्य पाठ्‍य सामाग्रीहरु खरिदको लागि प्रक्रिया अघि बढाइएको छ।
१२. त्यसैगरी नगर शिक्षा समिति गठन भै शिक्षा तर्फ सुधारका प्रयासहरु भएका छन्। विद्यालयमा नविनतम प्रविधि क्ष्ऋत् प्रविधि उन्मुख टकिङ्ग टिचर, सबै विद्यालयहरुमा कक्षा १ सम्म अनिवार्य अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गर्न रु ४५ लाख विनियोजन भएको छ ।
१३. गत आ.व. वर्ष सम्ममा यस नगरपालिकाका ४ वटा मात्र वडाहरु खुल्लादिशामुक्त क्षेत्र घोषणा भएकोमा चालु आ.व. मा थप कार्यक्रम सञ्चालन गरि सबै वडालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्दै यस नगरलाई नै खुला दिशामुक्त क्षेत्र घोषणा गरीएको छ ।
१४. न.पा.मा कार्यरत गैर सरकारी संस्थाको समन्वयमा योजनाहरु र कार्यक्रमहरु सञ्चालन गरीएका छन् । त्यस्तै सडक बोर्ड नेपाल र सिंचाई डिभिजन कार्यालयसंग समपुरक कोष मार्पmत कार्यक्रम संचालन भएका छन् ।
आदरणीय नगर सभाका सदस्यहरु,
यस नगरपालिकाको नारा ूदेउपुर र मण्डन( कृषिर पर्यटनू भन्‍ने रहेको र यसलाई र मुल मन्त्र मान्‍दै संविधानको भावनालाईआत्मसात गर्दै सहभागितामुलक योजना तर्जुमा पद्बतिबाट तयार पारिएको आ।व। २०७५।०७६ को नीतितथा कार्यक्रम र वजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु।
आदरणीय नगरसभाका सदस्यज्युहरु
१५. यस न।पा। मा रहेका विषयगत समितिहरुसंग समन्वय गरी सहभागितामुलक पद्बतिबाट योजना तर्जुमाका विभिन्‍न चरण पुरा गरी नगरको एकीकृत योजना तर्जुमा कार्य सम्पन्‍न भएको छ। स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४ यस अघिका नगरसभाबाट पारित ऐनहरु, नगर कार्यपालिका बाट पारित नियमावली, निर्देशिका तथा कार्यविधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको मार्ग दर्शन, अर्थ मन्त्रालयबाट प्राप्‍त वजेट सिलिङको अधिनमा रहि यस न।पा। को वार्षिक योजना तर्जुमा गरिएको छ। साथै यो योजना तर्जुमा गर्दा नगरले लिएको मुल नीति र विकासका मुख्य क्षेत्रहरुलाई प्राथामिकता दिँदै वडा बस्तिबाट आम नागरिकको सक्रिय सहभागिता गराउँदै वडा भेलाको प्रस्तावलाई वडा समितिको वैठक राखि न।पा। मा शिफारीश भै(आए पश्‍चात विषयगत समितिमा छलफल गराइ पुनस्एकीकृत योजना तर्जुमा समितिमा छलफल र प्राथमिकिकरण गरी प्रस्तुत गरीएको छ।
१६. यस नगरपालिकाअन्तर्गत कुन्तावेशिको फाँट उर्वर भुमिको रुपमा रहेकोर यसको संरक्षण गर्ने नीति लिईएको छ। यस नगर पशुपालन व्यवसाय र दुग्धजन्य उत्पादनमा प्रचुर सम्भावना भएको नगर हो । यस नगरपालिकाले महिला, जनजाती, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुलाई विकासको मुलप्रवाहीकरणमा समेट्ने नीति लिएको छ ।
१७. नगरमा बृहत खानेपानी, सरसफाई कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ। न.पा. को जग्गा प्राप्‍तिका लागि मन्त्रालयबाट प्रारम्भिक अधिकारी तोकिएको छ र जग्गा प्राप्‍तिका लगि पहल भैरहेको छ। साथै ल्याण्डफिल्ड साइटको जग्गा र अस्पताल निर्माणको लागि जग्गाको व्यवस्थापन गर्ने नीति लिइएको छ ।
