चितवनमा तामाङघेदुङको संगठन विस्तार तिब्र

प्रकाश तामाङ
चितवन । जिल्लाको राप्ती नगरपालिकामा नेपाल तामाङ घेदुङको संगठन विस्तारलाई तिब्र बनाएको छ । सोही क्रममा यस नगरपालिका अन्तर्गत वडा नं. ७ र वडा नं. ९ मा वडा समिति वठन भएको छ ।

राप्ती नगरपालिका वडा नं. ७ मा डिल बहादुर मोक्तान तमाङको अध्यक्षतामा नेपाल तमाङ घेदुङको ११ सदस्यीय वडा कमिटी गठन भएको छ ।

भेलाले उपाध्यक्षमा नर बहादुर तामाङ्, गोमा तामाङ्, सचिबमा राजु तामाङ, सह–सचिव अन्जु तामाङ, कोषाध्यक्ष शान्ता लामा तामाङ रहेका छन् । कमिटको सदस्यहरुमा लक्ष्मी तामाङ्, नारायण थोकोर तामाङ, एलिजा तामाङ, बिष्णु माया तामाङ, बिष्णु तामाङ्, रहेका छन् ।

कार्यक्रम बिशिस्ट अतिथी पेमा सङ्गे लामाले बौद्ध धर्म संस्कार अनुसार मन्त्र पाठ गरि दीप प्रज्वलन सहित उद्घाटन गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि तामाङ घेदुङका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज गोमन सि रुम्बा तमाङले तामाङ शिक्षा, स्वास्थ तथा सगठानिक रूपमा निरन्तर लागि पर्नु पर्ने र आफ्ना भेषभुशा तथा संस्कृतिलाई पनि बचाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

चितवनमा तामाङघेदुङको संगठन विस्तार तिब्र

कार्यक्रमका बिशेष अतिथि तथा नेपाल तामाङ घेदुङ चितवन जिल्लाका अध्यक्ष गोपि राज घलानले तामाङ्हरु संगठित हुँदै जानु आँफैमा गर्वको कुरा भएकोले तमाङहरुको हक अधिकारको लागि निरन्तर लडिरहने र आफ्नो जातिको उत्थानको लागि आफुले १५ बर्ष देखि लागि परेको र अझै लागि पर्ने बताए । त्यसैगरि नेपाल तमाङ घेदुङ राप्ती नगरपालिका इन्चार्ज डिल कुमारी तमाङले तामाङको समसमयीक गतिबिधि र नेपाल तामाङ घेदुङका बिषयमा प्रस्ट पारेका थिए ।

सोह क्रममा तामाङ पत्रकार संघ चितवनका कार्यसमिति सदस्य प्रकाश तामाङले तामाङ समुदायमा पत्रकारको भुमिका, चुनौती र अबसरको बिषयमाथी प्रष्ट पारेका थिए ।

कार्यक्रममा वडाका महिला वडा सदस्य डिल कुमारी पुन, साबिक बिरेन्द्र नगर गाबिसका निवर्तमान घेदुङ आध्यक्ष बलाराम ताकाङ लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी गोमन सिं रुम्बा तमाङद्वारा नव गठित कमिटीलाई सपथ ग्रहण गराएका थिए भने धर्मगुरु डिल बहादुर हिम्डुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने राजेश रुम्बा तामाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

राप्ती नगरपालिका वडा नं. ९ को अध्यक्षमा मान गोले

त्यसैगरि राप्ती नगरपालिका वडा नं ९ मा ९ सदस्यीय नेपाल तमाङ घेदुङको वडा तदर्थ कमिटी गठन भएको छ ।

कमिटीको अध्यक्षमा मान गोले तमाङ, उपाध्यक्षद्वय सोम वाइवा तामाङ्,आरती तामाङ्, सचिव सुष्म तामाङ, सह–सचिव आइत सिंह तामाङ, कोषअध्यक्ष आशा वाइवा तामाङ्, सद्स्यहरुमा सुर्य बहादुर तामाङ्, टेक बहादुर तामाङ, पार्वती तामाङ रहेका छन् ।

चितवनमा तामाङघेदुङको संगठन विस्तार तिब्र

कार्यक्रमका प्रमुख अतिथि तथा तामाङ् घेदुङका चितवन जिल्ला अध्यक्ष गोपिराज घलान तमाङले तामाङ समुदाय शिक्षामा धेरै कमजोर भएकोले धेरै पछि परेको र राज्यबाट पाउने सेवा सुबिधालाई हात पार्न नसकेको औंल्याउदै शिक्षामा जोड दिन उपस्थित तामाङ समुदायलाई आग्रह गरेका थिए ।

सोहि क्रममा नेपाल तमाङ घेदुङ राप्ती नगरपालिका इन्चार्ज डिल कुमारी तमाङले तामाङहरुलाई राज्यबाट राजनीतिक रुपले पनि पुर्ण रुपमा हस्तक्षेप गरिरहेको अवगत गराउदै आफ्नो जातिको उत्थानका लागि नयाँ कमिटीहरु जुझारु भएर लाग्नुपर्ने बताउदै तामाङको समसामयीक गतिबिधिका बिषयमा पनि प्रस्ट पारेका थिए ।