तेमाल । भाषा आयोगले काभ्रे जिल्लाको तेमाल गाउँपालिकालाई विद्यालयमा भाषा सम्बन्धी अध्ययन प्रतिवेदन शुक्रबार एक कार्यक्रमका बीच बुझाएको छ ।

आयोगले तेमाल गाउँपालिकाको संयोजनमा आयोजना गरेको शिक्षामा मातृ भाषा विषयक अन्तरक्रिया कार्यक्रममा उक्त प्रतिवेदन तेमाल सरकारलाई बुझाएको हो ।

अध्ययन प्रतिवदेन गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, भाषाविद् अमृत योञ्जन र तेमाल गापा ३ नं. वडाका वडा अध्यक्ष विष्णुबहाुर तामाङले संयुक्त रुपमा सार्वजनिकीकरण गरेपछि गाउँपालिकालाई बुझाएको थियो ।

कार्यक्रममा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चन, उपसचिव सविता कार्की र भाषाविद् अमृत योञ्जन लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।

तेमालमा तामाङ मातृभाषा शिक्षा सम्भव

भाषा आयोगको सर्वेक्षणमा तेमाल गाउँपालिकामा तामाङ मातृभषामा शिक्षा सम्भव रहेको देखाएको छ । कूल ४८ वटा विद्यालय रहेको तेमाल गापामा ८२.२२ प्रतिशत विद्यार्थी तामाङ जाति समुदायको रहेको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्दै भाषाविद् अमृत योञ्जनले तेमालमा जम्मा १६ वटा भाषा बोलिने गरेको पाईको बताए ।

कुल वक्ताको संख्या २२ हजार ७ सय १३ रहेकोमा तामाङ भाषा १६ हजार ५ सय ९६ जना रहेको छ । यो कूल संख्याको ७३ प्रतिशत हो । त्यस्तै खस नेपाली भाषा वक्ताको संख्या ४ हजार ९ सय ८ रहेको छ । यो संख्याको २१.६० प्रतिशत हो ।

 

यसैगरि कु १ हजार २९ जना विद्यार्थीमा ८ सय ४६ जना तामाङ भाषा बोलिने विद्यार्थी रहेको तथ्यांकले देखाएको छ । यो कूल संख्याको ८२.२२ प्रतिशत हो । खस नेपाली भाषी विद्यर्थाी संख्या भने १ सय ४० रहेका छन् । यो कूल संख्याको १३.६० प्रतिशत हो ।

बहुभाषीक शिक्षाको लागु गर्नुपर्ने निष्कर्षः

तेमालमा प्रारम्भमा बहुभाषीक शिक्षाको पहल गर्नुपर्ने निष्कर्ष अन्तरक्रिया कार्यक्रमले निकालेको छ ।

सर्वेक्षण गर्दा ३ वटा विषयलाई लिएर गरेको भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चानले बताए । कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुलाई मातृभाषामा शिक्षा, विषयको रुपमा मातृभाषाको शिक्षा र वालशिक्षा र अनौपचारीक शिक्षा मातृभाषामा दिने भन्नेबारेमा सर्वेक्षण गरिएको लोप्चनको भनाई रहेको छ ।

यी तीन कुरा माध्य हल मातृभाषामा शिक्षा दिने कुरा उपयुक्त र सान्दर्भिक रहेको उनले बताए ।

नीजि विद्यालयको विकल्पः गुणस्तरीय शिक्षाको लागि बहुभाषिक शिक्षा

अंग्रेजी मोहलाई अभिभावकको दिमागमा लाह छाप नै लगाईसेकेका नीजि विद्यालयको विकल्प खोजेन भने सामुदायिक विद्यालय बन्द हुने उपसचिव लोप्चानले चिन्ता व्यक्त गरे ।

सामुदायिक विद्यालयलाई टिकाई राख्न र अभिभावकमा विस्वास दिलाउनका लागि नीजि विद्यालयको विकल्पको रुपमा गुणस्तरी शिक्षाको लागि बहुभाषिक शिक्षा नीति लागु गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङले तेमालमा बहुभाषिक शिक्षा लागु गर्न आफू प्रतिबद्ध रहेको बताइन् ।

Comments

comments

SHARE