१८. यस आ।व। मा हिगुवापाटी देखि सोते हुँदै चिहान कुनालाई वैकल्पिक ट्रिपर मार्ग निर्माण गरीने कार्य अघि बढाइने छ।नगर यातायात गुरुयोजना र समग्र न।पा। गुरुयोजना कार्य अघि बढाइएको छ । वडा कार्यालय र न पा विच छोटो दुरीको सडक, रिङरोड, जस्ता सडकहरु अघि बढाइने छ।
१९. यस नगरपालिकाको इन्द्रावती, चाखोला र आँसीखोलाको गिटि, ढुङ्‍गा र बालुवा उत्खनन कार्यलाई व्यवस्थित गर्न क्ष्भ्भ् गर्ने प्रक्रिया अघि बढाइने नीति लिइएको छ ।साथै निजी क्षेत्रबाट खानी, ईटा भट्टा तथा अन्य उद्योगहरु सञ्‍चालन गर्न सम्बन्धित उद्योगहरुले अनिवार्य रुपमा क्ष्भ्भ् गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका साथै यस नगर भित्रका खेतीयोग्य, उर्वर भूमीमा ईटा भट्टा सञ्‍चालन गर्न नदिने नीति लिईएको छ ।
२०. नगरपालिकामा वन्‍ने निजी तथा सार्वजनिक भवनहरु भूकम्प प्रतिरोधि बनाउन सचेतनामूलक कार्यक्रमहरु सञ्‍चालन गरीने छ साथै सार्वजनिक भौतिक संरचाहरु अपाङ्‍गमैत्री बनाइने छन्।
२१. सिंचाइको दिगो श्रोत अभाव भएका स्थानहरुमा प्लाटिक पोखरी, आकाशे पानी संकलन, थोपा सिंचाइ जस्ता वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिइनेछ। वेमौसमी तरकारी खेतिलाईप्रोत्साहान गरीने छ। लघु उद्यम विकास तथा जीविकोपार्जन सुधार कार्यक्रमलाई प्राथमिकता दिइने छ।
२२. जेष्ठ नागरिक परिचय पत्र वडावाट वितरणको व्यवस्था मिलाइने छ । बालमैत्री कार्यक्रमहरु सञ्‍चालनलाई निरन्तरता दिइने छ । बाल विकास, बाल सुरक्षा र बाल सहभागितालाई सुनिश्‍चित गरिनेछ ।
२३. वनक्षेत्रको संरक्षण कार्य अघि बढाइने छ। नगरपालिका भित्र विपद्को सामना गर्न रु २० लाख को आकस्मिक कोष स्थापना गरिएको छ। यसलाई वार्षिक रुपमा बृद्बि गर्दै लगिने छ। नगरको विपद् सम्बन्धी पुर्व तयारी प्रतिकार्य योजना बनाई लागु गरिनेछ।
२४. नगरका सामुदायिक विद्यालयहरुमा अनिवार्य रुपमा बाल शिक्षा लागु गरिनेछ। विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई समेट्न विद्यालय नभएका स्थानहरुमा समेत बाल कक्षा सञ्‍चालन गरिनेछ । शिक्षण सिकाइलाई प्रविधियुक्त बनाउन कम्प्युटर शिक्षा, पुस्तकालय स्थापना तथा शैक्षिक सुधारका विविध कार्यक्रम साझेदारीमा सञ्‍चालन गरिनेछन्।
२५.सामुदायिक विद्यालयको भौतिक पुर्वाधार विकास गर्न बजेट व्यवस्था गरिनेछ । साथै विपन्‍न वालवालिहरुको शिक्षामा पहुँच वृद्बि गर्न छात्रवृति अक्षय कोष स्थापना कार्यलाई निरन्तरता दिइनेछ।
२६. नगरपालिकाको आन्तरिक आय बृद्बि गर्न सम्पत्ति कर लागु गरीनेछ।
