पत्रकारलाई ७ वर्ष जेल सजायँ, कारण यस्तो रहेछ

काठमाडौँ  । म्यानमारको एक अदालतले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका पत्रकारलाई राज्यको कानून उल्ङघन गरेको भन्दै दुई पत्रकारलाई ७ वर्षको जेल सजाय तोकेको छ ।

पत्रकार वा लोन र युवा सिओ ओलेले राज्यका गोप्य दस्ताबेजहरुबारे खुलासा गरेको याङगुनको उत्तरी जिल्ला अदालतका न्यायाधीश यी लुइनले बताएका छन् । दुई प्रहरी अधिकारीले उत्तरी याङगुनको एक रेष्टुरेन्टमा ति पेपरहरु हातमा थमाएको र त्यसको केही क्षणमै अन्य अधिकारीले पक्राउ गरेको पत्रकारहरुले बताएका छन् ।

रोयटर्सका सम्पादक स्टेफन जे एडलरले म्यानमारमा जे भयो त्यसले दुखी बनाएको बताएका छन् । उनले भनेका छन्,‘यो म्यानमार र विश्व प्रेस जगतका लागि दुःखको विषय हो ।’

लोनले भनेका छन्, ‘हामीलाई कुनै डर छैन, मैले कुनै गल्ती गरेको छैन । म न्याय, प्रजातन्त्र र स्वतन्त्रतामा विश्वास गर्छु ।’ हिंग्यामाथि गरिएको दमनका कारण नोवेल शान्ति पुरस्कार विजेता म्यानमारकी विदेशमन्त्री आंङ साँङ सुकीमाथी राजीनामाको दवाव पर्दै आएको छ ।

अदालतले सजाय दिएका पत्रकारहरुले रोहिंग्या शरणाथीबारे रिपोर्टिङ गर्दै आएका थिए । उनीहरुले रोहिंग्याहरुको सामूहिक हत्याबारे अनुसन्धान मुलक समाचार प्रकाशन गरेका थिए ।

Comments

comments