काठमाडौं । चर्चित गायिका निर्मला घिसिङ र डिल्पु मोक्तानको म्युजिक भिडियो ‘पर्देशी’ले एक दिनमै २९ हजार दर्शक बटुल्न सफल भएको छ ।

शुक्रबार यूटुब मार्फत सार्वजनिक गरेको ‘पर्देशी’ वर्तमान नेपाली समाजको युवाहरुले व्योहोर्नुपर्ने तितो यथार्थ भएकोले धेरैले मनपराएको हुन सक्ने गायिका निर्मला घिसिङले तेमाल अनलाईनसँगको कुराकानीमा बताईन् ।
‘पर्देशी’ ‘बेस्ट अफ लक’ गीति संगममा समाबेश गरिएको छ ।

‘बिशेषतः मनोरन्जनात्मक धारमा अडिरहेको नेपाली सांगितिक बजारमा ‘पर्देशी’ ले स्रोता र दर्शकलाई मनोरन्जन मात्रै होइन वर्तमान नेपाली जीवनको यथार्थ पाटोलाई देखाउन खोजिएको छ ।’ निर्मलाले भनिन् ‘त्यसैले यो गीतले देशको माटो र परिवार प्रति उत्तरदायी बनाउन प्रेरित गर्छ ।’

यस अघि बजारमा आएको ‘साईली’ नामक म्युजिक भिडियो पछिको ‘पर्देशी’ ले पर्देशीदाको पिडालाई अझ जीवन्त जीवन्त बर्णण गरिएको पाईन्छ । एउटा रमाईलो सुन्दर गाउँ, सुन्दर परिवारलाई बाध्यताले छोड्नु पर्ने, रहर लाग्दो जिवनलाई यतै कतै बिसाएर अनगिन्ती आवश्यकता पुरा गर्न पर्देशिनु पर्ने आम नेपाली जीवनलाई यस गिती भिडियोद्वारा उजागर गर्न खोजिएको छ ।

एनबी थापा मगरको संगीत रहेको यस गीतलाई सोनाम पाख्रिनले भिडियो निर्देशन गरेका छन् । याङ्चु थोकर र क्रिस्टिना थापाको अभिनय रहेको भिडियोलाई उत्सब दाहालले छायाङ्कन गरेका हुन ।

भिडियो:

Comments

comments