२७. नगरमा सूचना प्रविधिमा आधारित एकीकृत सूचना सेवा केन्द्र स्थापना भएको छ। यसलाई सर्वसाधारणको पहुंचमा पुर्‍याईपूर्ण सदुपयोगमा ल्याइने छ। उक्त सूचना प्रविधि केन्द्र स्थापनामा सहयोग प्रदान गर्ने सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयलाई हार्दिक आभार प्रकट गर्दछु ।
२८.जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई क्षमता अभिबृद्बि गर्न तालिमको व्यवस्था मिलाइने छ। अनुभव आदान प्रदानको कार्यक्रम अन्तर्गत अवलोकनभ्रमण गर्ने व्यवस्था मिलाइने छ।
२९. सबै वडा कार्यालयमा इन्टरनेट कनेक्टिभिटी नेटवर्क जडान भैसकेको छ ।यसका साथै वडा कार्यालय, स्वस्थ्य चौकि र विद्यालयहरुमा ई।हाजिरी प्रणाली लागु गरिने छ । नगरको लेखा तथा योजना प्रणाली ूसुत्र सफ्टवेयरू मार्फत सञ्‍चालनमा ल्याइने छ ।
३०. नगरपालिका र मातहतका वडा कार्यालयहरुबाट सम्पादन हुने विकास तथा योजनाहरुकोप्रगती समिक्षा, चौमासिक सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण जस्ता कार्यहरु जारी राखिने छन्।
‍३१। स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४ तथा यस नगरपालिकाले पारित गरेको ऐन तथा नीति नियम बमोजिम सम्बन्धित क्षेत्र भित्रै वडा कार्यालयहरु स्थापना गरि तहाँबाटै सार्वजनिक सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने छ।
३२। नगरपालिकाको केन्द्रीय प्रशासनिक भवन परिसर भित्र सुरक्षा व्यवस्थालाई सबल बनाउन सि।सि।टी।भि। जडान कार्य गरिने छ।
३३। नगरपालिका भित्र रहेका सार्वजनिक जग्गाको अभिलेखिकरण गरि संरक्षण गरिनेछ
३४। नगरको विकासलाइ समुदायमा आधारीत र नियमित गराउदै स्थानीय स्रोत साधन र सिपको अधिकतम उपयोग गरी समग्र विकाशमा योगदान पुर्‍याउन टोल विकास संस्था दर्ता तथा त्यसको क्षमता अभिवृद्बिको कार्यलाई अगाडी बढाइनेछ । उक्त संस्थाहरुसँगको सहकार्यमा योजना कार्यान्वयन, सरसफाइ अभियान, संरक्षण सम्बर्द्बन लगायतका कार्यक्रमहरु अगाडी बढाइने छ ।
३५। नगरपालिकाबाट निस्किने फोहोरलाई स्रोतमा नै वर्गिकरण गरी गल्ने, नगल्ने र शिसाजन्य फोहोर छुट्टयाई फोहोरमैलाको वैज्ञानिक व्यवस्थापनका लागि निजी साझेदारी अवधारणामा कार्य अघि बढाइने छ।
३६. नगर क्षेत्र भित्र प्लास्टिक झोलाको प्रयोगलाई न्यूनीकरण गर्दै क्रमशः प्लास्टिक झोला निषेध अभियान सञ्‍चालन गरि वैकल्पिक प्रयोग तर्फ जान नगरवाशीहरुलाई प्रोत्साहन गरिनेछ ।
३७। नयाँ पर्यटन ट्रेकिङ रुटको पहिचान तथा विकास र नगरकोट तथा सुलिकोट थामडाँडा जस्ता पर्यटकीय स्थलहरुमा पर्यटन पूर्वाधार विकासमा जोड दिइने छ । यस नगरमा रहेको पर्यटकीय केन्द्र नगरकोटलाईपर्यटन क्षेत्र घोषणा गर्न प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित निकायमा पहल गरिनेछ ।
३८। नगरबाशीहरुद्बारा परम्परागत रुपमा सञ्‍चालन हुँदै आएका सामाजिक तथा सांस्कृतिक रितिरिवाजहरुको सम्बर्द्बन र संरक्षणमा जोड दिइनेछ ।
