धुलिखेल नगरपालिकाको तेस्रो नगर सभामा नगर प्रमुख श्री अशोक कुमार ब्याञ्जु श्रेष्ठद्वारा प्रस्तुत
आ.व. २०७५÷०७६ को नीति, कार्यक्रम तथा बजेट

यस तेस्रो नगर सभाका सभाध्यक्षज्यू, हाम्रो निमन्त्रणालाई स्वीकार गरेर पाल्नु भएका आदरणीय प्रतिनिधि तथा प्रदेश सभाका माननीय साँसदज्यूहरु, सभाका सभासद्ज्यूहरु, आमन्त्रित विशिष्ट अतिथि तथा अतिथि गण, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखज्यूहरु, सञ्चारकर्मी मित्रहरु एवम् यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुमा नगरपालिकाको तर्फबाट तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन टक्रयाउँन चाहन्छु ।

१. नेपालको राज्य पुनःसंरचना पछि सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन पश्चात् धुलिखेल नगरपालिकाका तर्फबाट तेस्रो नगर सभामा दोस्रो पटक नीति, बजेट तथा कार्यक्रमहरु प्रस्तुत गर्न यस गरिमामय नगरसभामा सम्बोधनका लागि उपस्थित हुन पाउँदा गौरव महसुुुस गरेको छु । जनताले सात दशकसम्म गरेको बलिदानपूर्ण संघर्ष पछि यो सुनौलो अवसर हामी समक्ष जुरेको छ । नेपालको संघीय संरचना अन्तरगत जनतासँग प्रत्यक्ष र नजिकबाट सरोकार राख्ने स्थानीय तहको महत्व, भावना र सार्थकता सम्पूर्ण सर्वसाधारणमा समेत बोध गराउने यो सुखद समयलाई स्मरण गर्न चाहन्छु ।

२. संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय सहितको समानुपातिक समावेशी शासन व्यवस्था, मौलिक हक, विविधता बीच एकता, सहिष्णुता र धर्मनिरपेक्षता जस्ता महत्वपूर्ण उपलब्धी संस्थागत हुँदै गएका छन् । मुलुक संविधान कार्यान्वयनको चरणबाट अघि बढिरहेको छ । राष्ट्रिय स्वाधीनता र स्वाभिमान, लोकतन्त्र, दिगो शान्ति, सुशासन, विकास र समृद्धिको नयाँ युग सुरु भएको छ । यी ऐतिहासिक उपलब्धिका लागि आन्दोलनका विभिन्न कालखण्डमा जीवन बलिदानी गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरुप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

३. बाह्रौँ शताब्दी पूर्व नै स्थापित भै मध्येकालमा विकास भएको भारत तथा तिब्बत बीचको ब्यापारिक मार्गमा अवस्थित धुलिखेल एउटा सुन्दर पहाडी नगरी हो । कला, संस्कृति र रहनसहनमा धनी नेवार समुदायको बस्ती रहेको यस नगरीको नाम धली ख्यः भन्ने शब्दबाट उत्पत्ति भएको विश्वास गरिन्छ । शब्दानुवाद गर्दा दहीको चौर भन्ने अर्थ लाग्ने धली ख्यः नामबाट विकासको प्रारम्भिक कालमा नै धुलिखेलको सम्पन्नता र वैभवलाई झल्काउँदछ ।

४. नेपालको सन्र्दभमा एउटा उत्कृष्ट पर्यटकीय गन्तव्यको पहिचान बनाएको धुलिखेल, राजधानीबाट केबल ३० कि.मी.को दुरीमा अवस्थित एउटा शितल, शान्त, प्रदुषणरहित, हरियालीयुक्त सहर भनेर चिनिन्छ । २०६८ को जनगणनामा ३२१६३ जनसंख्या रहेको यो सानो सहरले विगत देखि नै विकासमा अलग्गै पहिचान निर्माण गरेको छ । लगानीलाई केन्द्रित गरी राष्ट्रमा नै गर्व गर्न लायक संरचनाहरु जस्तै काठमाडौं विश्वविद्यालय, धुलिखेल अस्पताल तथा सामुदायिक खानेपानी आयोजना सफलतापूर्वक सम्पन्न गरेको वा स्थापनामा सहयोग गरेको यस नगरपालिकाले आफ्नो वजेट भन्दा पनि वैदेशिक सहयोगलाई प्रभावकारी रुपमा परिचालन गर्न सक्ने नगरको परिचय समेत बनाएको विषय यहाँहरुलाई स्मरण गराउन चाहन्छु ।

५. धुलिखेललाई आजको अवस्थामा पु¥याउँन यसलाई मायाँ गर्ने कयौं अग्रज तथा समाजसेवीहरुको पसिना बगेको छ । हामी वहाँहरु सवै प्रति ऋणी छौं । १२ औँ शताब्दी अगावै बस्ती विकास भएको यस क्षेत्रलाई आनन्द मल्लले ब्यवस्थित बस्ती स्थापना गरी चोच्छे टोल, दुटोल, वटोल र इटोलको विकासबाट जग राखी धुलिखेल नगरी आज ५५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको र १२ वडा रहेको ठूलो र फराकिलो नगर बन्न पुगेको छ । आज यो नगर विविध संभावना, अवसर र चुनौतीहरुका बीचमा उभिएको छ । प्रज्ञा, शक्ति र एकतामा जोड दिदै संस्कृति, सम्पदा र कलाको जगेर्ना गरी शिक्षा र स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्दै धुलिखेललाई महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा चिनाउँदै, हरियालीयुक्त, वातावरणमैत्री, स्मार्ट धुलिखेलको निर्माण गर्ने सोचका साथ अगाडि बढ्ने प्रण गरेको धुलिखेल, गौरवशाली इतिहास र समृद्ध भविष्यको बीचमा उर्जाशील वर्तमान लिएर उभिइरहेको छ । यसर्थ हामी धुलिखेलवासी शौभाग्यशाली छौँ ।

६. स्थानीय तहको निर्वाचन पश्चात् स्थानीय तहलाई सञ्चालन तथा व्यवस्थापन गर्ने ऐन, नियमहरु बनेको अवस्थामा पनि कतिपय कानूनहरुमा विरोधाभाष देखिएको, संविधान प्रदत्त अधिकारहरु कानूनद्वारा संकुचन हुने जोखिम देखिएको, केन्द्र र प्रदेश तहको बजेटले स्थानीय तहलाई सेवा प्रवाह र विकास व्यवस्थापनको केन्द्रको रुपमा विकास गर्ने अवसरबाट बञ्चित गराएको, केन्द्र सरकारले आफ्नो शाखा कार्यालयलाई कुनै न कुनै रुपमा कृयाशिल राख्ने प्रयास गरेको, प्रदेश तह पनि आफ्नै विभागीय संरचना खडा गर्ने तर्फ तल्लिन रहेको देखिएको छ । रोयल्टीको बाँडफाँटको प्रवन्ध गरेको भए तापनि रोयल्टीको दररेट तोक्ने कानूनहरुको निर्माण र परिमार्जन गर्ने कुरामा अझै ध्यान पुग्न सकेको छैन । यी तमाम परिस्थितिका बीचमा पनि संघीय शासन व्यवस्थाको प्रत्यक्ष अनुभूति दिलाउने अभिप्रायले नेपालको संविधानले अङ्गीकार गरेको समाजवाद उन्मुख शासन प्रणालीलाई सुखी नेपाली र समृद्ध नेपालको गन्तव्य तर्फ निर्देशित गर्ने गरी संघीय तथा प्रादेशिक कानूनको व्यग्रताका साथ प्रतिक्षा गर्दै स्थानीय सरकारको भूमिका निर्वाह गर्ने क्रममा स्थानीय तहको ऐन, कानून, नियमावली तथा कार्यविधिहरु निर्माण गर्ने कार्यमा हामी प्रयत्नशील छाँै ।

७. देशको राजधानी काठमाडौंसँग नजिक रही पर्यटन, व्यापार, जलस्रोत, कृषि र खानीको प्रचुर सम्भावना बोकेको यो सुन्दर पहाडी नगरीको स्रोत र साधनको सु–व्यवस्थित उपयोगले धुलिखेलवासीको सम्वृद्धि र जीवनमा सकारात्मक परिवर्तन ल्याउन तथा नगरपालिकाको सेवा प्रवाहमा विशिष्टता ल्याउने गरी नीति तथा कार्यक्रम तय गर्न यो नगरसभा सफल हुने विश्वास लिएको छु ।

८. दुईवटा राष्ट्रिय राजमार्ग, प्रतिष्ठित विश्वविद्यालय, अत्याधुनिक अस्पताल लगायतका पूर्वाधार भएको, एउटा उपत्यकाको रुपमा फैलिएको धुलिखेललाई प्रदेश नं. ३ को राजधानीको रुपमा विकास गर्न सकिने प्रवल संभावना रहेकोले, सरोकारवालाहरु सबै समक्ष यसै मञ्चबाट पुनः अनुरोध गर्दै त्यस दिशामा अगाडि बढ्न म यहाँहरु समक्ष प्रण गर्न चाहन्छु । सामाजिक सद्भाव र सहिष्णुताको बेजोड उदाहरणको रुपमा रहेको धुलिखेलको उक्त प्रस्ताव सहर्ष स्वीकृत गर्न यस प्रदेशका सवै सरोकारवाला निकायहरुलाई हार्दिक अनुरोध समेत गर्न चाहन्छु ।

९. यस गरिमामय सभामा नगरपालिकाको तर्फबाट नगरको सम्पूर्ण विकासको लागि मार्ग दर्शनको रुपमा रहने आगामी आ.व. ०७५÷०७६ को वार्षिक नीति, कार्यक्रमको जानकारी गराउन पाउँदा अत्यन्त खुशी लागेको छ । यस अवसरमा नगरपालिकाका प्रयासहरुमा हरदम साथ र सहयोग गर्नुहुने कार्यपालिकाका सदस्यज्यूहरु, नगरसभाका सम्पूर्ण सदस्यहरु, राजनैतिक दलहरु तथा नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायहरु, संचार जगत, नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु एवम् धुलिखेल नगरवासी सम्पूर्ण आदरणीय आमा–बुबा, दाजु–भाइ तथा दिदी–बहीनीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।

आदरणीय सभासद ज्यू तथा उपस्थित महानुभावहरु ः
अव म नगरपालिकाको रुपमा हामीले नेपाल सरकार तथा प्रदेश सरकारसँग राखेका केही अपेक्षाहरु तथा हाम्रा सीमाहरु राख्न चाहन्छु ।

१. नेपाल सरकारबाट प्रस्ताव गरिएको नागढुंगादेखि धुलिखेल सम्मको मेट्रो रेल निर्माणलाई यथासक्य छिटो शुरुवातको लागि पहल गरियोस् भनी माग गर्दछु । यस नगरपालिकाले यस आयोजनालाई पूर्ण रुपले सघाउने विश्वास दिलाउन चाहन्छु ।

२. नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस नगरपालिकाको ठुलीचौरमा एयरपोर्ट निर्माणको लागि प्रारम्भिक छलफलत तथा फिल्ड भ्रमणको लागि टोली आएको र उक्त क्षेत्रको अलावा पनि काभे्रको अन्य २ वटा क्षेत्रको समेत अध्ययन भईरहेको सन्दर्भमा धुलिखेलको नगरको पर्यटकीय भविष्य तथा प्राकृतिक मनोरम हरियाली दृष्यलाई मध्यनजर गर्दै धुलिखेलावासी जनताको भावनालाई कदर गर्दै उक्त वीमानस्थल धुलिखेल नगरपालिकाको ११ नं वडाको ठुलीचौरमा निर्माण गर्नका लागि अनुरोध गर्दछु ।

३. सुर्यविनायकदेखि धुलिखेलसम्म ६ लेनको सडक निर्माण कार्य अविलम्ब अगाडि बढाउन नेपाल सरकार सँग अनुरोध गर्दछु ।

४. यस नगरपालिकाको वडा नं ३, ७, ८, १० र १२ लाई लक्षित गरी बृहत् ढल निकास आयोजनाका लागि रु १ अर्व बराबरको विस्तृत परियोजन अध्ययन प्रतिवेदन तयार गरिसकिएकोमा उक्त कार्य अगाडि बढाउन आवश्यक पहलको लागि अनुरोध गर्दछु ।

५. नगरपालिका भित्रको सार्वजनिक जग्गा उपयोग तथा व्यवस्थापन गर्न नीतिगत असहजताका कारण स्वास्थ्य संस्था तथा वडा कार्यालय लगायतका सार्वजनिक भवन निर्माण कार्य प्रभावित भएकाले सार्वजनिक जग्गाको व्यवस्थापन तथा संरक्षण गर्ने अधिकार नगरपालिकालाई प्रदान गर्न अनुरोध गर्दछु ।

६. नगरपालिकामा सञ्चालित योजनाहरुको अनुगमन कार्यलाई तीब्रता दिन विदाका दिनहरुमा समेत कार्य गर्नुपर्ने भएकाले सरकारी सवारी साधन निश्चित प्रयोजनका लागि प्रयोग गर्न सवारी पास बनाउने अधिकार प्रत्यायोजन गर्न भनी नेपाल सरकार सँग अनुरोध गर्दछु ।

७. स्वास्थ्य सेवालाई गुणस्तरीय तथा सर्वसुलभ बनाउन लगानी बोर्डको समन्वयमा निर्माण गरिने ५०० बेडको अस्पताल तथा मेडिसिटी अवधारणा अन्र्तगत यस नगरपालिका भित्र निर्माण गर्नका लागि आवश्यक सहयोग गरिनेछ ।

८. स्थानीय सरकार सञ्चालन ऐन २०७४ सँग बाझिएका विद्यमान कानूनहरु अविलम्ब परिमार्जनको प्रकृया थालनी गर्न समेत अनुरोध गर्दछु ।

९. अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐनले रोयल्टीको बाँडफाँट गर्ने व्यवस्था गरेको तर विद्यमान कानूनमा विभिन्न क्षेत्रको रोयल्टीको दर निर्धारण नभैसकेको कारणले अविलम्ब उक्त कानुनहरु परिमार्जन गरी रोयल्टीको दर निर्धारण गर्न अनुरोध गर्दछु ।

१०. राष्ट्रिय तथा अन्तराष्ट्रिय सभासम्मेलन संचालनको लागि करिव २००० जना क्षमताको स्तरिय सभा हल निर्माणका लागि अनुरोध गरिएकोछ ।

११. धुलिखेल नगर भित्र कृषि उपजलाई व्यवस्थित गर्न आधुनिक स्तरको तरकारी सङ्कलन तथा विक्री केन्द्रको निर्माणको लागि नेपाल सरकार तथा प्रदेश सरकार सँग अनुरोध गरिएकोछ ।

१२. धुलिखेल क्षेत्रमा मध्यम आकारको औद्योगिक ग्रामको आवश्यकता महसुस गरिएको छ । वातावरण प्रदुषण गर्ने उद्योगलाई निरुत्साहित गर्दै वातावरणमैत्री उद्योगहरु रहने गरी यस्ता औद्योगिक ग्रामको स्थापना गर्न माग गरिएको छ ।

१३. धुलिखेल नगरपालिकाको उचित स्थानमा फिल्मसिटीको निर्माण संभावनाको खोजी भैरहेकोमा यस कार्यमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता सहित फिल्म सिटी निर्माणलाई प्राथमिकतामा राख्न माग गरिएको छ ।

आदरणीय सभाध्यक्षज्यू,
अब म चालू आ.व. २०७४।०७५ कोे बजेट समीक्षा पेश गर्ने अनुमति चाहन्छु ः

