पनौति । काभ्रे जिल्लाको पनौति नगरपालिकाले आर्थिक वर्ष २०७५।०७६को नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ ।

पनौति नगरपालिकाको तेस्रो नगरसभामा नगर प्रमुख भिम न्यौपानेले नीति तथा कार्यक्रम र उप–प्रमुख गीता बञ्जाराले बजेट प्रस्तुत गरेका हुन् ।

नगरसभामा उप–प्रमुख बञ्जाराले आ.व. २९७५।७६ का लागि कूल बजेट ९८ करोड ६१ लाख ४९ हजारको बजेट विनियोजन गरिएको छ ।

नगरले क्षेत्रगत बजेट विनियोजनको विवरण समेत सार्वजनिक गरेको छ । जसमा आर्थिक विकास तर्फ रु. ४ करोड ५६ लाख, सामाजिक विकास तर्फ रु. ११ करोड ९९ लाख ५१ हजार, पूर्वाधार विकास तर्फ रु. ३१ करोड ३३ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु २ करोड ८३ लाख ५० हजार विनियोजन गरिएको छ ।

तेस्रो नगरसभामा आर्थिक वर्ष २०७४।०७५को योजना कार्यन्वयनको समेत समिक्षा भएको थियो ।

 

Comments

comments