दुध लाेप्चन ।

दक्षिण काेरिया– दक्षिण कोरियकाे सरकारले सन् २०१९ को लागि कामदारको तलब १०.९ प्रतिशतले बृद्धि गरिएको छ ।

ज्याला निर्धारण समितिको बैठकले कामदारको तलब १०.९ प्रतिशत बढाएको हो । गत बर्ष  १६ प्रतिशत तलब बढाएको थियो । ज्याला निर्धारण समितिमा सरकार, ब्यावसायी र मजदुर संगठन गरि ३ पक्षकाे सहमतिमा निर्धारण गरिन्छ ।

यससँगै काेरियन कामदार र नेपाल लगायत विभिन्न देशबाट इपिएसमार्फत दक्षिण कोरिया आएका कामदारकाे आगमी बर्षको जनवरीदेखि तलब बढ्ने भएको छ ।

समितिको निर्णयबाट २०१९ को लागि न्युनतम ज्याला प्रति घण्टा ८ हजार ३ सय ५० वोन कामदरले पाउने छ । यसले प्रतिघण्टा ८२० वोन अर्थात तलबको १०.९ प्रतिशत बृद्धि हो । अर्को बर्षदेखि महिनामा २०९ घण्टा काम गर्ने मजदुरले न्युनतम ज्याला १७ लाख ४५ हजार १ सय ५० वोन पाउने छन् ।

अहिलेको दक्षिण कोरियाको सरकारलाई मजदुर मैत्री सरकारका रुपमा हेरिन्छ । अहिलेका राष्ट्रपनि मुन जेईनले आफ्नो राष्ट्रपतिय चुनाबका समयमा नै सन् २०२० सम्म एक घन्टा कामको १०,००० वन पुर्याउने घोषणा गरेका थिए ।

Comments

comments

SHARE