१. आ.व. २०७४÷०७५ मा समानीकरण अनुदान रु १७ करोड २२ लाख २३ हजार, सर्शत अुनदान रु १६ करोड ३० लाख ६९ हजार, सामाजिक सुरक्षा भत्ता वापतको रकम रु ५ करोड ३ लाख १७ हजार आन्तरिक आयको संशोधित अनुमान ४ करोड २५ लाख तथा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबाट रु २२ लाख ५ हजार, सडक बोर्ड नेपालबाट रु ५० लाख गरी जम्मा कुल रु. ४५ करोड ४९ लाख ३६ हजार ८२४ को बजेट तथा कार्यक्रम तर्जुमा गरिएको थियो । आर्थिक बर्ष सम्पन्न नभइसकेको र कतिपय योजना कार्यान्वयनको चरणमा रहेको कारणले यर्थाथ आम्दानी तथा यर्थाथ खर्चको विवरण पेश गर्न सम्भव भएन तर पनि आन्तरिक आयतर्फ अनुमानित ५ करोड ७१ लाख मध्ये ४ करोड २५ लाख अर्थात् ७४.५ प्रतिशत सङ्कलन हुने, साथै खर्च तर्फ आर्थिक बर्षको जेष्ठ मसान्त सम्म चालू खर्च ७७.२३ प्रतिशत तथा पूँजीगत खर्च ७३.७५ प्रतिशत भएको जानकारी गराउँदछु ।

२. आन्तरिक आयको लक्ष्य हासिल हुन नसकेको, राजश्व बाँडफाँटतर्फ अनुमान गरिएको रु १ कारोड प्राप्त हुन नसकेको र सवारी साधन करतर्फ चालू आ.व.मा कुनै उल्लेख्य आय नभएको समेत कारणले रु २ कारोड बजेट घाटा हुने भई आगामी आ.व.मा दायित्व सार्नुपर्ने अवस्था छ ।

३. प्रायः सम्पूर्ण कार्य उपभोक्ता समिति मार्फत् गरिएको कारणले लागत सहभागिता जुटाउन कठिनाई तथा पेश्की बिना काम गर्न नसक्ने अवस्था पर्न गै समयमै सम्झौता नहुने, एवम् समयमै पेश्की फस्र्यौट नगर्ने प्रवृतिका कारण आशातीत प्रगति हासिल गर्न सकिएको अवस्था छैन । निर्माण व्यवसायी मार्फत् गरिने कार्यमा पनि विभिन्न स्थानीय समस्याहरु आई यस्तो परिस्थिति पर्न गएको छ । यसलाई गम्भिर रुपमा मनन् गरी आगामी दिनमा जनप्रतिनिधिहरु समेत परिचालित भै प्रभावकारी अनुगमन गर्दै पूँजीगत खर्चमा उल्लेख्य प्रगति गर्ने आशा तथा विश्वास दिलाउन चाहन्छु ।

४. वित्तीय अनुशासन तर्फ विचार गर्दा समीक्षा अवधिमा गत आ.व.सम्मको बेरुजु १,९९,७०,७६९ कायम रहेकोमा चालू आ.व. मा ६ करोड ६२ लाख ९४ हजार थप भई जम्मा रु ८ करोड ६२ लाख ६४हजार ७६९ कायम भएको देखिन्छ । बेरुजुको अंक ठूलो देखिए तापनि असुल उपर गर्नुपर्ने बेरुजुको अंक करीव ६ लाख तथा पेश्की करीव १८ लाख देखिएको र बाँकी बेरुजु सैद्धान्तिक प्रकृतिको रहेको व्यहोरा अनुरोध गर्दै यस सभाबाट लेखा समितिको गठन गर्ने र कार्यालय स्तरमा एउटा कार्यदल बनाई बेरुजु फछ्र्यौटलाई तीब्रता दिइनेछ ।

५. चालू आ.व.मा नगरपालिकाबाट लिइएको नीति तथा कार्यक्रमको समीक्षा गर्दा समग्रमा उपलब्धिमूलक नै रहेको देखिन्छ । गत नगर सभाबाट पारित वार्षिक कार्यक्रमले राखेको लक्ष्य, उद्देश्य तथा नीतिहरु कार्यान्वयनमा संघ तथा प्रदेश निर्वाचनले गर्दा समान्य रुपमा तोकेको समयमा कार्य सम्पन्न गर्नका लागि केही ढिलाई हुनुका साथै केही नीति तथा कार्यक्रम सम्पन्न गर्न समस्या भएको यस सम्मानित सभामा जानकारी गराउँदछु । तथापि मनग्य उपलब्धिहरु हासिल गर्न नगरपालिका सक्षम भएको छ ।

६. चालू आर्थिक बर्षमा हामीले लिएका नीतिहको समग्र कार्यान्वयनको अवस्था हामीले हासिल गरेको महत्वपूर्ण उपलब्धिहरु क्षेत्रगत रुपमा गरिएको प्रगतिको विवरण तथा हामीले भोगेका कठिनाई तथा अप्ठ्याराहरु एवम् सिकाईहरु समेटिएको प्रगति प्रतिवेदन यस पूर्व उप–प्रमुखज्यूबाट आजै यस सभामा पेश भैसकेको छ ।

आदरणीय सभाध्यक्षज्यू
अब म आगामी आ.व. २०७५÷०७६ को वजेट तथा कार्यक्रम तर्जुमाका केही सैद्धान्तिक पक्षमा प्रकाश पार्न चाहन्छु ः
क) हामीले तर्जुमा गरेको धुलिखेल नगरको सोचपत्र मार्फत् निर्धारण गरिएका दीर्घकालिन सोच र उद्देश्यहरु यस प्रकार छन् ः

दीर्घकालिन सोचः
संस्कृति, सम्पदा र कलाको जगेर्ना गरी, शिक्षा र स्वास्थ्यको केन्द्रको रुपमा विकास गर्दै, धुलिखेललाई नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा चिनाउँदै, हरियालीयुक्त, वातावरणमैत्री, स्मार्ट धुलिखेलको निर्माण मार्फत् यहाँका बासिन्दाहरुको जीवनस्तरमा गुणात्मक सुधार गर्ने ।

लक्ष्यः
धुलिखेल नगरपालिकालाई योजनावद्ध विकासको मार्गमा हिँडाइ, आर्थिक र सामाजिक विकास मार्फत् रोजगारीको सृजना र मानवीय क्षमता वृद्धि तथा सुशासनको माध्यमबाट नगरवासीहरुमा भरपर्दो र गुणस्तरीय सेवा प्रवाह गरी यसको लाभ सम्पूर्ण नागरिकहरुमा विस्तार गर्ने ।

उद्देश्यहरु:
१. पर्यटन केन्द्रित आर्थिक विकासको माध्यमबाट रोजगारीको सृजना गर्दै, धुलिखेललाई नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तब्य बनाउन, सुन्दर ग्रामीण सहरको रुपमा विकास गर्ने ।

२. शिक्षा, स्वास्थ्य, सरसफाई, तालीम तथा मानवीय विकासका क्षेत्रमा लगानी वढाइ स्वरोजगारयुक्त, चेतनशील तथा स्वावलम्बी नागरिक निर्माण गर्ने ।

३. योजनाबद्ध विकासको अवधारणा अनुशरण गर्दै, सीमित स्रोत र साधनलाई प्रभावकारी र मितव्ययी विनियोजन मार्फत् नतिजामुखी विकास कार्यमा केन्द्रित गर्ने ।

४. विकास व्यवस्थापन र सेवा प्रवाहका हरेक चरणमा सुशासन र पारदर्शिताको सुनिश्चितता गर्दै धुलिखेललाई नमूना नगरपालिकाको रुपमा विकास गर्ने ।

रणनीतिहरु:
१. धुलिखेललाई आन्तरिक तथा अन्तराष्ट्रिय पर्यटन गन्तव्यको रुपमा विकास गर्ने ।

२. पर्यावरण संवेदनशील पर्यटन विकासको रणनीति अवलम्बन गर्ने ।

३. पर्यटन लक्षित पूर्वाधार निर्माणमा नगरपालिकाले सहजीकरण, समन्वय र प्रोत्साहन गर्ने ।

४. धुलिखेललाई शिक्षामा अग्रणी नगरपालिकाको रुपमा विकास गर्न विशेष कार्यक्रमहरु सञ्चालन गर्ने

५. धुलिखेल क्षेत्रको शिक्षाको स्तर उठाउन काठमाडौं विश्वविद्यालय र अन्य प्राज्ञिक संस्थाहरु सँग सहकार्य गर्ने ।

६. धुलिखेलका नागरिकहरुको स्वास्थ्यको अवस्था सुधार गर्न धुलिखेल अस्पतालसँग सघन सहकार्य गर्ने

७. धुलिखेल नगर क्षेत्रको हरेक घरमा स्वच्छ खानेपानीको सुविधा पु¥याउने ।

८. तालीम, सशक्तीकरण, क्षमता विकास जस्ता मानवीय विकासको क्षेत्रमा लगानी वढाइ मानवीय पूँजी निर्माण गर्ने ।

९. योजनाबद्ध विकासको क्रममा एकीकृत नगर विकास योजना मार्फत् आवधिक विकास योजना तथा क्षेत्रगत विकास योजनाहरुको तर्जुमा गरी कार्यान्वयन गर्ने ।

१०. नतिजा नआउने साना तिना योजनाहरुमा वजेट विनियोजन नगरी, ठूला र नतिजामुखी योजनाहरु कार्यान्वयन गर्ने ।

११. सम्पूर्ण नागरिकहरु तथा परिवारहरुको अभिलेख स्थापना गरी, सबैको विकास तथा गरिवी सम्बद्ध सूचकहरु एकीकृत गरी लक्षित विकास कार्यक्रमहरु सञ्चालन गर्ने ।

१२. नगरपालिका तथा नागरिक सम्बन्ध सुमधुर बनाउन नगरपालिकालाई सेवाग्राही मैत्री निकायको रुपमा विकास गर्ने ।

१३. वडा कार्यालयहरुलाई स्रोत साधन तथा जनशक्तियुक्त बनाइ, जनताका अधिकांश समस्या समाधानको पहिलोे विन्दुुको रुपमा विकास गर्ने ।

१४. विकास व्यवस्थापन र सेवा प्रवाहमा हुन सक्ने अनियमितता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने ।

१५. विकास तथा सेवा प्रवाहको सन्दर्भमा बञ्चितीकरणमा परेका वर्ग र समुदायको विशेष संरक्षण, सरोकारवालाहरुको संवोधन तथा उचित प्रतिनिध्व र सुनुवाइ संयन्त्रको विकास गर्ने ।

ख) आ.व. २०७५÷०७६ को वजेट तर्जुमा गर्दा लिइएका प्रमुख नीतिगत आधार र मुख्य मार्गदर्शन यस प्रकार रहेका छन्

१. नेपालको संविधानले निर्देशित गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्वन्धी विषय तथा प्राथमिकताहरु ।

२. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताका आधारहरु ।

३. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथमिकता तथा सन्तुलनका आधारहरु ।

४. अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको नीतिगत व्यवस्था ।

५. स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन, २०७४ ले निर्दिष्ट गरेको वार्षिक योजना तथा बजेट तर्जुमाका आधारहरु ।

६. नेपाल सरकार अर्थमन्त्रालयबाट समानीकरण अनुदान र राजश्ज बाँडफाँटको सिलिङ्ग सहितको मार्गदर्शन ।

७. संघीय र प्रदेश सरकारले जारी गरेको नीति, कानून तथा मापदण्डहरु ।

८. संघीय सरकार र प्रदेश तहबाट प्राप्त अन्य मार्गदर्शन एवम् निर्देशन तथा सुझावहरु ।

९. चौधौं योजनाले निर्दिष्ट गरेका लक्ष्य एवम् उद्देश्यहरु ।

१०. जनतासँग मत माग्दा व्यक्त गरेका प्रतिवद्घता पत्र तथा समय समयमा गरिएका सार्वजनिक वचनवद्घताहरु ।

११. नगरपालिकाको आन्तरिक स्रोत र साधन तथा यसको सम्भाव्यता र चूनौतिहरु

आगामी आर्थिक बर्षको लागि हामीले क्षेत्रगत रुपमा निर्धारण गरेका नीतिहरुको विस्तृत खाका यसै वजेट वक्तव्यको अनुसूचि १ मा समावेश गरिएको छ ।

आदरणीय सभासद्ज्यूहरु एवम् उपस्थित महानुभावहरु
अव म हामीले आगामी बर्षको लागि प्रस्ताव गरेको योजना, कार्यक्रम तथा हामीले उच्च प्राथमिकता दिएका केही विषयहरुको बारेमा प्रकाश पार्न चाहन्छु ः

१. हामीले गत आ.व.मा एकमुष्ट वजेट विनियोजन गरी निर्माण थालनी गरेको ठूला सडक आयोजनाहरुलाई निरन्तरता दिएको छु । विगतमा ३ वटा सडकमा एकमुष्ट रकम विनियोजन गरिएकोमा यस पटक वडा नं. ११ को एउटा सडक समेत म्एच् गरी उक्त सूचिमा समावेश गरी ४ वटा बनाइएको छ । उक्त सडकहरुको लागि एकमुष्ट रु ३ करोड २० लाख विनियोजन प्रस्ताव गरेको छु ।

२. विगत ८ बर्ष देखि संचालनमा रहेको काभ्रे उपत्यका एकीकृत खानेपानी परियोजनालाई आगामी आर्थिक बर्षमा सम्पन्न गरिनेछ । यस आयोजनको लागि चालू आ.व.मा यस नगरपालिकाको दायित्व स्वरुप तिर्नु पर्ने रकम भुक्तानी गरी आगामी आर्थिक बर्षका लागि एक करोड पचास लाख विनियोजन प्रस्ताव गरेको छु ।

३. काभ्रे उपत्यका खानेपानी आयोजनाले नसमेट्ने नगरको वाँकी भूगोलमा गुणस्तरीय खानेपानी पु¥याउन गरिएको नक्साङ्कनले २७ वटा योजनाको पहिचान गरेको र त्यस मध्ये ७ वटा योजनाहरु आगामी २ वर्ष भित्र नै सम्पन्न गरी एकमुष्ट रु. २ करोड ५० लाख वजेट प्रस्ताव गरेकोछु । .

