काभ्रे । वर्षेनी डुवानमा पर्दै आएको काभ्रे जिल्लाको मुख्य व्यापारीक नगरी यसपाली पनि डुवानमा परेको छ ।

बुधबार रातभर र विहिबार (आज) विहान सम्म भएको वर्षातका कारण बनेपा डुवानमा परेको हो ।

बर्षेनी डुब्दै आएको बनेपाको पुलबजार, धनेश्वर जाने पुल क्षेत्र र धुलिखेल जाने तरकारी बजार यसपालि पनि डुवानमा परेको छ ।

हरेक दिन पानी पर्न लागेपछि बनेपाको पुलबजार, तरकारीबजार र धनेश्वजाने पुल वरपर बस्ने बासिन्दाहरूलाई निन्द्र लाग्दैन । कति खेर बाढी आउने हो र कति खेर घरको भुईतल्ला पानीले भर्ने हो भन्ने चिन्ताले सताई रहेको हुन्छ ।

बनेपा भएर बग्ने खोला अतिक्रमणले गर्दा नै यो समस्या भोग्नु परेको एक स्थानीयले बताए । विभिन्न व्यक्तिहरूले शक्तिको प्रयोग गर्दै खोला अतिक्रमण गरेको बताएका छन् ।

यातायात ठप्प

बनेपाबाट काठमाडौ तथा काठमाडौबाट बनेपा तर्फ यातायात आउन जान सकेको छैन । पुलबजारमा पार्कीङ गरेर राखेको गाडी, कार लगायत डुबेको छ । यातायात ठप्प रहेको छ । विगतको बर्षहरूमा धेरै जनधनको क्षती भएको थियो । ग्याँस कारखाना बगाएका थिए ।

Comments

comments