सुनिला दोङ

साईप्रस । रोजगारिको सिलसिलामा साइप्रसमा आइपुगेका काभ्रेलिहरुले आइतबार काभ्रे सेवा समाज गठन गरेको  छ ।

काभ्रेलीहरुको बृहत भेलाबाट कल्पना वाइबा तामाङको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको हो ।

आइतबार साइप्रसको लिमासोल पार्कमा बिहान ११ बजेबाट सुरु भएको भेलाले संस्थाम  रुपान्तरण गरेको हो। साईप्रसमा कार्यरत सबै काभ्रेलिहरुलाइ संगठित गर्दै काभ्रेको सैक्षिक स्तरोन्नति, सामाजिक बिकास र चेतनात्मक कार्यमा देशको प्राकृतिक प्रकोप, अपाङ्ग, असाह्यहरुलाइ मद्दत र प्रवासमा बिपतमा परेको नेपालिहरुलाइ सकेको आर्थिक, नैतिक तथा कुटनैतिक कार्यमा  सहयोग गर्ने उदेश्यले उक्त संस्था गठन गरिएको बताइएको छ ।

कार्यसमितिमा उपाध्यक्ष सहारा लोप्चन तामाङ र करिना स्याङ्बा, महासचिव सुनिला दोङ तामाङ, सचिव खुसी बोम्जन तामाङ, कोषाध्यक्ष बिश्वरि दोङ तामाङ, सल्लाहकार पुनि थिङ तामाङ र सदस्यहरु हर्कमान तामाङ, सरिना घ्लान रहेका छ्न ।