४. वडाहरुलाई विकासको पहिलो केन्द्रको रुपमा विकास गर्न आगामी आर्थिक बर्षमा प्रत्येक वडामा चालू तर्फ रु ३ लाख ५० हजार तथा पूँजिगत तर्फ ३५ लाख गरी ४ करोड ६२ लाख बजेट बिनियोजन गरेको छु । यसको अलवा प्रत्येक वडालाई थप १० लाखका नगरस्तरीय योजनाहरु विनियोजन गरिएको छ । खानेपानी योजना तथा ठूला सडक बाहेक प्रत्येक वडामा ६० लाख नघट्ने गरी बजेट बिनियोेजन गरिएको छ ।

५. पर्यटन प्रवर्धन गर्ने तथा पर्यटन क्षेत्रको विकासमा व्यवसायी, नगरपालिका तथा सरोकारवालाहरुको भूमिका पहिल्याउने उद्देश्य लिई धुलिखेलको पर्यटकीय संभावनाको खोजी गर्न पर्यटन सम्मेलन आयोजना गरिनेछ ।

६. धुलिखेल नगरपालिकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न विभिन्न रणनीतिहरु तथा कार्यक्रम तर्जुमा गरिएको छ । यहाँका पर्यटन व्यवसायी सम्बद्ध संघ संस्थाको साझेदारीमा पर्यटन प्रर्वद्धनका कार्यक्रमहरु गरिने छ । साथै पर्यटन सम्मेलन सम्पन्न गर्न, पर्यटन सूचना केन्द्रको लागि बजेटको व्यवस्था गरेको छु । यो केन्द्रलाई समुदायको साझेदारीमा संचालन गरिने छ । धुलिखेलको ऐतिहासिक संग्रहालय निर्माण, पुरानो बजार क्षेत्रको जीर्णोद्धार तथा पुनः निर्माणमा जनचेतनामूलक कार्य गर्ने, टुँडिखेल तथा देवीस्थान क्षेत्रको विकास गर्ने र सरस्वतीपार्क समेतको निर्माण गर्ने साथै सोलार बत्ती राख्ने समेतका कार्य गर्न रु १ करोड बिनियोजन गरेको छु ।

७. कार्यालयलाई स्रोत साधनयुक्त बनाउन एउटा सानो सवारी साधन तथा ५ वटा मोटर साइकिल खरीद गर्न आवश्यक बजेटको व्यवस्था मिलएको छु । कार्यालयमा हाल रहेका २ वटा पुराना सवारी साधनको मर्मत सम्भार खर्च धेरै लाग्ने गरेकाले यी सवारी साधन लिलाम विक्री वा अन्य निकायलाई हस्तान्तरणको प्रकृयामा लगिने छ ।

८. चालू आर्थिक बर्षमा थालनी गरिएका विभिन्न शालिक तथा नगर स्तम्भ निर्माणको अधुरो कामलाई आगामी आ.व.मा निरन्तरता दिइने छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक, राष्ट्रिय विभूति बलभद्र कुँवरको शालिक बन्ने क्रममा छ भने साहित्यकार गुरु प्रसाद मैनाली र स्व. राजन कोइरालाको शालिक आगामी आ.व.मा पार्क सहित निर्माण सम्पन्न गरिने छ ।

९. आय आर्जन गर्ने प्रकृतिका पसल कवल, बस पार्क लगायतका संरचनाहरु नगर विकास कोषको ऋण सहयोगमा सम्पन्न गर्ने नीति लिइएको छ । यस प्रयोजनको लागि निर्माणाधिन सपिङ्ग कमप्लेक्स सम्पन्न गर्न रु १ करोड २५ लाख ऋण प्रस्ताव गरेको छु । यस कार्यको लागि नगरपालिकाको तर्फबाट आवश्यक रकम लागत सहभागिता प्रस्ताव गरेको छु ।

१०. सशर्त अनुदान स्वरुप प्राप्त रु २० करोड १६ लाखबाट सञ्चालन गरिने कार्यक्रमहरु तथा त्यसको लागि लाग्ने लागत समेत एकिन गरी विविध कार्यक्रमहरु निक्षेपित भै आएको सन्दर्भमा उक्त कार्यक्रमहरुलाई हुवहु स्वीकृत गरिएको छ ।

११. धुलिखेल क्षेत्रमा कम्तिमा ५०० जना वसेर सभा तथा छलफल गर्न मिल्ने खालको सभाहलको निर्माणको पहिलो चरणको कार्य गर्नका लागि रु ५० लाख रकम व्यवस्था गरेकोछु । उक्त सभाहललाई वहु उपयोगी बनाउने नीति लिइने छ ।

१२. कृषि, पशुसेवा, सहकारी, उद्योग विकास जस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै १ करोड वजेटको व्यवस्था मिलाएको छु । कृषि र पशुसेवा क्षेत्रमा कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियालाई पुनरावलोकन गरी थप प्रवाभकारी बनाइने छ ।

१३. कृषि क्षेत्रलाई यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरण गर्नुका साथै अर्गानिक कृषि कार्यलाई प्रवर्धन गर्न सिप्रेड सँगको साझेदारीमा कृषि आधुनिकीकरण कार्यक्रम सञ्चालन गरिनेछ । वी.पी. राजमार्ग आसपासमा जाइकाको सहयोगमा सञ्चालित कृषि विकास कार्यक्रमको निरन्तरताको लागि आवश्यक पहल गरिने छ ।

१४. यस धुलिखेल नगरपालिकाको वडा नं. ४ मा रहेको विगत लामो समयदेखि सुस्त गतिमा बढिरहेको ीबलमउययष्लिन लाई आगामी आ.व.मा ठोस प्रगति हुने गरी अघि बढाइने छ ।

१५. चालू आ.व.मा सञ्चालित मेयर कप फुटवल तथा भलिवल प्रतियोगितामा युवाहरुको उत्साहजनक सहभागिता रहेको थियो । यी कार्यक्रमहरुलाई परिमार्जन सहित निरन्तरता दिइएको छ । समग्र खेलकुद क्षेत्रमा पूर्वाधार तर्फ रु १२ लाख र कार्यक्रम खर्च १८ लाख गरी रु ३० लाख बजेट विनियोजन प्रस्ताव गरेकोछु । युवाहरुलाई उद्यमशीलताका तालीम तथा खेलकुदका कार्यक्रम मार्फत् र नगरपालिकाले हालै बनाएको युवा परिषद् मार्फत् नगरपालिका सँग जोडिने छ ।

१६. नगरपालिका र गौखुरेश्वर सामुदायिक वनको वीचमा यस पूर्व भएको सम्झौता परिमार्जन गरिएको छ । यस सम्झौता बमोजिम उक्त क्षेत्रबाट हुने आयको निश्चित प्रतिशत रकम प्रशासनिक र सरसफाई खर्च वापत छुट्ट्याई बाँकी रकम नगरपालिकामा दाखिला हुने व्यवस्था गरिएको छ । नगरपालिकाबाट स्वीकृत कार्ययोजना बमोजिम उक्त क्षेत्रको आय सोही क्षेत्रको विकासका लागि खर्च गरिने छ ।

१७. अन्र्तराष्ट्रिय सम्बन्ध विस्तार कार्यक्रमका लागि सदस्यता शुल्क लगायतका आवश्यक खर्चको व्यवस्थापन गर्न रु २ लाख वजेटको व्यवस्था मिलाइएको छ ।

१८. धुलिखेल क्षेत्रमा पानीको दिगो उपयोग स्रोतको पहिचान र प्रथमिकीकरण विषयमा साथै पहिचान गरिएको खानेपानी आयोजनाको स्रोत व्यवस्थापनसमेत गर्ने प्रयोजनका लागि क्यगतज(ब्कष्बल क्ष्लकतष्तगतभ या ब्मखबलअभम क्तगमष्भक ९क्क्ष्ब्क्० सँगको साझेदारीमा पानी सम्मेलन आयोजना गरिनेछ । उक्त सम्मेलन हामीले नक्साङ्कन गरेका र निर्माण गर्न बाँकी २० आयोजनाको लागि स्रोत जुटाउन केन्द्रित गरिने छ र यस कार्यक्रममा नेपाल सरकारको सम्बन्धित निकायको पनि सहभागिता रहनेछ ।

१९. यस नगरपालिकाले पार्किङ शुल्क सहितको बसपार्क व्यवस्थापनको ठेक्का परिमार्जन गरेको छ । यसै गरी मालपोत क्षेत्र तथा धुलिखेल अस्पताल क्षेत्रमा सामुदायिक संंस्थाहरुको साझेदारीमा पार्किङ बन्दोबस्त मिलाइएको छ । हंकपुखुको मर्मत संभार र संचालनका लागि सार्वजनिक सामुदायिक साझेदारीको पहल गरिने छ ।

२०. टुडिखेलको व्यवस्थापन गर्न लगानी सहित सार्वजनिक निजी साझेदारीमा काम गर्न इच्छुक संस्थाको खोजी गरिने छ । उक्त क्षेत्रमा न्यूनतम विकासका कार्य गर्न रु २० लाख विनियोजन प्रस्ताव गरेको छु ।

२१. समावेशी विकासका माध्यद्वारा समुदायस्तर सम्म विस्तार भएका क्षमता विकास तथा प्रवर्धनात्मक कार्यक्रमहरुलाई निरन्तरता नदिँदा त्यसको नकारात्मक असर पर्ने समेत तथ्यलाई मनन गर्दै यस्ता कार्यको लागि रु ४० लाख विनियोजन गरिएको छ । क्षमता विकास र गरिवी निवारणका कार्य गर्न मेयर गरिवी निवारण कोषमा रु ७० लाख विनियोजन गरेको छु । नगरपालिकाले हालै गठन गरेका ५ वटा परिषदहरु मार्फत मेडेप र मेडपा कार्यान्वयन योजना, गरिवी निवारणका लक्षित कार्यक्रम तथा स्वरोजगार मूलक कार्यक्रमहरु उक्त वजेटबाट कार्यान्वयन गरिने छ । नगरस्तरीय विभिन्न ५ वटा परिषद्हरुलाई नीति निर्धारण, योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण र योजना कार्यान्वयन एवम् अनुगमनमा परिचालन गरिने छ ।

२२. स्वास्थ्य क्षेत्र तर्फ नेपाल सरकारबाट प्राप्त सशर्त अनुदानको अलावा ३० लाख बजेट थप गरेको छु । औषधी खरिदमा थप बजेटको व्यवस्था गर्दै, महिला स्वास्थ्य स्वयं सेविकालाई बैठक भत्ता वृद्धि, नगर स्वास्थ्य केन्द्र सञ्चालनको लागि अनुदानको व्यवस्था, आयुर्वेद कार्यक्रम सुदृढीकरण, वडा नं १२ शंखुको स्वास्थ्य चौकीमा ल्याब सञ्चालनको व्यवस्थाका साथै उपकरण खरिद र स्रोत साधनको व्यवस्थापन गरी स्वास्थ्य सेवा चुस्त बनाइनेछ ।

२३. नगरपालिका भित्रमा सवै स्वास्थ्य सेवा केन्द्रहरुमा पर्याप्त औषधि उपकरण र जनशक्तिको सुनिश्चितता गरिनेछ । स्वास्थ्य क्षेत्रको जनशक्तिको अभावमा स्वास्थ्य सेवा अवरुद्ध हुन दिइने छैन । धुलिखेल अस्पताल सँगको सहकार्यमा घुिम्त शिविरहरु सञ्चालन गरिने छन् । नगरपालिका स्वास्थ्य सेवा केन्द्रहरुको स्तरवृद्धि गरिने छ । स्वास्थ्यकर्मीहरुको सेवाको निरन्तरताको अनुगमन गरिने छ । हेलचेक्रयाईं र लापरवाहीलाई दण्डनीय बनाइने छ ।

२४. धुलिखेल नगरपालिका भित्रका गर्भवती महिलाहरुबाट धुलिखेल अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएमा सेफ्टी सामाग्री र नवजात शिशुलाई न्यानो कपडा उपलब्ध गराइनेछ ।

२५. समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचनाको व्यवस्थापनको लागि धुलिखेल अस्पतालको साझेदारीमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिनेछ ।

२६. धुलिखेल नगरका वासिन्दाहरुलाई स्वास्थ्य वीमा कार्यक्रम मार्फत् स्वास्थ्य सेवा सुनिश्चितता गर्ने विषयमा धुलिखेल अस्पतालसँग छलफल जारी रहेको छ । यस बीचमा नेपाल सारकारको स्वास्थ्य वीमा कार्यक्रम काभ्रे जिल्लामा विस्तार गर्न अनुरोध गर्दै उक्त कार्यक्रम शिघ्र लागू नहुने अवस्थामा स्थानीय तहमै वीमा कार्यक्रम तर्जुमा गरी लागू गरिनेछ ।

२७. यसपूर्व बालमैत्री नगरपालिका बनाउने प्रतिवद्धता जनाएका नगरपालिकाहरुको हकमा बालवालिकाको क्षेत्रमा थप स्रोत विनियोजन गर्नु पर्ने प्रावधान थियो । धुलिखेलाई बालमैत्री नगर बनाउने हाम्रो साझा प्रतिवद्धता हो । बालमैत्री धुलिखेल बनाउने अभियान तर्फ रु ३६ लाख विनियोजन प्रस्ताव गरेको छु ।

२८. शिक्षा तर्फ हाम्रो प्राथमिकता बाल विकास र शिक्षण सिकाई तर्फ केन्द्रित रहेको छ । नेपाल सरकाले दिने कार्यक्रम खर्चको अलवा एमजीएमएल बहुकक्षा बहुस्तर÷भाषिक शिक्षण पद्धतिको लागि २२ लाख बजेटको व्यवस्था गरेकोछु । यसको लागि साझेदारी संस्था मार्फत त्यतिनै थप रकम परिचालन गरी कार्यक्रम कार्यान्वयन गरिनेछ । इसीडीमा सहयोगी कार्यकर्ताहरुलाई प्रति ब्यक्ति रु ५ हजार पोशाक भत्ताको व्यवस्था गरेको छु । आगामी आ.व.मा कक्षा ८ को परीक्षा सञ्चालन र परीक्षार्थीको तथ्याङ्क विश्लेषण, परीक्षार्थीको ग्रेडसिट निर्माण र व्यवस्थापन कमप्युटर सफ्टवेयर बनाइ नगरपालिकाबाटै व्यवस्थापन गरिनेछ । नगरपालिकाको सर्वरमा नै यसको तथ्याङ्क राखिनेछ । नगरपालिका क्षेत्रमा विभिन्न विद्यालय भवन निर्माणमा लागत साझेदारीका लागि बजेटको व्यवस्था गरेको छु । बालमैत्री स्थानीय शासन अभियानको अलावा समग्र शिक्षा क्षेत्रमा रु ६० लाख बजेट प्रस्ताव गरेको छु ।

२९. आगामी आर्थिक वर्षमा शैक्षिक सुशासनको क्षेत्रमा कृयाशीलता बढाइने छ । शिक्षा सम्बद्ध कानूनको अभावमा पर्याप्त तयारी नभएकोले चालू आ.व.मा यस क्षेत्रमा ठोस प्रगति गर्न सकिएको छैन । विद्यालयको नक्शाङ्न र विद्यालय मर्ज गर्ने, शैक्षिक क्यालेण्डर लागू गर्ने, शिक्षकको कार्य समयको निगरानी र अनुगमन तथा कानून बमोजिमका अन्य प्रकृयाद्वारा शिक्षा क्षेत्रको सुशासन वृद्धिमा ठोस उपलब्धि हासिल गरिने छ ।

३०. यस क्षेत्रका उच्च शिक्षाका विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले धुलिखेल क्याम्पस र सञ्जीवनी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई केन्द्रित गरी छात्रवृत्ति रकमको रुपमा रु २ लाख बजेट विनियोजन गरेको छु ।

३१. यस नगरपालिका भित्र रहेको काठमाडौ बिश्वविद्यालयमा हुने उच्च शिक्षाका लागि धुलिखेल नगर क्षेत्रका विद्यार्थीहरुलाई अध्ययन कोटाको व्यवस्था गरिएको छ । विश्वविद्यालय र नगरपालिकाका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्न नीतिगत पहल लिइनेछ । सार्वजनिक निजी साझेदारीको अवधारणामा एक कृषि तथा पर्यटनको व्यवसायिक विद्यालय स्थापना र सञ्चालन गर्न पहल गरिने छ । धुलिखेल अस्पताल सँगको साझेदारीमा सामाजिक सुरक्षाका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।

३२. काठमाडांै विश्व विद्यालयको समन्वय तथा धुलिखेल अस्पतालको नेतृत्वमा यस क्षेत्रका मध्यम तहका विद्यार्थीहरुलाई लक्षित गरी स्वास्थ्य तर्फको प्राविधिक शैक्षिक कार्यक्रम थालनी गरिने छ । यसबाट स्थानीय युवाहरुको क्षमता विकास र रोजागारीमा वृद्धि हुनेछ भने अस्पताल तथा विश्व विद्यालय र सुमदाय बीचको सम्बन्ध प्रगाढ हुन पुग्नेछ ।

