काभ्रे । जिल्लामा एक वर्ष भित्रमा ४७ बलात्कारको घट्नाघटेको छ । जिल्ला प्रहारी कार्यालय, काभ्रेको तथ्याक अनुसार काभ्रेमा महिनाका सरदर ४ जना बलात्कारको शिकार हुन बाध्य छन् ।

आर्थिक वर्ष २०७४/०७५ को साउन महिनासम्ममा जर्बजस्ती करणीमा २९ र जर्बजस्तीकरणी उद्योगमा १८ गरी जम्म ४७ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक रबिराज थपलियाले दिएको जानकारी अनुसार गत २०७४ साउन महिनादेखि २०७५ साउन महिनासम्म जबर्जस्तीकरणी तथा उद्योगमा मुद्दा दर्ता भएको हो ।

कुन महिनामा कति बलात्कारका मुद्दा दर्ता ?

जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांक अनुसार जर्बजस्तीकरणीमा २९ र जर्बजस्ती करणी उद्योगमा १८ गरी जम्म ४७ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङक अनुसार आर्थिक वर्ष २०७४ साउन महिनामा २, भदौमा २, असोजमा २, मंसिरमा ३, पुसमा ३, फागुनमा ३, चैत्रमा ४ बैशाख २०७५ असारमा ३ र साउन महिनामा ३ वटा जर्बजस्ती करणीमा मुद्दा दर्ता भएको छ । त्यसैगरी जर्बजस्ती करणी उद्योगमा आर्थिक वर्ष २०७४ साउनमा १, भदौमा २, असोजमा १ कातिकमा २, माघमा १, फागुनमा २, चैत्रमा १ , बैशाख २०७५ मा १, जेष्ठ ३, असार १ साउन २०७५ मा ४ गरी १८ जनाको करणी उद्योगमा दर्ता भएको हो ।

यसरी हुन्छ बलात्कारका घटना
प्रहरी प्रमुख एसपी रबिराज खडका जिल्ला प्रहरी कार्यालय काभ्रे

१३ महिनामा काभ्रेमा बलात्कार र जर्बजस्तीकरणी उद्योगमा ४७ घटना भएको छ । घटना माया प्रेममा धोखा, मदिरा सेवन, आर्थिक लेनदेन र सामाजिक सञ्जालसँग जोडिएर ती घटना भएको जिल्ला प्रहारी कार्यायलय काभ्रेका प्रमुख एसपी रविराज खड्काले तेमाल अनलाईनलाई बताए ।

यिनै कारणले हरेक वर्ष बलात्कारका घटना बढदै गएको छ । समाजले यस्ता कतिपय घटना गुपचुप राख्दा प्रहरीसमक्ष आइनपुग्ने गरेको पनि प्रहरीको भनाइ छ । यही अवधिमा बलात्कारको घटना घटेको प्रहरीको तथ्यांक छ । जबर्जस्ती करणी उद्योगमा १८ वटा मुद्दा दर्ता भएका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालका कारण बलात्कारका घटना बढेको हो । अन्जान व्यक्तिसँग सामाजिक सञ्जालमा सम्बन्ध बढाउने र घुलमिल हुँदै अन्तिममा आपसमा मन फाटेका हुन्छन् । प्रहरीमा दर्ता भएका बलात्कारका घटनामध्ये केही घटना सामाजिक सञ्जालसँग जोडिएका छन् । सञ्चार माध्यमका रूपमा प्रयोग हुँदै आएको सामाजिक सञ्जालले पछिल्लो समय सामाजिक अपराध बढाउँदै एसपी खड्काले बताए ।

घरेलु हिंसा, आर्थिक लेनदेन, प्रेममा धोखा पाउनु र मदिरा सेवनले पनि जबर्जस्ती करणीका घटना बढाएको प्रहरीको बुझाइ छ । प्रहरीसमक्ष आइपुगेका केही यस्ता घटना आर्थिक लेनदेनमा सहमति नभएपछि बलात्कार भएका पनि छ । त्यस बाहेक अधिकांश बलात्कारका घटना घरेलु हिंसा र मदिरा सेवनले भएको पाइएको उनको भनाई छ । उनका अनुसार पारिवारिक रीसइबीका कारण पनि जबर्जस्ती करणीका घटना भएको पाइएको छ ।

Comments

comments