प्रकण्डलाई काठमाडौं अदालतले ३ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । ७ करोड चन्द संकलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेका पूर्व मन्त्री तथा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आईतबार (आज) जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासत राख्न आदेश दिएको छ ।

प्रकण्डलाई काठमाडौं अदालतले ३ दिन हिरासतमा राख्न आदेश https://temalonline.com/?p=6732

जबरजस्ती चन्दा संकलन गरेको अभियोगमा पक्राउ परेका प्रवक्ता प्रकाण्डमाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले थप ३ दिन हिरासतमै राख्न आदेश दिएको हो ।

आईतबार अदालत पु¥याइएका उनलाई थप अनुसन्धानका लागि १५ दिनको म्याद थप गर्न प्रहरीले माग गरेको थियो । यसअघि प्रहरीले प्रवक्ता प्रकाण्डको अनुसन्धान गर्न अदालतबाट ५ दिनको समय लिएको थियो ।

प्रकण्डलाई काठमाडौं अदालतले ३ दिन हिरासतमा राख्न आदेश https://temalonline.com/?p=6732

गत साउन २२ गते साँझ पार्टी कामको शिलाशिलामा हेटौंडाबाट काठमाडौं आउने क्रममा प्रवक्ता प्रकाण्ड सहित २ जना सहयोगी काठमाडौंको टौदहबाट पक्राउ परेका थिए ।

प्रकाण्डले उद्योगी व्यवसायीहरुबाट करिव ७ करोड चन्दा असुली गरेको दावीसहित प्रहरीले चन्दा ऐन अन्र्तगत मुद्दा चलाएको छ ।