३३. धुलिखेलको ऐतिहासिक सम्पदाको रुपमा रहेको बाह्रौँ शदाब्दीमा निर्मित उमामहेश्वरको मुर्तिलाई यसको पहिलाकै स्वरुपमा पुनःस्थापित गरिने छ र सुरक्षाको लागि प्रविधियुक्त निगरानी प्रणाली जडान गरिने छ । यसको लागि केही बजेटको व्यवस्थापन गर्दै स्थानीय समुदाय संग साझेदारी गरिने छ ।

३४. नगरपालिकालाई योजनाबद्ध विकासमा अगाडि वढाउन अष्टे«लियन भोलेन्टियरको सेवा लिइनेछ । अर्वन प्लानरको रुपमा आउने स्वयंसेवकले धुलिखेल तथा काभ्रे भ्यालीकै समग्र विकासमा योजना कोर्न सघाउने छन् भने एग्रो इन्टरप्राइज एक्पोर्टले कृषिको व्यवसायीकरण र आधुनिकीकरणमा सघाउने छन् । यसको साथै कोरियन भोलेन्टीयरले वातावरण, दीगो विकास र फोहरमैला ब्यवस्थापनको क्षेत्रमा सघाउने छन् ।

३५. धुलिखेल एउटा ऐतिहासिक तथा साँस्कृतिक शहर हो । हाम्रा संस्कृतिहरु मूर्त मात्रै छैनन् अमूर्त पनि छन् । विभिन्न जात जाति, जनजाति तथा भाषाभाषीका आफ्नै मौलिक साँस्कृतिक धरोहरहरु छन् । यिनीहरुको संरक्षण, विकास तथा प्रवद्र्धन गर्नु हामी सबैको साझा कर्तब्य हो । समग्र संकृति संरक्षण तथा जात्रा पर्व व्यवस्थापन कार्यका लागि रु १० लाख प्रस्ताव गरेको छु ।

३६. संगठनको मेरुदण्ड भनेका कर्मचारीहरु हुन् । संगठनलाई सफलतामा लैजाने अश्त्र भनेको कर्मचारीको उत्प्रेरणा र मनोवलले नै हो । नेपाल सरकार, अर्थ मन्त्रालयले जारी गरेको सार्वजनिक खर्चमा मितव्ययिता र प्रवाभकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ वमोजिम स्थानीय स्तरका भत्ताहरु कटौती गर्नु पर्ने आसयको व्यवस्था गरिएको, नगरपालिकामा विभिन्न सेवा शर्तमा कर्मचारीहरु कार्यरत रहेको र यस्तो भत्ता कसैले पाउने तथा कसैले नपाउने गरेको देखिएको सन्दर्भमा स्थानीय भत्तालाई घटाई समायोजन गरिएकोछ । यसको साथै नगरपालिका, वडा कार्यालय, समितिहरुका बैठक लगायतको भत्ता प्रदेश कानुन वमोजिम समायोजन गरिएको र कार्यालयको नियमित खर्चहरुको तथा पदाधिकारीहरुको इन्धन खर्चको मापदण्ड कायम गरिएकोछ । संचार खर्च पाउने पदाधिकारीको उक्त खर्च पारिश्रमिकसँगै भुक्तानी गर्ने प्रवन्ध गरिनेछ ।

३७. नगरपालिका परिवारको रुपमा रहेको नगर कोषबाट तलब भत्ता खाने सबै कर्मचारीहरुलाई कार्यक्षेत्र तथा पदीय स्वरुप समेत सबै समेटी पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिइने छ । यसबाट कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक लगायतका राष्ट्रसेवकहरुको मनोवल र उत्प्रेणा बढ्ने कुरामा म आशावादी छु ।

३८. नगरपालिकाबाट गरिने सेवा प्रवाहमा कर्मचारीबाट हुने ढिलासुस्ती हैरानी र राजश्वको चुहावट नियन्त्रण गर्न वडाबाट गरिने घरबाटोको सिफारिश तथा न.पा.बाट गरिने नक्साको स्थालगत नाप जाँचको लागि तेस्रो पक्षको सहभागिता (इगतकयगचकष्लन) गर्ने कार्य परीक्षणको रुपमा आरम्भ गरिने छ ।

३९. पत्रकारिता क्षेत्रको, प्रर्वद्धन एवम् विकासका लागि पत्रकार महासंघ लगायत सञ्चारसँग सम्बद्ध निकायहरुसँग समन्वय गरी सञ्चारमैत्री कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ । यसको लागि आवश्यक रकमको व्यवस्था गरिएको छ ।

४०. उपभोक्ता हित संरक्षण सम्बन्धी नागरिक अगुवाहरु समेतको सहभागितामा एउटा निकाय स्थापना गरेर उपभोक्ता शिक्षा, सूचना र बजार अनुगमनको व्यवस्था प्रभावकारी ढङ्गले लागू गरिनेछ । सबै पसलहरूमा मूल्यसूची राख्न अनिवार्य गर्ने तथा मूल्य र गुणस्तरको नियमित अनुगमन गरिने छ ।

४१. नागरिकहरुलाई सर्वसुलभ रुपमा न्याय दिने परिकल्पना सहित गठन भएको न्यायिक समितिलाई क्षमता विकास गर्दै उक्त समितिबाट प्रभावकारी रुपमा न्याय सम्पादन हुने गरी आवश्यक बन्दोबस्त गरिने छ । न्यायिक समितिको कार्यमा सघाउने सामुदायिक मेलमिलापकर्ताहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने छन् ।

४२. नागरिकस्तरबाट आफ्नो पेशा, व्यवसाय कला साधना र सहित्य सिर्जना मार्फत् धुलिखेललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउने हाम्रा मेहनती र आदरणीय नागरिकहरुलाई नगरपालिकाको स्थापना दिवसको अवसरमा सम्झने, सम्मान गर्ने कार्यलाई निरन्तरता दिनइने छ ।

४३. आगामी आर्थिक वर्षमा कानून कार्यान्वयनलाई प्राथमिकतामा राखिने छ । कर सङ्कलन, घर निर्माणको अनुगमन, फोहर व्यवस्थापनको निगरानी तथा मापदण्ड पालनामा खटिने नगर प्रहरीको संख्यामा थप गरी प्रभावकारी परिचालन गरिने छ । दमकलमा थप दक्ष कर्मचारी व्यवस्थापन गरी दमकल सेवालाई प्रभावकारी र भरपर्दो बनाइने छ ।

४४. फोहरमैला व्यवस्थापनमा गुणात्मक परिवर्तन गर्न सकिएको छैन । हालको सम्झौता दुई पक्षीय सहमतिमा अन्त्य हुने क्रममा छ । नयाँ ठेक्का बन्दोबस्त गर्दा सरसफाई शुल्कको रकमबाट सरसफाई खर्च पुग्ने अवस्था देखिएको छैन, ल्याण्डफिल्ड साइटको लागि खरिद गरेको जग्गामा संरचना निर्माण गर्न सकिएको छैन । ठूलो योजनाको लागि हामी सँग स्रोतको पनि अभाव भएको छ । नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट यसमा पर्याप्त लगानी गर्ने अवस्था नभएकोेले यसको लागि केन्द्रीय तथा अन्तराष्ट्रिय निकायमा सहयोगको लागि पहल गरिने छ ।

४५. सरसफाइ र फोहर व्यवस्थापनमा नयाँ ठेक्का बन्दोबस्त बमोजिम काम अगाडि बढाइने छ । हाल घरसारमा दिइएको छुटलाई खारेज गरी, तथा व्यवसायी क्षेत्र तर्फ केही छुटको प्रावाधान राखी फोहर व्यवस्थापनमा अपुग हुन जाने रकम विनियोजनको प्रस्ताव गरेको छु ।

४६. हामी संघीयता कार्यान्वयनको क्रममा छाँै । साविकमा नेपाल सरकारले लिएका वहाल कर अब स्थानीय तहबाट मात्रै परिचालन हुनेछ भने सम्पत्ति कर व्यवसाय करको सङ्कलन तथा परिचालनको प्रक्रिया र पद्दतिमा व्यापक हेरफेर भएकोछ । नागरिकहरुको लागि यो पुरानै कर जस्तो देखिए पनि नगरपालिकाको लागि यो विल्कुल नयाँ कर प्रणाली जस्तै हो । राजस्व सम्भाव्यताको आधारमा हामीले पाउने केन्द्रीय सिलिङ तयार हुने भएकोले नगरपालिका क्षेत्रमा कर परिचालनमा थप गृहकार्य गर्ने दवाव हामी सँग छ । हामीले विज्ञहरु समेतको परामर्शमा, नेपाल सरकार अर्थ मन्त्रालयले दिएको नमुना कानुन बमोजिम आर्थिक ऐन जारी गरिएकोले कतिपयमा नयाँ कर लगाएको, कर बढाएको, अन्य तह÷निकाय भन्दा अग्रसर भै कर प्रशासनमा कडाइ गरेको प्रतिक्रिया आउन सक्ने तर्फ म सचेत छु । कर निर्धारणमा तिर्न सक्ने क्षमताको सिद्वान्तलाई आत्मसात गरिएको व्यहोरा अनुरोध गर्दै, नगरपालिकाले निर्धारण गरेको कर कार्यान्वयन गर्न सबै सरोकारवालाहरुको रचनात्मक सहयोगको अपेक्षा लिएको छु ।

४७. खासगरी बहाल करलाई न्यूनतम बहाल अङ्क तोकी कोठा वहालमा दिनेले कर तिर्नु पर्ने गरी निर्धारण गरिएको छ भने व्यवसाय करलाई दर्ता तथा नवीकरण शुल्क तथा पूँजी लगानी र बार्षिक कारोवारलाई आधार मानी कर निर्धारण गर्ने पद्दति अपनाइएको छ । सम्पत्ति करको हकमा सम्पत्तिको मुल्याङ्कन परिपाटीमा व्यापक हेरफेर गरी करको दरलाई बस्तुपरक बनाइएको छ । समग्रमा सम्पत्ति कर साविकको तुलनामा २० देखि ४० प्रतिशत भन्दा ज्यादा नबढ्ने गरी निर्धारणको प्रयास गरिएको छ र सम्पत्ति करमा गरिएको परिवर्तित व्यवस्थाले गर्दा आय स्रोत तथा सम्पत्ति प्रमाणित गर्दा र कर निर्धारण गर्दा हुने दोहोरो मापदण्डको अन्त्य हुने विश्वास लिएको छु ।

४८. समग्रमा भन्नु पर्दा आगामी आ.व.२०७५÷७६ कर निर्धारणको हिसावले आधार वर्षको रुपमा रहने छ । तत् पश्चात्का आर्थिक वर्षहरुमा यसैको आधारमा कर प्रणाली पुनरावलोकन गरिने छ । कार्यालयमा रहेको कर प्रणालीको तथा कर प्रशासनमा संलग्न कर्मचारीहरुको क्षमता विकास गर्ने नीति समेत लिइएको छ । राजस्व चुहावट नियन्त्रणमा नगरपालिकाले शून्य सहनशीलताको नीति निर्धारण गरेको छ ।

४९. योजना तर्जुमाको क्रममा ठूलो पूँजी लगानी आवश्यक नपर्ने, सामाजिक अभियानको रुपमा समेट्न सकिने खालका, तथा समुदाय, गैसस, टोल विकास संस्था तथा नागरिक स्तरका समूह सञ्जालहरुबाट कार्यान्वयन गर्न सकिने कार्यहरुलाई समेत समेटिएकोछ ।

५०. चालू आ.व.मा नगर यातायात गुरु योजनाको निर्माण भएको छ । यो प्रतिवेदन स्वीकृतिको चरणमा रहेको छ । आगामी आ.व.मा भू–उपयोग योजनाको तर्जुमा हुनेछ । यस्तै अरु क्षेत्रगत योजनाहरु पनि बन्नेछन् । धुलिखेललाई सुदूर भविष्यसम्म डो¥याउन यी योजनाले बलियो जगको काम गर्ने छन् ।

५१. एकिकृत नगर विकास योजना अन्तर्गत देवीटार क्षेत्रमा झरना (ध्बतभच ँबिि) क्षेत्रको विकास, ठूलो वन क्षेत्रमा हाइकिङ सहित पदमार्ग पहिचान र रुट निर्धारण तथा नयाँ वस्ती, तल्लो कुत्तालको दोभान र रवीओपीको तल्लो क्षेत्रमा कृत्रिम तालको पूर्व सम्भाव्यता अध्ययनको कार्य सम्पन्न गरिनेछ ।

५२. नगरपालिका क्षेत्र भित्रका सार्वजनिक, पर्ति, ऐलानी जग्गाहरुको संरक्षण गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ । नपा क्षेत्रमा रहेको सार्वजनिक जग्गाहरु नगरपालिकाको स्वामित्वमा ल्याउनको लागि सबैको सहयोग प्राप्त हुने अपेक्षा लिइएको छ ।

५३. सामाजिक क्षेत्र अन्र्तगतका लक्षित कार्यक्रमहरुलाई ब्यवस्थित गर्नका लागि युवा, महिला, आदिवासी जनजाति, अपाङ्गवर्ग तथा दलितवर्गहरुलाई समेटी परिषद् गठन गरी उनीहरुको समन्वयमा कार्यक्रम सञ्चालन गर्ने नीति लागू गरिएको छ ।

आदरणीय सभासदज्यूहरु एवम् उपस्थित महानुभावहरु,

माथि प्रस्तुत गरेको नीति, योजना र कार्यक्रम कार्यान्वयनको लागि नेपाल सरकारबाट प्राप्त हुुने वित्तीय समानीकरण अनुदान १० करोड ७५ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७९ लाख ९९ हजार, सर्शत अनुदान २ करोड २१ लाख ३० हजार, आन्तरिक आयतर्फ रु ६ करोड, रजिष्ट्रेशन शुल्क वापत ४ करोड ३० लाख, सवारी साधन कर वापत ५० लाख रकम प्राप्त हुने अनुमान गर्दै, राजश्व बाँडफाँटबाट ६ करोड १२ लाख ५४ हजार, सशर्त अनुदान २० करोड १६ लाख, समाजिक सुरक्षा भत्ता वापतको अनुदान रु ५ करोड ६२ लाख, सडक बोर्ड मार्फत् अन्तराष्ट्रिय सहयोग ९० लाख, सडक बोर्डबाट आउने सडक मर्मत खर्च ६५ लाख, तथा नगर विकास कोषबाट ऋण रकम १ करोड २५ लाख गरी कुल जम्मा रु ६० करोड ५६ लाख ८३ हजार वजेट सीमा कायम गरेको छु ।

उक्त बजेटको समग्रतामा हेर्दा कार्यालय तर्फको चालू रु ६ करोड २४ लाख ५४ हजार अर्थात् १०.३१ प्रतिशत, वित्तीय व्यवस्थापन तर्फ रु ६५ लाख अर्थात् १.०७ प्रतिशत र पूँजीगत एवम् कार्यक्रम खर्च तर्फ रु ५३ करोड ६७ लाख २९ हजार अर्थात् ८८.६२ प्रतिशत हुने गरी बाँडफाँट मिलाएको छु । बजेट विनियोजन गर्दा नेपाल सरकारले समानीकरण अनुदानको सिलिङ साथ पठाएको मार्गदर्शनको पालना गरिएको छ ।

