दुध लोप्चन,

दक्षिण कोरिया । काभ्रे सम्पर्क समिति र धादिङ समाजले आगामी छुसकको अवसरमा कोरियामा आयोजना गर्ने रिदम लाइभ कन्सर्ट & सांस्कृतिक धमाका–२०१८ को १०१ सदस्यीय कार्यक्रम मुल आयोजक समिति गठन गरी प्रचारप्रसारमा तीब्र रूपमा लागिपरेका छन् ।

नेपाली गित संगितमा विश्वलाइ नचाउन र चिनाउन साँगितिक यात्रामा निस्केका सदाबहार लोकप्रिय गायक दिपक बज्राचार्य तथा रिदम ब्यान्डलाइ आमन्त्रण गरिएको छ ।

चर्चित कलाकारहरुमा चर्चित  लोकदोहोरी गायिका बबिता बाँनिया (जेरि), नव उदयमान चर्चित गायिका पुर्णिमा लामा, मोडल तथा हट डान्सर अञ्जली अधिकारी, मोडल तथा चर्चित कलाकार रक्षा श्रेष्ठ, चर्चित हाँस्य कलाकार तथा उद्घोषक राजा राजेन्द्र पोखरेल र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक तथा काभ्रे सम्पर्क समितिका अध्यक्ष सिताराम तिमिल्सिनाले बताएका छन् ।

‘प्रवाशी नेपाली एकता आजको आवश्यकता सामाजिक सेवामा हाम्रो सामुहिक प्रतिबद्धता’ नारा सहित कोरियाको महान पर्व छुसकको अवसर आँउदो सेप्टेम्बर २४ तारिकका दिनमा अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न ‘यस २४ लाइभ हल’ (YES24 LIVE HALL)मा हुनेछ ।

यस मनोरञ्जनात्मक, सामाजिक, परोपकारी कार्यक्रम भब्य र सभ्य रुपमा सफल बनाउन आ-आफ्नो ठाँउबाट सक्दो साथ र सहयोग पुर्याइदिन हुन धादिङ समाजका अध्यक्ष, कार्यक्रम संयोजकले  कोरियामा रहनु भएका नेपाली समुदाय, संघ संस्था, पत्रकार, समाजसेवी, अग्रज, बुद्धिजीवी, ब्यापारी, बिद्यार्थी तथा विभिन्न भिसामा रोजगारको शिलसिलामा कोरिया रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा आयोजक संस्थाले अपिल गरेको छ ।

 

भिडियो हेर्नुहाेस्ः

 

Comments

comments

SHARE