३९। कृषि पकेट क्षेत्र विकस गरी तरकारी, फलफुल तथा माछापालन व्यवसायलाई प्रोत्साहन तथा व्यवसायीकरण गर्दै लगिनेछ ।
४०। वातावरणीय संरक्षणको लागि पहिरो नियन्त्रण, नदी नियन्त्रण, ल्याडफिल्ड साइट निर्माण गरिनेछ।
४१। एक घर एक धारा नीतिलाई निरन्तरता दिइनेछ, प्रमुख सिंचाइ कुलो र बाँधका योजनाहरुलाईप्राथमिकता दिइनेछ।
४२। पुर्वधारविकस तर्फ प्रत्येक वडा भित्रकाकम्तिमा एक मुख्य सडक पहिचान गरि सोको विस्तार तथा स्तरोन्तिमा लगानी गरीनेछ।
४३। वडाको भौगोलिक विविधता, जनसख्‍याकोआकार र विकासको अवस्था तथा आवश्यकता हेरी बजेट विनियोजन नीति लिइनेछ।
४४। नगर भित्र संघीय तथा प्रदेश सरकार र अन्य निकायद्बारा सञ्‍चालित नयाँ तथा क्रमागत योजनाहरुमा दोहोरोपना हुन नदिन उक्त योजनाहरुमा बजेट विनियोजन गरिने छैन ।
४५। बजेट कार्यान्वयनको क्रममा ४५ कन्टेन्जेन्सी कट्टी गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।साथै योजना कार्यान्वयनका क्रममा सडक तथा खानेपानी योजनामा ५५ कट्टी हुनेगरी लगत ईष्‍टमेट तयार गर्ने, भुक्तानीको क्रममा उक्त ५५ रकम मर्मत सम्भार कोषमा जम्मा गर्ने । उक्त योजनामा समस्या आएमा त्यसको मर्मत सम्भारमा सो ५५ रकममा नगरवाट थप ५५ गरी ९सामन्यतया वैशाख पछि र वर्षात पछि० ल।ई। गरी कार्य सम्झौता गराई मर्मतको लागि भुक्तानी गर्ने नीति लिइनेछ।
४६। प्रचलित कानूनले दिएको अधिकार प्रयोग गरी न्यायिक समितिले स्थानीय न्याय सम्पादन कार्य प्रारम्भ गरेको छ। न्यायिक समितिको सचिवालयको स्थापना र न्याय सम्पादनका कार्य विधिहरुको प्रकाशनहरुको कार्य गरिनेछ। सानोतिनो विवादको निरुपण वडा तहवाटै हुने व्यवस्था मिलाउन वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरिनेछ।
४७। कृषि, उद्योग, वाणिज्य, विज्ञान तथा प्रविधि र संकृति क्षेत्रमा सहयोग आदानप्रदान गर्न अन्तराष्‍ट्रिय नगरहरुसंग भगिनी सम्बन्ध स्थापना गरी नगरपालिकाको पहिचान स्थापित गर्ने कार्य अघि बढाइनेछ।
४८। बजार अनुगमन निर्देशिका अनुसार बजार अनुगमन कार्यलाइ तिब्रता दिइनेछ।जथाभावि जग्गा पल्टिङ्गमा रोक लगाइनेछ । सहरी विकास मन्त्रालयसँगको सहकार्यमा एकीकृत नगर विकास गुरुयोजना तयार कार्यान्वयन गरिनेछ ।
४९। नगरपालिकाको नगर यातायात गुरुयोजना तयार गरि मुख्य मुख्य सडकहरुमा राइट अफ वे को संरक्षण गर्न सडकको दायाँ बाँया सीमा खम्बाराख्‍ने नीति लिइने छ।
५०। करदात शिक्षालाई व्यापक अभियानको रुपमा सञ्‍चालन गरिनेछ । करदाताको सुविधाको लागि कर संकलन वडास्तरमा कर शिविरहरु सञ्‍चालन गर्ने नीति लिइनेछ ।
५१।नगरपालिकाको आफ्नै स्रोत साधनबाट निर्माण हुन नसक्ने वृहत तथा स्थानीय गौरवको योजनाहरु निर्माण गर्नसंघीय तथा प्रदेश सरकार सँग पहल गरिनेछ । उपयुक्त आयोजनाहरुसार्वजनिक निजी साझेदारीमा निर्माण गर्न आवश्यक पहल गरिनेछ।