सडक तथा खानेपानी तर्फ एकमुष्ट वजेट विनियोजन गरेको कारणले तथा वडाको सिलिङ वृद्धि गरेको र केन्द्रकै सिलिङ्ग घटी आएको तथा पदाधिकारीको तलबको लागि वजेट विनियोजन र थपिएका केही कर्मचारीको दायित्व साथै चालू आ.व.मा अनुमान गरे वमोजिम राजस्व परिचालन नभै २ करोड रुपैयाको दायित्व सार्नु परेकोले चालू आर्थिक बर्षको तुलनामा विकास वजेटको आकार घटेको जस्तो देखिन सक्छ तर नगरपालिकालाई बजेट अनुशासनमा राख्न तथा बजेटलाई यथार्थपरक बनाउन प्रयास गर्दा यस्तो हुन गएको व्यहोरा सम्मानित सभा समक्ष जानकारी गराउँदछु ।
अन्त्यमा

योजनाको तर्जुमा जस्तै यसको कार्यान्वयन पनि महत्वपूर्ण पक्ष हो । हामीले तर्जुमा गरेका कतिपय नीति तथा कार्यक्रहरु सम्पादन गर्न हाम्रो सहकार्य, साझेदारी तथा रचनात्मक सहयोगको आवश्यकता पर्दछ । अतः यस अवसरमा धुलिखेल नगरपालिकाको विकासमा प्रभावकारी भूमिका खेल्न सरकारी निकायहरु, निजी क्षेत्र, दातृ निकाय लगायत, अन्तर्राष्ट्रिय संघ संस्थाहरु, गैर सरकारी संघ संस्थाहरु, टोल विकास संस्थाहरु तथा अन्य सम्पूर्ण सरोकारवालाहरुलाई यसै मञ्चबाट हार्दिक अनुरोध गर्न चाहन्छु ।

आज प्रस्तुत बजेट नगर सभाले स्वीकृत गर्नासाथ अविलम्ब यस धुलिखेल नगरपालिकाको वेव पेजमा अपलोड गरिने व्यहोरा निवेदन गर्दछु । योजना तर्जुमा आफैमा महत्वपूर्ण त हो नै तर यसको कार्यान्वयन हुन सकेन भने वाञ्छित प्रभाव छाड्न सक्दैन । अतः प्रस्तुत बजेट कार्यान्वयनमा सबै क्षेत्र र तहको पूर्ण सहयोग रहनेछ भन्ने विश्वास लिएको छु ।

यस बजेटको सफल कार्यान्वयनबाट धुलिखेल नगरपालिकाको समावेशी र सन्तुलित विकासमा सघाउ पुग्ने, आर्थिक वृद्धिलाई मद्दत पुग्ने, रोजगारी अभिवृद्धि हुने र राजस्व अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । प्रस्तुत वजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रियामा प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग पु¥याउनु हुने सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा धन्यवाद दिन चाहन्छु ।

बजेट, नीति तथा कार्यक्रमहरुका सिलसिलामा राजश्व परापर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, विषय क्षेत्रगत समितिहरु, बजेट तथा कार्यक्रम तर्जुमा समिति, कार्यपालिकाका सदस्यज्यूहरु, नगरपािलकाका कर्मचारीहरु, नगरसभाका सदस्यज्यूहरुको विकास प्रतिको एकता, संवेदनशीलता तथा क्षेत्रगत सूचनाको जानकारी, सहभागिता एवम् पृष्ठपोषण हाम्रा लागि अत्यन्त महत्वपूर्ण रह्यो ।

नीति तथा कार्यक्रम निर्माणमा प्रत्यक्ष÷अप्रत्यक्ष सघाउ पु¥याउनु हुने राजनीतिक दलहरु, सरकारी कार्यालय, गैर–सरकारी संघ÷संस्था, नागरिक समाज, उद्योगी व्यवसायी, वुद्धिजीवि, सञ्चारकर्मी साथै सम्पूर्ण कर्मचारी साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । कुनै पनि योजनाको सफलता सोको सफल कार्यान्वयनमा भर पर्ने भएकाले यसका लागि सबै नगरसभा सदस्यहरु, नागरिक समाज, सरकारी एवम् गैर सरकारी संस्थाहरु, कर्मचारी वर्ग एवम् आम नगरवासीको संयुक्त प्रयास आवश्यक हुन्छ । विगतमा झैं नगरवासी र सबै सरोकारवालाबाट सहयोग प्राप्त भई रहने आशा एवम् विश्वास लिएको छु ।
धन्यवाद !

अशोक कुमार व्याञ्जु श्रेष्ठ
नगर प्रमुख
धुलिखेल नगरपालिका, धुलिखेल काभ्रे
मिति: २०७५ असार १० गते

 

 

अनुसुचि:१
आ.व. ०७५।०७६ को क्षेत्रगत नीति तथा रणनीतिहरु:

आगामी आर्थिक बर्षको लागि लिइएका प्रमुख क्षेत्रगत नीति तथा कार्य देहाय बमोजिम हुनेछः

क. आर्थिक विकाससँग केन्द्रित नीति तथा कार्यक्रमहरु

१. नगर क्षेत्रमा गुणस्तरीय उत्पादन सामग्रीहरू र कृषिको यान्त्रिकीकरणका लागि कृषकमैत्री औजार, उन्नत प्रविधि एवम् सुलभ कृषि कर्जाको लागि वित्तीय संस्था सँग पहल गरिने छ ।

२. खेतीयोग्य भूमिमा सिंचाई सुविधा विस्तारको लागि स्थायी स्रोतहरुको पहिचान तथा विकास गरिनेछ । सिंचाइको व्यवस्थापनका लागि प्लाष्टिक पोखरी, आकाशे पानी सङ्कलन, स्प्रिङ्कल तथा थोपा सिंचाई जस्ता उपयुक्त प्रविधिहरुको विस्तार गरिनेछ ।

३. खेतीयोग्य जग्गालाई बाँझो राख्ने प्रवृत्ति निरुत्साहित गर्दै बाँझो रहेका कृषि भूमिको दिगो उपयोगका लागि उपयुक्त योजना तयार गरी कार्यान्वयन गरिनेछ ।

४. व्यवस्थित बगैंचा र गुणस्तर सुधारमा सहयोग गर्दै शंखु तथा शारदा बतासे क्षेत्रलाई सुन्तला पकेट क्षेत्र, रविओपी, पात्लेखेत, काभ्रे क्षेत्रलाई दुध तथा तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रमलाई आगामी आ.व.मा समेत नियमितता दिइएको छ । कृषिजन्य उत्पादनहरुको सुरक्षित भण्डारणका लागि चिस्यान केन्द्र निर्माणमा निजी क्षेत्र र सहकारीहरुलाई प्रेरित गरिनेछ ।

५. नगरपालिकाका तल्लो भेग ठूलीटार, दारिम्बोट, बडालगाउँ, रविओपी, देवीटार लगायतका स्थानलाई लिची, कफी, अनार लगायतका फलफुल पकेटक्षेत्रको रुपमा विकसित गरिनेछ । सम्भाव्य क्षेत्रहरुमा अर्गानिक तरकारी पकेट क्षेत्रको रुपमा अगाडि बढाइनेछ । अर्गानिक खेती गर्न चाहने कृषक समुह वा सहकारीहरुलाई आवश्यक सहयोग पुर्याइने नीतिलाई निरन्तरता दिइएको छ ।

६. कृषिमा आधारित उद्योगहरू तथा ग्रामीण कृषि पर्यटनको विकासमा युवा तथा कृषक उद्यमीहरूलाई आकर्षित गरिनेछ ।

७. मल, बीउ, सिंचाई, प्रविधि र कृषि उपजको बजारको लागि बजार पहुँच विस्तार गरिनेछ । कृषि प्राविधिकको सेवालाई कृषकको सर्वसुलभ पहुँचका लागि वडास्तर मै पुर्याइनेछ ।

८. नगरक्षेत्र भित्र उत्पादन हुने तरकारीहरुको सामुहिक बिक्री बितरणको लागि सङ्कलन केन्द्रहरु, सामुहिक उद्यम तथा उत्पादन कार्य गर्न आवश्यक स्थानहरुमा साझा सुविधा केन्द्र, लघु साना तथा घरेलु उद्योगहरुबाट उत्पादित सामान विक्री वितरणको लागि बिक्री कक्ष तथा कोसेली घर स्थापना गरिनेछ ।

९. धुलिखेललाई पर्यटकीय गन्तव्यको रुपमा स्वदेशी तथा विदेशी पर्यटकहरुको आकर्षण केन्द्रका रुपमा विकास गरिनेछ । धुलिखेलमा पर्यटन विकासको थप मार्ग चित्र कोर्न तयार भएको गुरु योजना अनुसारको कार्यक्रमहरु सञ्चालन गर्नका लागि नगरपालिका तथा नीजि क्षेत्रबाट संयुक्त रुपमा अगाडि बढ्ने नीति लिइने छ ।

१०. धुलिखेलको ठूलो वनक्षेत्रलाई कृत्रिम ताल, बोटानिकल पार्क सहितको मनोरञ्जन पार्क निर्माण गरी पर्यटन आकर्षण केन्द्रको रुपमा विकसित गर्न सम्भाव्यता अध्ययन गरिने छ । यसको लागि अन्तराष्ट्रिय सहयोगको आह्वान गरिनेछ । सार्वजनिक निजी साझेदारीमा कोही लगानीकर्ता लगानी गर्न इच्छुक भएमा आवश्यक सहजीकरण गरिनेछ ।

११. नगरकोटबाट धुलिखेल हुँदै नमोबुद्धसम्म ब्यवस्थित पर्यटकीय मार्ग निर्माण गरिनेछ । सो क्षेत्रमा आवश्यक शौचालय, विश्राम स्थल, सूचनापाटी, पर्यटकीय नक्सा निर्माण गरिनेछ ।

१२. राष्ट्रिय विभूति बलभद्र कुँवरको स्मृतिमा देवीस्थान लामापोखरीमा राष्ट्रिय विभूति बलभद्र कुँवर स्मृति पार्क निर्माण गरिनेछ । कथाकार गुरुप्रसाद मैनालीको शालिक तथा पार्क निर्माणको कार्य अघि बढाइ सकिएको छ । शंखुको महाभीरमा बञ्जिजम्प निर्माणको लागि सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाइनेछ ।

१३. नगर क्षेत्रको उपयुक्त स्थानहरुमा पर्यटन सूचना केन्द्र स्थापना गरिनेछ । हावापानी सुहाउँदो चिडियाखाना निर्माणको संभाव्यता अध्ययन गरिनेछ ।

१४. उद्योगी व्यवसायीहरुका लागि लगानीमैत्री वातावरण सिर्जना गरिनेछ । ५० प्रतिशत लाई रोजगारी दिने उद्योग, व्यवसायहरुलाई ५ बर्षसम्म स्थानीय करमा छुटको व्यवस्था गरिनेछ । त्यस्ता उद्योगका स्थापना र सञ्चालनका लागि आवश्यक पर्ने सडक, पानी तथा बिजुलीको व्यवस्थापनमा सहजीकरण गरिनेछ । एक गाउँ एक उत्पादन, एक वडा एक पहिचानको अवधारणालाई प्रबद्र्धन गरिनेछ ।

१५. प्राङ्गारिक खेतीका सम्भावित वस्तु र क्षेत्रहरूको पहिचान एवम् उत्पादन वृद्धि गरी उत्पादित प्राङ्गारिक वस्तुको ब्राण्ड प्रवद्र्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरिनेछ ।

१६. कृषिजन्य जैविक विविधताको संरक्षण, संवद्र्धन तथा सदुपयोग गर्दै माटो सुहाउँदो एवम् जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न अनुसन्धानमा आधारित वातावरणमैत्री र क्लाइमेट स्मार्ट कृषि प्रविधिको विकास एवम् विस्तार गरिनेछ । जलवायु परिवर्तनलाई कृषिमा अनुकूलन गर्दै कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन तथा उपयोगमा वृद्धि गरिनेछ ।

१७. लोपोन्मुख बीउबिजन र बालीजन्य जैविक विविधता संरक्षणमा स्थानीय समुदायको अग्रसरतालाई प्रोत्साहन प्रदान गर्नुका साथै उनीहरूको क्षमता अभिवृद्धि गर्दै आवश्यक प्रोत्साहन गरिनेछ ।

१८. कृषिमा आधारित उद्योगहरू, सेवा तथा ग्रामीण कृषि पर्यटनको विकासमा युवा तथा कृषक उद्यमीहरूलाई आकर्षित गरिनेछ ।

१९. तरकारी खेती, मत्स्यपालन, पुष्प व्यवसाय, मौरीपालन तथा च्याउ खेतीमा युवाहरूलाई आकर्षित गर्न युवा लक्षित कार्यक्रम सञ्चालन गरी व्यवसाय सञ्चालनमा लागत सहभागिताको आधारमा अनुदानको कार्यक्रम सञ्चालन गरिने छ ।

२०. कृषि पेसालाई मर्यादित बनाउन हरेक वर्ष नगर स्तरमा मेयर उत्कृष्ट कृषक पुरस्कारबाट ३ जना कृषकलाई सम्मान गरिने छ । उक्त पुरस्कार नगरपालिका स्थापना दिवसका दिन वितरण गरिने छ ।

२१. गुणस्तरीय पशुआहाराको उपलब्धता बढाउन चरन विकास, डालेघाँस, भुइँघाँस उत्पादन, बीउ वृद्धि, दाना, औषधि र घाँस सम्मिश्रण, मिनरल ब्लक आदि उत्पादन र प्रयोगका साथै कृषिजन्य उप–पदार्थहरूको सदुपयोगलाई प्रोत्साहन गरिनेछ । ‘एक वडा एक घाँसेबाली स्रोत केन्द्र’ स्थापनालाई अनिवार्य गरिनेछ । यसका लागि वन, भू–संरक्षण तथा कृषि विकास कार्यालयहरूसँगको समन्वयमा सामुदायिक वन, कबुलियती वन तथा कृषि फार्महरूमा घाँसेबाली प्रवद्र्धनका लागि पहल गरिनेछ ।

२२. प्रत्येक वडामा एकजना पशुसेवा प्राविधिकको व्यवस्था गरी पशुपन्छी सेवामा कृषकको पहुँच विस्तार गरिनेछ ।

२३. बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउन प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्षबाट सम्भाव्य मझौला, ठूला सतह सिँचाइ एवम् अन्तरजलाधार र जलाशययुक्त बहुउद्देश्यीय आयोजनाका कार्यक्रमहरू प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।

२४. आकाशे पानी सङ्कलन, भण्डारण तथा प्रभावकारी उपयोग प्रविधिको विस्तार गर्दै सीमान्त कृषिभूमि, चरन क्षेत्र एवम् पानीको न्यून स्रोत भएका क्षेत्रमा थोपा, फोहोराजस्ता प्रविधि उपयोग गरिनेछ । साथै पानीको मूल संरक्षणका लागि सुख्खा डाँडाहरुमा पानीको रिचार्जको लागि साना साना पोखरीहरुके निर्माण कार्य गैसस तथा नीजि क्षेत्रको समन्वयमा सञ्चालन गरिने छ ।

खं) राजश्व परिचालन सम्बन्धी नीतिहरु

१. राजश्वको अभिवृद्धिको लागि प्रत्येक वडाहरुमा अभियान सञ्चालन गरी कर सङ्कलनमा सहजता ल्याइने छ ।

