सुदिन दोङ

भक्तपुर । मकवानपुरका मृगौला पीडित अमिन सिंतानलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । सुशैतम साँस्कृतिक मञ्चको पहिलो प्रयास दुवै मृगौला पीडित अमिन बचाउ अभियान २०७५ सहयोगार्थ तामाङ कथानक चलचित्र सिसि याङवा जुनीको विषेश प्रर्दशनीमा संकलन भएको रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।

तामाङ चलचित्रकी नायिका रोशनी ब्लोन , अभियान कर्ताहरुको बिचबाट उक्त रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।

भक्तपुरका बाराही मुभिजमा शनिवार अमिनको सहयोगार्य गरिएको औपचारिक कार्यक्रमबाट उठेको , देश विदेशबाट उठेको र चलचित्र प्रर्दशनबाट उठेको रकमको २५ प्रतिशत रकम(१५ हजार) सहित एक लाख २० हजार ८२५ रुपैंया आईतवार हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा चलचित्र निर्मात्री फुलमाया स्याङवोले शनिवार चलचित्र प्रर्दशनीबाट उठेको रकमको २५ प्रतिशत रकम विरामीको सहयोगमा गर्नुभएको थियो ।

तामाङ चलचित्रका चर्चित खलनायक एवं कलाकार विकु थोकरको प्रमुख आतिथ्यतामा भएको चलचित्र प्रर्दशनीबाट उठेको रकम आईतवार विरामीलाई हस्तान्तरण गरिएको हो ।


चलचित्र प्रर्दशनीका क्रमका प्रमुख अतिथि विकु थोकरले २५ हजार , मेची महाकाली सेवा समाज मलेसियाबाट १२ हजार ७२० रुपैंया, फुर्वा दोर्जे मोक्तानबाट ७ हजार ५ सय ,आसमान वाईवाले ५ हजार , नोक्सान लामाले ५ हजार, काजिमान स्याङवो, सोनम सिंङ घिसिङ लगाएतका धेरै भन्दा धेरै सहयोगी मनहरुले उक्त रकम सहयोग गर्नु भएको थियो ।

सहयोगी मनहरुमा धन्यवाद एवं सहयोगको अपेक्षा राख्दै आफुले उक्त अमिन सहयोग कार्यक्रम आयोजना गरेको अमिन बचाउ अभियानका संयोजक प्रतिक ब्लोन तामाङले बताउनुभयो । उहाँका अनुसार अमिनको उपचारमा यती रकम त पर्याप्त हैन तर यसै गरि सहयोगी मनहरुको सहयोग प्राप्त हुँदै आएमा २१ बर्षिय मृगौला पीडित अमिनको उपचार हुन सक्ने उहाँ बताउनुहुन्छ ।

उक्त कार्यक्रममा नेपाल तामाङ कलाकार संघका केन्द्रिय अध्यक्ष सञ्जीब बाइवा, अखिल नेपाल ट्रेड युनियन महांसघ केन्द्रिय अध्यक्ष सोनाम सिंह घिसिङ, रचनाकार कुमार स्याङवो, समाजसेवी आसमान वाईवा , नायक सागर घिसिङ,सफल दोङ, ब्यवसायी अर्जुन रायमाझी लगाएतका अतिथिको उपस्थिती रहेको थियो ।

मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नम्वर ८ ठोटारीका २१ बर्षिय अमिन सिङतान विगत ३ वर्ष देखि आफ्नो दुर्व मृगौला फेल भएर उपचार गर्दै आएका छन् । सामान्य गलैचा बुनेर आफ्नो गुजार गर्दै आएका सिङतान परिवारलाई हाल अमिनलाई लागेको रोगका कारण आकास नै खसेको छ । लाउँ लाउँ खाउँ खाउँ भन्ने उमेरमा नै आफ्नो छोराको दुवै मृगौलाले काम नगर्ने भएपछि उनीहरुको परिवारमा रुवावासी भएको छ ।

विहान वेलुका दुई छाक टार्न कठिन रहेको परिवारमा यती ठुलो समस्याले सताएका कारण उनीहरुले सम्पुर्ण सहयोगी मनहरुमा सहयोगको याचना समेत गर्नु भएको छ ।

Comments

comments

SHARE