५२।व्यवस्थित शहरीकरणलाई टेवा पुर्‍याउन तथा बजार तथा उद्योग सञ्‍चालन मापदण्ड कार्यन्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४ ले गरेको व्यवस्था अनुसार नगर प्रहरी नियुक्ति गरी परिचालन गरीने छ। साथै नगर प्रहरी परीचालन कार्यविधि तयार गरी लागु गरीने छ।
५३।ूसम्वृद्ब नगर(खुशी नगरवाशीू को अवधारणा कार्यन्वयन गर्न उपयुक्त नीति तथा कार्यक्रम तय गरि क्रमशः सञ्‍चालन गर्दै लगिने नीति लिइनेछ ।
आदरणीय नगर सभाका सदस्यज्यूहरु,
अव म, नगरपालिकाको सोंच, लक्ष्य, उद्देश्य, क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वनका लागिआर्थिक वर्ष २०७५÷०७६ को आय व्यय, बजेट विनियोजन र श्रोतको ब्यवस्थाको योजना प्रस्तुत गर्दछु ।
५४. आर्थिक वर्ष २०७५÷७६ को नीतितथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न रु ५१ करोड ३८ लाख ९६ हजार रकम विनियोजन गरेको छु । कूल विनियोजन बजेटको मध्ये चालु तर्फ रु २८ करोड ६४ लाख ६२ हजार (५५.७४प्रतिशत) र पूँजीगत तर्फ रु २२ करोड ७४ लाख ३४ हजार (४४.२६ प्रतिशत) रहेको छ । प्रस्तुत विनियोजनमा तथ्याङ्क अभावको कारणले सामाजिक सुरक्षा भत्ता तर्फको बजेट समावेश गरिएको छैन ।
५५. आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघिय समानीकरण अनुदानबाट रु १० कराड ३२ लाख, प्रदेश समानीकरण अनुदानबाट रु ८९ लाख ७२ हजार, संघिय सशर्त अनुदानबाट रु १५ करोड ९४ लाख, प्रदेश सशर्त अनुदानबाट रु ३ करोड ९८ लाख ९० हजार, आन्तरिक राजश्व अनुमान रु ११ करोड, जिल्ला समन्वय समिति र घर जग्गा रजिष्ट्रेशन वापत जिल्लाबाट प्राप्त हुने राजश्व बाँडफाँड मार्फत रु. ५० लाख, संघिय विभाज्य कोषबाट राजश्व बाँडफाँड अन्तर्गत प्राप्त हुने रु ६ करोड ७४ लाख ३४ हजार र गत वर्षको नगद मौज्दात रु २ करोड रहेको छ ।
५६. पुँजिगत खर्चबाट विनियोजित योजना तथा कार्यक्रमलाई अनुसूचीमा राखी सोही बमोजिम स्वीकृत गर्न प्रस्ताव गरेको छु ।
आदरणीय नगर सभाका सदस्यज्यूहरु,
अव म पूँजीगत तर्फ विनियोजित बजेटको प्रमुख शीर्षक तथा विनियोजित रकम सभा समक्ष प्रस्तुत गर्दछु ।
५७. यस नगरपालिका तथा वडा कार्यालयको जग्गा खरिद तथा भवन निर्माण सुरुवात गर्नको लागि रु २ करोड बजेट विनियोजन गरिएको छ ।
५८. बाली वीमा कार्यक्रम, बिउ बैंक स्थापना, ग्रिन हाउस, जैविक विषादीको प्रयोग तथा विषादी परीक्षण केन्द्र स्थापना र फलफुल नर्शरी लगायतका कार्यक्रम सञ्चालन गरि कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिकीकरण गर्न रु १ करोड विनियोजन गरेको छु ।
५९. त्यसैगरी यस नगरका कृषकहरुको आय आर्जनको मुख्य स्रोत पशुपालन व्यवसायलाई समुन्नत बनाउने उद्देश्यले पशु वीमा कार्यक्रम तथा दुग्ध उत्पादनमा लागत घटाउन पशु विकास तर्फ रु ५० लाख प्रस्ताव गरेको छु ।