२. राजश्व सङ्कलनलाई समतामुलक, प्रगतिशील र न्यायपूर्ण बनाइने छ । सबै सरोकारवाला एवम् करदाताहरुको सहभागितामा राजश्व अभिवृद्धि गरी कुल बजेटमा आन्तरिक आम्दानी वृद्धि गरिँदै लगिनेछ । घर वहाल कर, सवारी कर, ब्यवसाय कर सङ्कलनका क्षेत्रमा थप मेहनत गरी प्रभावकारी रुपमा राजश्व सङ्कलन तथा सोको परिचालन गरिनेछ ।

३. राजश्व वृद्धिका लागि तेस्रो पक्षबाट राजश्वका क्षेत्रहरुको पहिचानका लागि अध्ययन गरिने छ । आगामी आ.व.मा करको दायरा विस्तार गरिने नीति लिइएको छ भने राजश्व सङ्कलनका लागि विभिन्न सरोकारवालाहरुसँग गरिएको साझेदारी सम्झौताको समीक्षा र पूनरावलोकन समेत गरिनेछ ।

४. नगरपालिकाको लागि भरपर्दो कर प्रणाली सम्पत्ति कर नै हो भन्ने मान्यतालाई स्वीकार गर्दै सम्पत्ति करको लागि गरिने जग्गाको मूल्याङ्कन, आगामी केही वर्ष पश्चात् जग्गाको न्युनतम मूल्याङ्कनसँग तादाम्यता कायम गर्ने नीति लिइने छ । यसलाई स्थानीय स्रोतको मेरुदण्डको रुपमा विकास गरिने छ । साथै घर संरचनाको मूल्याङ्कनलाई स्थानीय स्वायत्त साशन नियमावलीको सातौंँ संशोधनले तोके बमोजिम परिमार्जन गरिनेछ । यसबाट सम्पत्ति करमा केही बृद्धी हुन जानेछ ।

५. न.पा.द्वारा बहालमा लगाइएका सम्पत्तीहरुको बहाल बन्दोबस्त गर्दा तथा आय सङ्कलन कार्य अन्य संस्था मार्फत् गराउँदा प्रतिस्पर्धात्मक विधि अपनाई प्रचलित बजार दरको आधार कायम गरी बहाल बन्दोबस्त गर्दै लगिनेछ ।

६. हरित भवनको मापदण्ड पूरा भएका भवनको नक्सा पास गर्दा तथा ५ बर्ष सम्मसम्पत्ति कर निर्धारण गर्दा लाग्ने करमा १० प्रतिशत तथा अण्डर ग्राउण्ड पार्किङ्ग बनाउने भवनमा नक्सापास दस्तुरमा १०% (दश प्रतिशत) छुटको नीति लिइनेछ ।

ख. सामाजिक विकास क्षेत्रका नीतिहरु

१. सबै समुदायले एक–अर्काका धार्मिक र सांस्कृतिक सम्पदाहरूप्रति सम्मान दर्शाउने र आफ्नो धार्मिक, सांस्कृतिक सम्पदाको आफैँ संरक्षण र प्रवद्र्धन गराउने व्यवस्था गरिनेछ ।

२. भूकम्प लगायत प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक, धार्मिक सम्पदाहरूको पुनर्निर्माणका लागि पुरातत्व विभागसँग सहकार्य गरिनेछ ।

३. धुलिखेल नगरपालिकाले २०१८ सम्ममा नगरपालिकालाई बाल मैत्री नगर बनाउने अभियान थालनी गरेको छ । यस अभियानमा समाजका सवै वर्ग र समुदायहरु हातेमालो गरी परिचालित भएका छन् । हाम्रो हाल सम्मको प्रगति उत्साहजनक रहेको छ । तर नगरपालिकाले यो लक्ष्य तोकेको समयमा सम्पन्न गर्न सक्ने अवस्था देखिएको छैन । अतः यो लक्ष्य सन् २०१८ सम्ममा हासिल गर्ने अठोटका साथ कार्यलाई आघि बढाइने छ ।

४. नगर क्षेत्र भित्रका बालबालिकाहरुको चौतर्फी विकासका लागि बालाबालिकाको आचार संहिता बनाई लागू गरिने छ ।

५. बालमैत्री स्थानीय शासन रणनीति २०६८ ले बालमैत्री स्थानीय शासनका लागि तोकेको ३९ वटा सूचकहरुलाई न्यूनतम सूचक मानि सो सूचकहरु पूरा गर्नका लागि आवश्यक पहल गरिने छ ।

६. चार वर्ष उमेर समूहका सबै बालबालिकालाई प्रारम्भिक बालशिक्षाको अवसर प्रदान गर्न विद्यालय संरचनाभित्रै प्रारम्भिक बालशिक्षा सञ्चालन गर्ने नीति लिइनेछ ।

७. नगर क्षेत्रभित्र सञ्चालन हुने कार्य तथा कृयाकलापहरुमा बालश्रमिकको प्रयोग र परिचालनलाई निषेध गरिने नीति लाई निरन्तरता दिइने छ । नगरपालिकाभित्र रहेका वडाहरुबाट बालश्रम मुक्त वडा घोषणा गर्ने अभियानलाई तीव्रता दिइने छ ।

८. नगरपालिकाले उपभोक्ता समितिबाट गराउने विकास निर्माणका कार्यका लागि सम्भव भए सम्म नमुनाको रुपमा सवै पदाधिकारीहरु महिला रहने गरी उपभोक्ता समिति गठन गरी कार्य सञ्चालन गर्ने नीति लिइनेछ ।

९. नगरलाई महिला हिंसामुक्त नगर बनाउनको लागि आवश्यक पहल कदमीको शुरुवात गरिनेछ ।

१०. बालविवाह तथा बहुविवाहलाई पूर्ण रुपमा अन्त्य गरिनेछ ।

११. महिला सशक्तीकरण र अयआर्जन कार्यक्रमहरुलाई महिला परिषदसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।

१२. नगर स्वास्थ्य केन्द्रको व्यवस्थापन, स्वास्थ्य चौकीहरुको संचालन, क्षमता विकास तथा महिला स्वास्थ्य स्वयं सेविकाहरुको क्षमता विकास गरिने छ ।

१३. नगरक्षेत्र भित्रका सवै वाल विकास केन्द्रहरु तथा निजी मन्टेश्वरीहरुको सुचिकृत र अनुगमन गर्ने पद्धति लागू गरिनेछ । हरेक सामुदायिक विद्यालयमा प्रारम्भिक वाल विकास केन्द्र तथा पूर्व प्राथमिक कक्षा सञ्चालन गर्न प्रोत्साहन गरिने छ र ती केन्द्रहरुलाई वालमैत्री नगर स्थापनाको सूचक वमोजिम कृयाकलाप संचालन गर्न उत्प्रेरित गरिनेछ ।

१४. शिक्षक दरबन्दी मिलान कार्यलाई प्रभावकारी रूपमा अघि बढाई विद्यालयहरूमा शिक्षकहरूको समतामूलक वितरण सुनिश्चित गरिनेछ । हाल विद्यमान कानुनी तथा नीतिगत प्रावधानअनुसार प्राथमिक तहमा अधिक देखिने स्वीकृत दरबन्दीलाई आवश्यकताअनुसार माथिल्लो तहमा रूपान्तरण गरी पदपूर्तिको व्यवस्था मिलाइनेछ ।

१५. पुर्ण साक्षर नगर घोषणा गरिनेछ ।

१६. नगरमा सञ्चालित सवै विद्यालयको प्रथमिक तहमा बहुकक्षा बहुस्तर (ःन्ःी) कार्यक्रम लागू गरिने छ ।

१७. गुणस्तरीय शिक्षाका लागि शिक्षकहरुको उत्प्रेरणा अभिवृद्धि गर्ने तालिम कार्यक्रम सञ्चालन गरी प्रत्येक विद्यालयमा शिक्षकको ब्अतष्यल ीभबचलष्लन न्चयगउ बनाई शिक्षण सिकाइ सहजीकरण गरिनेछ ।

१८. प्रत्येक विद्यालयमा छात्र र छात्राको लागि अलग शौचालयको व्यवस्था गरिनेछ ।

१९. विद्यालय भर्ना दर बृद्धि गर्ने तथा छोड्ने दर न्युन गर्न विद्यालय भर्ना अभियान र विद्यालय जानका लागि प्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने छ । साथै सरकारी, राष्ट्रिय तथा अन्र्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सहयोग, समन्वय र सहकार्यमा औपचारिक शिक्षाबाट बंचित बालबालिकाहरु लगायत अन्यका लागि अनौपचारिक शिक्षा कक्षा संचालन गरिनेछ ।

२०. विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सिकाइ सुनिश्चितताका लागि मातृभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषालाई शिक्षण सिकाइको माध्यमका रूपमा अपनाई शिक्षामा बहुभाषिक नीति अवलम्बन गरिनेछ ।

२१. विद्यार्थीको सिकाइ अभिवृद्धिका लागि निरन्तर मूल्याङ्कन पद्धति तथा प्रारम्भिक बाल कक्षामा पढाई सीप विकास विधिहरूको प्रभावकारी उपयोग गर्दै लगिनेछ ।

२२. नगर क्षेत्रका युवा वर्गमा लागू पदार्थ दुव्र्यसन प्रति सजगता तथा ज्क्ष्ख्रब्क्ष्म्क् रोकथाम तथा नियन्त्रणको लागि जनचेतनामूलक बिशेष कार्यक्रमहरु संचलान गरिने छ । लैङ्गिक अल्पसंख्यकहरुलाई आत्मसम्मानपूर्वक जीवन यापन गर्न सन्देशमुलक कार्यक्रमहरु संचालन गरिनेछ

२३. मेयर गरिवी निवारण कोष मार्फत दलित, महिला, अपाङ्गता भएका ब्यक्ति, आदिवासी जनजाति र द्धन्द पिडीत, घरवार विहिन, तथा अति गरिव लगायत आर्थिक सामाजिक रुपमा पछाडि परेका परिवारका सदस्यहरुलाई स्वोजगारमुलक कार्यक्रम संचालन गरिनेछ ।

२४. नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर कायम गर्दै विद्यालयका लागि सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, खेलकुदको व्यवस्था, सरसफाई आदिको प्रबन्ध विद्यार्थी संख्याको अनुपातमा गरिनेछ । शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइनेछ । विद्यालयलाई शान्तिक्षेत्र बनाइनेछ ।

२५. यस नगरपालिका भित्र रहेको काठमाडौ बिश्वविद्यालयमा हुने उच्च शिक्षाका लागि धुलिखेल नगर क्षेत्रका विद्यार्थीहरुलाई प्राथमिकताका साथ छात्रबृत्तिको व्यवस्था गरिनेछ । विश्वविद्यालय र नगरपालिकाका बीचमा सुमधुर सम्बन्ध स्थापित गर्न नीतिगत पहल लिइनेछ । सार्वजनिक निजी साझेदारीको अवधारणामा कृषि तथा प्राविधिक क्याम्पस स्थापना र संचालन गर्न पहल गरिने छ । धुलिखेल अस्पताल संगको साझेदारीमा सामाजिक सुरक्षाका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।

२६. स्वस्थ शहरको अवधारणालाई अगाडि बढाउँदै स्वास्थ्य चौकीहरुमा २४सै घण्टा द्यष्चतजष्लन ऋभलतभच सञ्चालन तथा सेवा सुनिश्चित भएको प्रयोगशाला, पर्याप्त औषधीको व्यवस्था गरी आधारभूत र प्राथमिक स्वास्थ्यमा सबैको पहुँच सुनिश्चित गरिनेछ । आर्युवेदिक, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका प्रचलित स्वास्थ्य उपचार सेवाको प्रवद्र्घन गरिने छ ।

२७. आवश्यक औषधी, उपकरण, प्रविधि र दक्ष स्वास्थ्यकर्मीहरूसहितको प्रभावकारी एवम् जवाफदेहीपूर्ण स्वास्थ्य सेवा प्रणालीको विकास गरिनेछ ।

२८. नवजात शिशु मृत्युदर, शिशु मृत्युदर, बाल मृत्युदर र मातृ मृत्युदर घटाउनको लागि प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, बाल तथा शिशु स्वास्थ्य सेवाहरू सञ्चालन गरिनेछ ।

२९. महिला स्वस्थ्य स्वयंसेविकाको सामुहिक जीवन विमा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

३०. नगरपालिका भित्र रहेका नगर स्वस्थ्य केन्द्रहरुलाई जनताको पहुँचको आधारमा अत्यधि सेवाग्राहीलाई सेवा पु¥याउन वडा नं ३ र ८ मा रहेका नगर स्वास्थ्य केन्द्रहरु सोही वडा भित्र अन्यन्त्र स्थानान्तरण गरी सेवा प्रवाह गरिनेछ ।

३१. धुलिखेल अस्पतालसंग समन्वय तथा सम्झौता गरी आमा सुरक्षा कार्यक्रम मार्फत सुरक्षित मातृत्वको यातायात खर्च तथा सेवा खर्च उपलब्ध गराई आमा सुरक्षा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

३२. नगरलाई धुँवामुक्त नगर बनाउँनका लागि विभिन्न अभिायनहरु संचालन गरिने छ ।

३३. महिला स्वस्थ्य स्वंयसेविकाहरुको सेवालाई प्रभावकारी बनाउँन यातायता खर्चको लागि प्रति महिना रु ५००।०० का दरले रकम उपलब्ध गराइनेतथा समय सापेक्ष तालिम तथा सेवा विस्तार गरिनेछ ।

३४. लक्षित बर्गहरुलाई विकासको मूलप्रवाहमा ल्याउन सहजीकरणका लागि नगरपालिकामा गठन भएका महिला परिषद, युवा परिषद, दलित परिषद, आदिवासी जनजाति परिषद, अपाङ्गतावर्ग परिषदको प्रभावकारी परिचालन गरिनेछ । परिषदको कार्यविधि स्वीकृत गरी लागु गरिनेछ । लक्षित वर्गको वजेट कार्यान्वयन र त्यसको अनुगमनमा यस्ता परिषद्संग सहकार्य गरी संचालन गरिनेछ ।

३५. नगरभित्र रहेका उद्योग तथा ब्यवसाय हरुमा निश्चित प्रतिशत नगरबासीलाई रोजगारी दिने व्यवस्था गरिनेछ भने सबै क्षेत्रमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको हकलाई सुनिश्चित गर्दै लगिनेछ । समान कामको लागि समान ज्याला नीति कडाईका साथ कार्यान्वयन गरिनेछ ।

२६. युवाहरूलाई रूपान्तरणका संवाहक र नेतृत्वका साझेदारको रुपमा विकास गर्दै सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रका समग्र जिम्मेवारी सम्हाल्न युवा नेतृत्व विकास गरिने छ । उद्यमशिलताको प्रवर्धन, तुलनात्मक लाभका क्षेत्रहरुको खोजी र पहिचान तथा व्यवसाय थालनी परामर्श केन्द्र लगायतका कार्य गरिने छ ।

३७. कलाकार, खेलाडी, स्रष्टा, संस्कृतिकर्मी, मिडियाकर्मी र सबै क्षेत्रका अगुवा र समाजसेवीहरुलाई सम्मानका साथ सामाजिक अभियानमा उत्प्रेरित गरिनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा धुलिखेललाई चिनाउनेस्रष्टाहरुलाई उचित सम्मान गर्ने नीति लिईनेछ ।

३८. जेष्ठ नागरिक, एकल र विधवा महिला, अशक्त अपाङ्ग र बालवालिकालाई नेपाल सरकारवाट प्रदान गरिदै आएको सुरक्षा भत्ता समयमै सुलभ तरिकावाट उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । जेष्ठ नागरिकहरुको ज्ञान अनुभवलाई उपयोग गरिने कार्यक्रमहरु संचालन गरिनेछ ।

