तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेलको बजेट विनीयोजन वडा भेलाले निर्धारण गरे बमोजिम रहेको वडा अध्यक्ष विकु मोक्तानले बताएका छन् ।

यो वर्ष यस वडाले ५० वटा भन्दा बढी योजनाहरु संकलन गरेको मोक्तानले तेमाल अनलाईनलाई बताए । ‘५० भन्दा बढ योजनाहरु तर्जुमा भएकोमा ९० प्रतिशत योजनाको सम्बोधन गर्न सफल भएका छौं ।’ वडा अध्यक्ष मोक्तानले भने, ‘यस बर्ष केही महत्वपूर्ण योजना समेट्न नसकेकोमा वडा कार्यालय क्षेमायाचनाका साथै अगामी बर्षहरुमा सङ्कलित योजना हरुलाई प्राथमिकताको आधारमा समेट्टै लैजाने प्रतिबद्धता गर्दछु ।’

यस्तो छ बजेट विवरणः

पुर्बधार बिकास तर्फः
१. कोल्तोङ ठुलोपर्सेल स्योस्थ चौकी सडक मर्मत रु १२,५०,०००।–
२. ठुलोपर्सेल बसपार्क तल्लोबेशी हँुदै दोभानटार सडक मर्मत रु ९,००,०००।–
३. राखलटोल, लथानटोल, भुमेस्थन हुँदै आहल डाँडा सडक मर्मत रु ४,००,०००।–
४. वडा कार्यालय भबन निर्माण १५,००,०००।–
५. बन्दिपखोला, पकुवाल हँुदै चापाखोरी सडक मर्मत रु ३,७४,३२६।–
६. राखलटोल रम्पती सडक निर्माण रु २,००,०००।–
६. भुमेस्थान, ग्यङ्म्राङटोल हुँदै पुर्खाङ डाँडा सडक निर्माण रु २,००,०००।–
७. देबीस्थान चुवाडाँडा हँुदै आहलडाँडा सडक निर्माण रु २,००,०००।–
८. छापधारा सत्तल निर्माण रु २,५०,०००।–

सामाजिक बिकास तर्फः
१. सल्लेनीटोल खानेपानी मर्मत रु १,००,०००।
२. रातमाटे खानेपानी मर्मत रु १,५०,०००।
३. डाँठटोल मगर छाप खानेपानी मर्मत रु १,५०,०००।
४. सिङगटी ढुंगेधारा मर्मत रु २,००,०००।
५. शिक्षा कार्यक्रम विविध (छात्रवृत्ति, साँस्कृतिक कार्यक्रम, हाजिरी जबाफ र निबन्ध प्रतियोगिता) रु २,००,०००।
६. मगर भाषा प्रशिक्षण तालिम कार्यक्रम (मगर संघ) रु ५०,०००।
७. ठुलोपर्सेल विविध सम्भाव्यता अध्ययन कार्यक्रम (सार्बजनिक जग्गा यक्किन अमिनी परिचालन) रु १,००,०००।
८. वडा कार्यालय सोलर ब्यबस्थापन कार्यक्रम रु १,५०,०००।

आर्थिक बिकास तर्फः
१. कृषि तालीम तथा फलफूल बोटबिरुवा वितरण रु १,००,०००।
२. कुन्छाङ देछेन्लिङ गुम्बा मर्मत रु २,००,०००।
३. महिला, बालबालिका, अपङ्ग, दलित र जेष्ठ नागरिक सम्मान कार्यक्रम रु १,०३,७९१।
४. क्यननिङ तालीम कार्यक्रम रु १,००,०००।

Comments

comments