६०. यस नगर क्षेत्रको मुख्य पर्यटकीय गन्तब्य नगरकोट र सुलीकोट थामीडाँडामा पर्यटन पूर्वाधार विकास गर्न बजेटको व्यवस्था गरेको छु । नगरकोटमा पर्यटन व्यवसायीहरुको लागत सहभागीतामापर्यटन सडक स्तरोन्नती तथा कालोपत्रे गर्न रु ३० लाख विनियोजन गरेको छु ।उक्त आयोजनामा पर्यटन व्यवसायीहरुको ४० प्रतिशत लागत सहभागिता रहने व्यहोरा जानकारी गराउन चाहान्छु । त्यसैगरी थामी डाँडामा पर्यटकीय भ्यू टावर निर्माण गर्न रु २० लाख विनियोजन प्रस्ताव गर्दछु ।
६१. नगर भित्र रहेका सामुदायिक विद्यालयहरुको सिकाइ उपलब्धि वृद्धि गर्दै समग्र शैक्षिक गुणस्तर उकास्नको लागि शिक्षा क्षेत्रमा आवश्यक रकमको व्यवस्था गरेको छु । विद्यालयमा खानेपानी, तार घेरावार, शौचालय व्यवस्थापन र माध्यमिक विद्यालयहरुमा स्मार्ट बोर्डको व्यवस्था गनर्, शिक्षक तालिम तथा क्षमता अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्न रु १ करोड विनियोजन प्रस्ताव गर्दछु ।
६२. आ.व. २०७५÷७६ मा प्रदेश सरकारको आर्थिक सहयोगमा १५ शैयाको अस्पताल निर्माणको थालनी गरिेनेछ । स्वास्थ्यचौकीहरुमा औषधि खरिद, अपाङ्गता भएका व्यक्ति तथा अशक्त नागरिकहरुको स्वास्थ्य वीमा लगायतका कार्यक्रमका लागि स्वास्थ्य क्षेत्रमा रु ५० लाख विनियोजन गरेको छु ।
६३. मण्डनदेउपुर वृहत खानेपानी योजनाको सञ्चालन गर्नयुटिलिटी कम्पनी स्थापना गर्न कार्यक्रम अगाडी बढाइनेछ । खानेपानी क्षेत्रको समग्र विकासको लागि रु २ करोड विनियोजन गरेको छु ।
६४. नगर भित्र रहेका संघीय तथा प्रदेश सरकार र अन्य निकायबाट बजेट विनियोजनमा नपरेका मुख्य मुख्य सडकहरुको स्तरोन्नती तथा कालोपत्रे गर्न रु ५ करोड ६५ लाख विनियोजन गरेको छु । त्यसैगरी यस नगरको मुख्य नदी प्रवाह चाखोला करिडोर निर्माणको लागि रु २५ लाख र सोते इन्द्रावती वैकल्पिक सडक निर्माणको लागि रु ५० लाख विनियोजन गरेको छु । क्रमागत वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतीको लागि रु १ करोड विनियोजन प्रस्ताव गरेकोछु ।साथै चालु आ.व.मा सम्झौता भए बमोजिमको भुक्तानी दायित्व स्वरुप रु १ करोड ५ लाख विनियोजन गरेको छु । वडागत योजनाहरु कार्यान्वयनको लागि हरेक वडालाई रु १० लाखका दरले जम्मा रु १ करोड २० लाख विनियोजन गरेको छु ।
६५. स्थानीय स्तरमा विवाद् निरुपण तथा मेलमिलाप कायम गरी सामाजिक सद्भाव कायम गर्न न्यायिक समितिको लागि रु १० लाख विनियोजन गरेको छु ।
६६. कृषि उत्पादन वृद्धि गर्न सिँचाई पूर्वाधार विकास तथा पोखरी निर्माणको लागि रु १ करोड विनियोजन गरेको छु ।
६७. नगर क्षेत्र भित्र बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरु, एकल महिला, दलित तथा सीमान्तकृत लगायत लक्षित वर्गको विकासको लागि रु ६४ लाख विनियोजन गरेको छु ।
६८. प्राकृतिक प्रकोप तथा वातावरण व्यवस्थापन तर्फ रु २५ लाख विनियोजित गरेको छु । साथै मौजुदा विपद् व्यवस्थापन कोषमा समेत बजेट थप्ने प्रस्ताव गरेकोछु ।