३९. आगामी आ.व.को आश्विन मसान्त सम्ममा नगरलाई खुल्ल दिसा मुक्त नगरपालिका घोषणा गरी पुर्ण सरसफाई नगर बनाउँने अभियानलाई अघि बढाईनेछ ।

४०. सुरक्षित शहर (क्बातभ ऋष्तथ) हाम्रो प्रतिबद्धता हो ।चेलीबेटी बेचबिखन, बोक्सीको आरोप, घरेलु हिंसा, यातना, संगठित अपराध, वालविवाह, चोरी, डकैती, छुवाछुत, लैंगिक हिंसा, यौनजन्य हिंसा, जबरजस्ती श्रम गराउने, बधुवा मजदुर, वालश्रम, अमानवीय दुब्र्यवहार अन्त गर्न कानून बनाई कार्यान्वयन गरिनेछ । आपतकालीन अवस्थाको लागि आवश्यक सुरक्षा प्रणालीको व्यवस्था गरिनेछ । संविधानको भावना बमोजिम कानून बनाई नगर प्रहरी सेवाको स्थापना गरिनेछ ।

ग. पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरु
१. सडकको दायाँबायाँ हरियाली कायम गर्न कार्यक्रम सञ्चालन गरिनेछ ।

२. नगरपालिका क्षेत्रमा सञ्चालन गरिने पूर्वाधार वा सामाजिक विकाससँग सम्बन्धित कुनै पनि कार्यक्रम वा परियोजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा सञ्चालन व्यवस्थापन चरणहरुमा सामाजिक तथा वातावरणीय सन्तुलन, प्रकोप व्यवस्थापन पक्ष समेतलार्ई ध्यानमा राखी आयोजनाहरुको निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।

३. नगरको समग्र विकास निर्माणमा सार्वजनिक र नीजि साझेदारी ९एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ(एएए० को अवधारणा अवलम्बन गरिनेछ ।

४. साविक धुलिखेल नगरपालिका भित्रका सडकहरुमा लगत कट्टाको लागि पहल गरिनेछ साथै गत तथा चालू आ.ब. मा सञ्चालनमा रहेका योजनाहरुलाई प्राथमिकतामै राखी क्रमागत रुपमा सम्पन्न गरिनेछ ।

५. नगरपालिकाद्वारा पूर्वाधार विकास गरिएका योजनाहरुको दिगो विकासका लागि मर्मत सम्भार सेवा शुल्क तोकी मर्मत कार्यलाई अगाडि बढाइनेछ ।

६. धुलिखेल नगर क्षेत्र भित्रका पक्की सडकहरुको मर्मत सम्भारको लागि सडक बोर्ड नेपालबाट रकम बिनियोजन हुने गरी सडक मर्मत सम्भार कार्यलाई अगाडि बढाईनेछ । यस कार्यका लागि प्राविधिक सहयोग डिएफआईडीले उपलब्ध गराउँनेछ । डक रणनीतिक योजनानुसार रणनीतिक सडकहरूको सुदृढीकरण एवम् स्तरोन्नति कार्यलाई नगर यातायात गुरु योजना अनुसार प्राथमिकता दिइनेछ ।

७. नगर क्षेत्र भित्र पर्याप्त खानेपानीको व्यवस्थाको लागि विस्तृत परियोजना प्रतिवेदन (म्एच्) तयार गरी खानेपानीका आयोजनाहरुलाई प्रथमिकताका साथ अगाढी बढाईनेछ ।

८. नगर क्षेत्रभित्र रहेका मुख्य सडकहरुको विस्तृत परियोजना प्रतिवेदन ९म्एच्० तयार गरि सडक निर्माणको कार्यलाई तिब्रताका सथा अघि बढाईनेछ ।

९. आकस्मिक सडक मर्मत सम्भारको कार्य गर्न बजेट विनियोजन गरेको छु । यसबाट धुलिखेलका शहरी सडकहरु विग्रनुपूर्व तथा बर्षात पछि मर्मत सम्भार भई शहरको सुन्दरता वृद्धि गर्दै दुर्घटना न्यूनिकरणमा योगदान पुग्ने विश्वास लिएको छु । यसबाट ग्रामीण सडकको आकस्मिक मर्मत समेत गरिने छ ।

१०. ४ फिट भन्दा अग्ला, भुकम्पीय दृष्टिले जोखिम युक्त पर्खालहरु एवम् कच्चा किसिमले निर्माण भएका पर्खाललाई भत्काउन लगाईनेछ । एक घर दुई रुखको नीति लिइने छ । यसले हरियालीयुुक्त धुलिखेल कायम राख्न मद्दत पुग्नेछ । प्रत्यक्ष रोजगारी सृजना गर्ने कम्तीमा एक आयोजना महिला कै सहभागितामा मात्र सञ्चालन गर्ने नीति लिइने छ ।

११. बजार, पसल, रेष्टुरा, कार्यालय वा यस्तै प्रकारका साईनवोर्ड, प्रचार सामाग्री तथा होर्डिङ्ग वोर्डले घरमा उज्यालो तथा हावाको प्रवाह नै रोक्ने गरेको देखिएकोले यस्तो प्रचार तथा संकेत सामाग्री राख्नको लागि मापदण्ड तयार गरी कार्यान्वयन गरिने नीति लिइने छ ।

१२. पुण्यमाता खोलाको कोरिडोरमा नयाँ ट्रयाक निर्माण गरि भविष्यमा यातायता संजाललाई विस्तार गरिनेछ ।

१३. तिव्र सहरीकरणलाई व्यवस्थापन गर्न, पूर्वाधार संरचनाहरु सोही वमोजिम निर्माण गर्न एवम् धुलिखेलको आर्थिक विकासमा टेवा दिन धुलिखेल नगरक्षेत्र भित्र चक्रपथ रेखांकन सम्पन्न गरिने छ ।

१४. जुनसुकै शिर्षकबाट बजेट विनियोजन गरिएको भएतापनि जुन आर्थिक बर्षको लागि बजेट विनियोजन गरिएको हो, सोही आर्थिक बर्षमा आयोजना सम्पन्न गरिसक्नु पर्ने नीति लिइनेछ । आ.ब. को चैत्र मसान्त सम्म सम्झौता गरी कार्यान्वयन अघि नवढेका उपभोक्ता समिति मार्फत संचालन गरिने योजनाहरु न.पा. बाट अन्य आयोजनाहरुमा रकमान्तर गरि आयोजनाहरु संचालन गरिनेछ ।

१५. न.पा.को भौतिक एवम् सामाजिक सेवालाई अपागं मैत्री बनाउदै लगिने छ । अपांग मैत्री ¥याम्प निर्माणमा केन्द्रित हुँदै पार्किङ, फुटपाथ, जेव्रा क्रशिङ आदिमा नमूना अपांग मैत्री संरचना निर्माण गर्ने नीतिलाई अगाडि बढाईनेछ । त्यस्तै सङ्केत युक्त टायल लगाई फुटपाथ बनाउने नीति लिइने छ ।

१६. नगरपालिकाका सबै वडा केन्द्रहरु सम्म क्रमशः कालोपत्रे सडक निर्माण गरिनेछ । नगरस्तरीय सडकहरुलाई बाह्रै महिना सवारी साधन चल्ने गरी स्तरोन्नति गरिनेछ । सबै गाउँ, बस्तीहरुमा सडक सञ्जाल पुर्याइनेछ ।

१७. नगरक्षेत्र भित्र पर्ने बिपी राजमार्ग तथा अरनिको राजमार्गको दायाँ बायाँ फुटपाथ निर्माण गरिनेछ । यसैगरी देवीटार क्षेत्र तथा शंखु क्षेत्र जोड्ने बाटोहरुको स्तरोन्नतिलाई निरन्तरता दिईनेछ ।

१८. सम्पूर्ण नागरिकहरुलाई स्वच्छ पिउने पानीको पहुँच हुनेछ । काभ्रे उपत्यका खानेपानी योजनालाई निर्धारित समयमै सम्पन्न गरिनेछ । पात्लेखेल, काभ्रे, देबीटार, रबिओपी, शंखु, शारदा बतासे

१९. लगायतका क्षेत्रमा सम्भाव्य सा्रेतहरु पहिचान तथा नविनतम प्रविधिको प्रयोग गरी दिगो खानेपानी आपूर्तिको व्यवस्थापन गरिनेछ ।

२०. धुलिखेल एकिकृत नगर विकास आयोजनाको कामलाई निरन्तरता दिई सम्पन्न गरिनेछ ।

२१. दनगरपालिका क्षेत्रभित्र एउटा पहाडी नमूना बस्तीको विकास गरिनेछ । धुलिखेल क्षेत्रलाई सुरक्षित, ब्यवस्थित, सुविधा सम्पन्न र आकर्षक आवास केन्द्रको रुपमा विकास गरिने छ । टाउन प्लान बिस्तारका लागि आबश्यक कार्यविधि र मापदण्ड बनाई नियमन र व्यवस्थापन गरिनेछ ।

२२. नगरपालिकामा एउटा नगर सभागृह तथा बहुद्देश्यीय कभर्ड हल निर्माणको थालनी गरिनेछ । प्रत्येक वडामा खुला क्षेत्रको रुपमा पनि प्रयोग गर्न सकिने गरी वहुउपयोगी खेलमैदान निर्माण गरिनेछ ।

घ.फोहरमैला व्यवस्थापन,वातावरण तथा प्रकोप व्यवस्थापन क्षेत्रका नीति तथा कार्यक्रमहरु

१. स्वच्छ तथा हराभरा धुलिखेलको लक्ष्यका साथ हरियाली प्रवद्र्धन गर्न सडकको दायाँ बायाँ बृक्षारोपण कार्यक्रम तथा एक वडा एक पार्क÷उद्यान कार्यक्रमलाई निरन्तरता दिईने छ । जलवायु परिवर्तन र यसको प्रभावका कारण पानीको स्रोतमा आएको कमी र जमीनमुनीको पानीको सतह घटेको कुरालाई ध्यानमा राख्दै एक वडा एक पोखरीको कार्यक्रमलाई निरन्तरता दिदै भएका पोखरी, ईनार, कुवा, धारा, आदिको संरक्षणमा विशेष जोड दिईने छ ।

२. नगरक्षेत्रको फोहोरमैलाको दिगो व्यवस्थापनका लागि ब्यवस्थित ल्याण्डफिलसाइटको पूर्बाधार निर्माण गरिनेछ । सबै वडामा ब्यवस्थित ढल निकासको निर्माण गरिनेछ । नगरको आन्तरीक स्रोतले यी स्केलको आयोजना संरचना गर्न संभव नभएकोले दातृ निकाय समक्ष पहल गरीने छ ।

३. दमकलको व्यवस्था गरी आपतकालीन प्रयोगका लागि तयारी अवस्थामा राखिनेछ । दमकल व्यवस्था गर्न काभ्रे उपत्यकाका अन्य न.पा.हरुसंग साझेदारी गरीने छ ।

४. घरेलु फोहरलाई कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने तीन तहमा घरमै छुट्ट्याई सो को उपयोग र उचित व्यवस्थापनका लागि निजी क्षेत्र र गैरसरकारी निकायसँग साझेदारी गरिनेछ ।

५. सार्वजनिक स्थलहरूमा फोहोरमैला फ्याँक्ने, सूर्तिजन्य पदार्थको प्रयोग गर्ने, भित्तेलेखन गर्ने र मापदण्ड विपरीतका प्लाष्टिक झोला वा वातावरणमा प्रतिकूल असर पार्ने सामाग्रीको प्रयोगलाई पूर्णतः निषेध गरिनेछ ।

६. गाडि मर्मत संभार गर्ने वर्कसपहरुले अनिवार्य रुपमा आफ्नो प्रयोगको क्षेत्र पक्की बनाई गाडिले सडकमा हिलो ल्याउन नपाउने र मोविल लागयत दुषीत पानी नालिमा पठाउन नपाउने नीति कडाईका साथ लागू गरिनेछ ।

७. केही छानिएका क्षेत्रमा फोहरमैला व्यवस्थापन गर्न टोल विकास संस्थासँग सहकार्य गरिने छ । जथाभावी फोहर फाल्नेलाई आवश्यक कारवाही गर्न एउटा अनुगमन तथा निगरानी समिति बनाइने छ । हाल फोहोरमैला बयबस्थापनमा प्रभाबकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । यसको समिक्षा गरी सम्झौता पुनराबलोकन वा अन्य विकल्प अपनाई समस्याको समाधान गरीने छ । फोहरमैला व्यवस्थापन ऐन, २०६८ लाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।

८. घडेरी खार्ने कार्यलाई निरुत्साहित गरिनेछ । घडेर खार्न अनुमति लिनु पर्ने, ठूलो स्केलमा खन्नु वा पुर्नु पर्दा वातावरणीय अध्ययन गरिनु पर्ने तथा घडेरी खार्दा सडकमा माटो आउने अवस्था राकिनछ।

९. भुकम्पबाट घरबार नै गुमाएका बिपन्न परिवारहरुलाई भवन निर्माणको लागि सरकारले तोकेका नक्सा निर्माण तथा नक्सा पासका लागि लाग्ने शुल्क मिनाह कार्यलाई निरन्तरता दिईनेछ । भुकम्प प्रभावित परिवारहरुको पुर्नस्थापनाको लागि जीविकोपार्जन कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।

१०. धुलिखेलका अन्तराष्ट्रिय रुपमा प्रख्यात ब्यक्ति तथा ब्यक्तित्वहरुको सहयोग लिदै पुनः निर्माणलाई गतिशिल बनाईनेछ । पुनःनिर्माण क्षेत्रका समस्याहरुको निराकरण गर्न कार्यदल तथा कार्यटोलीहरुको निर्माण गरी समुदाय स्तरमा नै खटाइनेछ । भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरुहरुको ब्यवस्थित पुर्ननिर्माणको कार्य तत्काल अगाडि बढाउन आवश्यक पहल गरीने छ ।

११. विपद व्यवस्थापनको लागि संस्थागत संरचनाहरु सुदृढ गर्दै संभावित बिपद् जोखिम पहिचान गरी पूर्वतैयारीको लागि आवश्यक कार्य गरिनेछ । आपतकालीन खोज, उद्धार तथा राहत र पुर्ननिर्माणका लागि आबश्यक प्रबन्ध गरिनेछ । विपतको समयमा प्रयोग गरीने कोष खडा गरीने छ ।

१२. नगर क्षेत्रभित्र रहेको वनक्षेत्रलाई संरक्षण, सम्वद्र्धन र वनको दिगो उपभोग र व्यवस्थापनको लागि समुदायमा आधारित वन व्यवस्थापनलाई प्रबद्र्धन गरिनेछ । सडकका दायाँबायाँ बिभिन्न प्रजातिका रुख तथा फुलहरु रोपी न्चभभल ऋष्तथ को अवधारणा अनुरुप विकास गरिनेछ ।

१३. समृद्धिका लागि वनको अवधारणा अनुरुप श्रीखण्डपुरको छलेश्वर वन, स्वर्गे हुमेन डाँडा वन, कटुवापाखा वन, शंखुको वन, फस्कोट वन लगायतका नगरक्षेत्रका सामुदायिक वनहरुको संरक्षण गर्दै इको टुरिजमको अवधारणा अनुरुप विकास गरिनेछ ।

१४. वायु प्रदुषण, भूप्रदुषण, ध्वनी प्रदुषण नियन्त्रणका लागि आबश्यक नीतिहरुको तर्जुमा गरी प्रदुषणमुक्त नगरको रुपमा अगाडि बढाइनेछ ।

१५. नगरक्षेत्र भित्रको जैविक विविधता र जैवीक चक्र अध्ययन गरी त्यसको संरक्षणको लागि आवश्यक ऐन नियम योजना बनाई कार्यान्वयन गरिनेछ । साथै जलवायु परिर्वनले पारेका असर र प्रभावको अध्ययन गरी जलवायु अनुकुलन योजना निर्माण गरी कार्यान्वयन गरिनेछ । ऋभिबल ऋष्तथ को अवधारणा अनुरुप न्यून कार्वन उत्सर्जनको लागि नीति बनाई कार्यान्वयन गरिने छ । गोबरग्यास, सोलार लगायत सफा उर्जा र बैकल्पिक उर्जा विस्तारलाई प्रोत्साहन गरिनेछ ।

१६. पचासवटा भन्दा धेरै गेष्ट रुम भएका पर्यटकीय होटलहरु, तथा ठूला तथा ब्यवसायिक प्रयोजनको लागि निर्माण गरिएका अन्य घरहरुले आफ्नो होटल तथा घरबाट निस्कने फोहर पानी स्वयं प्रशोधन गर्नु पर्ने नीति लागू गरिने छ ।

१७. डम्पीङ्ग साईडको लागि खरिद गरिएको जग्गा क्षेत्रमा डम्पिङ्ग साइड विकास गरी प्रयोगमा ल्याउने व्यवस्था मिलाईनेछ ।

१८. पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न बजार क्षेत्रको बाटो निर्माण समाग्रीहरु राख्न दिईने छैन ।

ङ सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन संग सम्बन्धित नीतिहरु

१. विद्युतीय शासन तथा सेवा प्रणालीलाई प्रबद्र्धन गरिनेछ । सार्बजनिक स्थलहरुमा फ्रि वाइफाई इन्टरनेट सुविधाको व्यवस्था गरिनेछ र नगरपालिकालाई क्mबचत ऋष्तथ को रुपमा विकसित गरिनेछ ।

२. नगरपालिकाबाट उपलब्ध हुने सेवाहरु असहाय, अपाङ्ग, बृद्ध–बृद्धा एवम् दृष्टिबिहिनहरुको लागि प्राथमिकताका साथ उपलब्ध गराइनेछ ।

३. कर्मचारीहरुको कार्य सम्पादन मूल्याङ्कन पद्दतिलाई प्रभावकारी र वैज्ञानिक बनाई सेवामुखी एवम् जवाफदेही बनाइनेछ ।

४. पत्रकारिता क्षेत्रको, प्रर्वद्धन एवम् विकासका लागि पत्रकार महासंघ लगायत संचारसंग सम्बद्ध निकायहरुसंग समन्वय गरी संचारमैत्री कार्यक्रम सञ्चालन गर्ने नीति लिइनेछ ।

५. पारदर्शिता एवम् सुशासनका लागि नगरपालिकासँग सम्बन्धित सूचनाहरुलाई विद्युतीय तथा छापा सञ्चार माध्यमबाट सार्वजनिकीकरण गरिनेछ । साथै जनप्रतिनिधी र कर्मचारीहरुलाई कम्प्युटर तालिम प्रदान गरी सबै वडामा सफ्टवेयर जडान गरी आर्थिक कारोवार सहित कम्प्युटर मार्फत सेवा प्रदान गरिनेछ ।

६. नगरपालिकाको संगठनात्मक संरचना तथा आवश्यक कर्मचारी दरबन्दी गत परिषदबाट स्वीकृत भई सञ्चालन हुँदै आएकोमा स्थानीय पुनःसंरचना पश्चात्को संगठनात्मक स्वरुप बमोजिम दरवन्दी व्यवस्था मिलाइनेछ ।

७. वडा तथा नगरपालिकामा कार्यरत कर्मचारीको क्षमता विकास गर्न सरुवा तथा जिम्मेवारी हेरफेरको नीति अवलम्बन गरिनेछ ।

८. नगरपालिकाको संस्थागत क्षमता अभिबृद्धि तथा मानव संसाधन विकासका लागि नगर क्षमता विकास योजना तर्जूमा गरिनेछ ।

९. अस्थायी÷कारारमा कार्य गरिरहेका कर्मचारीहरुलाई निवृत्त हुँदा खालि हात नपठाउने नीति लिईनेछ । यसको प्रारम्भ आ.व.०७५।७६ वाट गरिनेछ ।

१०. वडा कार्यालयलाई नागरिकहरुको पहिलो र नजिकको सरकारको रुपमा विकास गरिनेछ । वडा कार्यालयहरुलाई भौतिक सुविधा सम्पन्न गरिदै लगिनेछ र आवश्यक जनशक्ति आपूर्ति गरिनेछ । प्रत्येक वडा कार्यालयहरुमा नागरिक वडापत्र राखिनेछ ।

११. नगरपालिकामा आबश्यक र उपयुक्त कानून, नियमावली, कार्यविधि तथा निर्देशिकाहरु तयार गरी नगरवासीहरुलाई सरल, सहज र प्रभावकारी सेवा प्रदान गरिनेछ ।

१२. यस नगरपालिका क्षेत्रलार्ई सुशासन मैत्रीनगर ९न्ययम न्यखभचलबलअभ ँचष्भलमथि ऋष्तथ० बनाउन आवश्यक कार्यारम्भ विगत वर्षबाट सुरुवात गरिएकोमा उक्त कार्यलाई प्रभावकारी बनाउन निरन्तरता दिई सुशासनको अनभूति दिलाउने गरी सेवा तथा कार्यक्रम सञ्चालनको नीति लिइनेछ ।

१३. नगरपालिकाबाट सम्पादन हुने हरेक आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण जस्ता कार्यहरुबाट पारदर्शिता एवम् स्थानीय सुशासन कायम गरिनेछ । गुनासो सुन्ने र समाधान गर्ने परिपाटीको विकास गरिनेछ । सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र बिश्वसनीय बनाइनेछ। ईबिडिङ प्रणालीलाई कार्यान्वयन गरिनेछ । गुणस्तर मापदण्ड बनाई लागू गरिनेछ । विकास कार्यहरुको ब्यवस्थित अनुगमन नीति तथा प्रणाली स्थापना गरी कार्यान्वयन गरिनेछ ।

१४. नगरको समग्र विकासमा सामुदायिक संस्थाहरु, गैरसरकारी क्षेत्र, सहकारीक्षेत्र, निजी क्षेत्र, अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग साझेदारी र सहकार्य गरिनेछ ।

१५. यस नगरको वार्षिक बजेट, नीति तथा कार्यक्रममा नसमेटिएका तर सम्बन्धित निकायबाट आकस्मिक रुपमा प्राप्त हुने बजेट तथा कार्यक्रम र न.पा.भित्र गर्नुपर्ने आकस्मिक तथा अत्यावश्यक कार्यहरु नगरकार्यपालिकाद्वारा निर्णय गरी कार्यान्वयन गर्ने र आगामी नगरसभाबाट अनुमोदन गर्ने नीति अवलम्बन गरिनेछ ।

१६. नगरक्षेत्रको योजनाबद्ध विकासमा सहयोग पुर्याउन योजनाविद् र बृद्धिजीवीहरु सम्मिलित नगरस्तरीय योजना आयोगको गठन गरिनेछ । नगरपालिकाका सम्पूर्ण निर्वाचित पदाधिकारीहरु तथा कर्मचारीहरुको लागि आचारसंहिता बनाई लागू गरिसकिएको छ । निर्वाचित भए लगत्तै र कार्यकाल समाप्त भएपछि अनिवार्य सम्पत्ति बिवरण बुझाउने कानूनी व्यवस्था कडाईका साथ पालना गरिनेछ ।

१७. नागरिकहरुको सूचनामा सहज पहुँच सुनिश्चिताको लागि आवश्यक व्यवस्था गरिनेछ । क्रमशः खुला सरकारको अवधारणा अवलम्बन गरिनेछ ।सामाजिक सञ्जाल तथा विद्युतीय प्रविधिहरुको स्थापना, प्रयोग र विस्तार गरिनेछ ।

१८. नगरपालिकाबाट सम्पादन हुने न्यायप्रणालीलाई सरल, सहज र सबैको पहुँचमा पुर्याइनेछ । वडाहरुमा मध्यस्थता र सामुदायिक मेलमिलाप केन्द्रको स्थापना गर्दै उनीहरुको क्षमता विकास र परिचालन गरिनेछ । नगरको उप प्रमुखको संयोजकत्वमा गठन भएको हुने न्यायिक समितिलाई श्रोत साधनयुक्त वनाईनेछ ।

१९. सेवा प्रवाहका हरेक क्षेत्रमा प्रबिधिको विकास तथा बिस्तार गरी भ्(न्यखभचलबलअभलाई तिव्रता दिईने छ । सेवाहरुलाई प्रथम चरणमा कम्प्युटर प्रबिधिमा आधारित तथा दोस्रो चरणमा इन्टरनेटमा आधारित (यलष्लिभ क्भचखष्अभ) बनाई प्रवाह गर्ने नीति रहेको छ ।

२०. आम नगरबासीलाई सेवा तथा सूचना दिने प्रयोजनको लागि नपाले मोवाइल एप संचालनमा ल्याउनेछ । धुलिखेलबासी आदरणीय नागरिकहरुलाई नपाबाट जारी गरिने सेवा तथा सेवा लिन सम्पर्क राख्नु पर्ने स्थानहरु, एवम् सूचना तथा सार्वजनिक जानकारीका विषयहरुको अलावा, वहाँहरुको दैनिकी संग जोडिएका विविध विषयहरु यस एप मार्फत नगरबासीको हात हातमा पु¥याइनेछ ।

२१. नगरपालिका उत्कृष्ट काम गर्ने कर्मचारीहरु, वडा सचिवहरु, सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयं सेवकहरु त्था टोल विकास संस्था, नागरिक सचेतना केन्द्र, कृषक समूह, सहकारी आदिलाई उचित अवसरमा पुरस्र्कत गर्ने नीति लिईनेछ ।

२२. नगरमा बस्ने परिवारहरुको वेबमा आधारित पारिवारिक बिवरण अभिलेख राख्ने प्रणाली स्थापना गर्न साझेदारहरुको खोजी गरिनेछ ।

च. भवन निर्माण, नक्सा पास, तथा भूमी व्यवस्थापन सम्बन्धी नीतिहरु

१. भुकम्प पिडितलाई जुनसुकै डिजाईनको आधारमा घर निर्माण गरी पनि धरौटी बापतको रु ५०००।०० रकम छुट दिने नीतिलाई निरन्तरता दिईनेछ ।

२. साविक गाविस हुँदा बनेका घरहरुलाई अनिवार्य रुपमा नक्शा पास अभिलेख गर्ने गरि प्रकृया अघि बढाईनेछ ।

३. नगर क्षेत्र भित्रको सडक मापदण्डलाई ब्यवस्थित गर्ने गरी कार्य अगाडि बढाईएकोछ । अरनिको राजमार्गको सडक अधिकार क्षेत्र भित्रको घरटहरा हटाउनको लागि सम्बन्धित निकाहरुसंग आवश्यक छलफल गरि उक्त कार्यलाई तदारुकताका साथ अगाढि बढाईनेछ ।

४. भुकम्प पश्चातको पुनःनिर्माण कार्यलाई गतिदिन सरकारले जारी गरेको २२ वटा डिजाईनलाई निशुल्क नक्शा पास कार्यलाई यो आ.व.पनि निरन्तरता दिईनेछ ।

५. धुलिखेल तथा श्रीखण्डपुरको मुख्य क्षेत्र भित्र घर अगाडिको मोहडा पुरानो तथा पुरातात्विक शैली झल्कने गरी निर्माण कार्य गर्ने गरि नक्शा पास गर्ने प्रकृयालाई निरन्तरता दिईनेछ ।

६. यस धुलिखेल नगरपालिकाबाट नक्सा पास गरी निर्माण भएका भवनहरुमा तला थप गर्नको लागि माग गरेमा, तत्कालिन नक्सा पास भएको सडक मापदण्ड, सडक अधिकार क्षेत्र तथा सेट व्याक पूरा भएको, तथा सडक ऐन अनुसरण गरेको, सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण नगरेको अवस्थामा र “राष्ट्रिय भवन संहिता—२०६०” अनुसार आवश्यकता भएमा भूकम्पीय सुदृढीकरण (च्भतचयाष्ततष्लन सहित तला थपको अनुमति प्रदान गर्ने नीति लिइनेछ । नक्सा स्वीकृत गर्न कम्प्युटर प्रणाली जडान गरिने छ ।

७. नगरपालिका क्षेत्र भित्र सार्वजनिक जग्गाको प्रयोग कुन सामाजिक संस्थाले कहिले देखी के प्रयोजनको लागि गरेका छन्, त्यसको लगत तयार पारिने छ ।

८. बस्ती विकास शहरी योजना तथा भवन निर्माण मापदण्ड बमोजिम प्लटिङ्गलाई ब्यबस्थित गरिनेछ । न.पा बाट स्रवीकृति नलिई गरिएको प्लटिङ्गमा नक्सा पास नगर्ने नीति हामीले तर्जूमा गरिसकेको छौ । यस्ता प्लटिङ्गहरुलाई समयमा नै स्वीकृति लिन पनि एक महिना समय अबधि तोकी सूचना जारी गरिसकीएको छ । ीबलम ग्कभ एबिल नबने सम्म बस्ती बस्न अयोग्य क्षेत्रमा प्लटिङ्ग स्वीकृति दिइने छैन ।

९. नपाले सहरी योजना, बस्ती विकास तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड जारी गरी कार्यान्वयन गरेको छ । यसलाई कडाइका साथ कार्यान्वयन गरिने छ । नगरपालिकाका विस्तारित वडाहरुमा सडक मापदण्ड र घरको मापदण्ड पुगेका घरहरुको आगामी आ.व. भित्र मात्र समय तोकि नक्सा अभिलेखीकरणको लागि अनुरोध गरिनेछ । यस्तो अभिलेखीकरण गर्दा गैर नाफामूलक तथा सामुदायिक संस्थाहरुको भवनलाई ५० प्रतिशत छुट दिइने छ ।

छ. राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संबन्ध विस्तार तर्फका नीतिहरुः

१. यस नगरपालिकाको राष्ट्रिय तथा अन्तराष्ट्रिय नगरहरुसँग भगिनी सम्वन्ध कायम गर्ने नीति लिइनेछ र यस कार्यमा नगरको पहिचान र हितलार्ई उच्च प्राथमिकतामा राखिनेछ । राष्ट्रिय तथा

२. धुलिखेल नपाले अन्तराष्ट्रिय मञ्चमा आफुलाई उपस्थित गराउने पहल गरि रहेको छ । विभिन्न अन्तराष्ट्रिय सहरहरु संग भगिनी सम्बन्ध स्थापनको लागि सार्थक पहल भै रहेको छ । हालै धुलिखेललेध्यचमि भ्(न्यखभचलmभलत इचनबलष्शबतष्यल ९ध्भन्इ) को सदस्यताको लागि आवेदन गरेको छ । अन्तरनगरपालिका तहका अन्य संस्थाहरु संग सम्बन्ध विस्तारको लागि थप पहल गरिने छ । नेपालकै अन्य शहरहरु संग मित्रवत तथा भगिनी सम्वन्ध स्थापना गर्न समेत पहल गरिनेछ । धुलिखेललाई माया गर्ने विभिन्न ब्यक्ति तथा संस्थाहरुलाई यस कार्यको लागि सद्भाव दुतको रुपमा परिचालन गरिनेछ ।

 

Comments

comments

SHARE