६९. नगर क्षेत्र भित्र पहिचान भएका आयोजनाहरु अन्य संस्था तथा निकायसंगको साझेदारीमा योजना तथा कार्यक्रम कार्यान्वयन गर्न समपुरक कोषमा रु २ करोड विनियोजन गरेको छु ।
७०. पर्यटकीय केन्द्र नगरकोटमा सार्वजनिक निजी साझेदारी अवधारण अन्तर्गत पर्यटक बसपार्क निर्माण तथा पर्यटन प्रवद्र्धन गर्न रु ५० लाख विनियोजन प्रस्ताव गर्दछु । साथै नगरकोटलाई नगरको अर्को मुख्य पर्यटन गन्तव्य ठूलोचौर–सुलीकोट थामीडाँडा हुँदै ज्याम्दी बुद्ध पार्क जोड्न ट्रेकिङ रुट निर्माण गर्न रु ५० लाख विनियोजन गरेको छु ।
७१. यस नगरपालिकाको मुख्य नदी प्रवाह सिन्धुपाल्चोक जिल्लासँग सीमाना जोडिएको इन्द्रावती नदीको व्यवस्थापन तथा नदी नियन्त्रण संघीय तथा प्रदेश सरकार, जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग र अन्य निकायसँगको सहकार्यमा कार्यक्रम गर्न रु ५० लाख विनियोजन गरेको छु ।
सभाका सदस्यज्युहरु,
७२. यस नगरपालिका भित्र कार्यरत तथा कार्यक्रम सञ्चालनको लागि स्वीकृती माग गर्न आउने विभिन्न गैर सरकारी, सहकारी, निजी तथा अन्य संघसंस्थाको कार्यक्रमलाई निर्धारित मापदण्डको आधारमा स्वीकृती प्रदान गरी कार्यक्रम सञ्चालन गर्न दिने नीति लिइनेछ ।
७३. नगरपालिकाको आर्थिक बर्ष २०७५÷२०७६ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर, शुल्क, दस्तुर र महशुल संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक ब्यबस्था गर्न नेपालको सविधानको धारा २२८ को उपधारा (२) बमोजिम मण्डनदेउपुर नगरपालिकाको नगर सभा समक्ष आर्थिक ऐनको मस्यौदा र सोको अनुसूचीहरु स्वीकृतीका लागि पेश गरेको छु ।
७४.मण्डनदेउपुरनगरपालिकाकोआर्थिक बर्ष २०७५÷०७६ को सेवा र कार्यहरुको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न नेपालको संविधानको धारा २२९ को उप–धारा (२) बमोजिम मण्डनदेउपुर नगरपालिकाको नगर सभा समक्ष विनियोजन ऐनको मस्यौदा र सोको अनुसूची स्वीकृतिका लागि पेश गरेको छु ।
७५. आर्थिक वर्ष २०७५÷७६ को नीति, बजेट तथा कार्यक्रमको अभिन्न अंगको रुपमा रहेको आय ब्यय,राजस्व तथा अनुदान प्राप्तिको अनुमान, कार्यक्षेत्रगत ब्यय अनुमान, वार्षिक विकास कार्यक्रम, सशर्त अनुदानको कार्यक्रम, वार्षिक कार्यक्रम कार्यान्वयन योजनालाई अनुसूचीमा राखी पेश गरेको छु ।
७६. यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा सहयोग गर्ने सम्बन्धित मन्त्रालय, विभाग तथा अन्य निकायहरु, प्रमुख प्रशासकिय अधिकृत, नगर सल्लाहकार, सम्पूर्ण वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिकाका सदस्य, नगर सभाका सदस्यहरु र नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु प्रति आभार प्रकट गर्दै सफल कार्यान्वयनमा सबैको पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।
धन्यवाद ।
टोक बहादुर तामाङ (वाईवा)
नगर प्रमुख

Comments

comments

SHARE