तामाङ कथानक चलचित्र

काठमाण्डौं । बहुप्रतिक्षित तामाङ चलचित्र ‘सेर्कु’ प्रर्दशनीको अन्तिम तयारी पूरा भएको छ । भदौँ ३० गते राष्ट्रय नाचघर जमलमा च्यारिटी शो हुन लागेको बहुप्रतिक्षित तामाङ चलचित्र ‘सेर्कु’ प्रर्दशनीको सम्पुर्ण तयारी पुरा भएको हो ।
तामाङ लोक रिति तिथि तथा संस्कारमा आधारित चलचित्र ‘सेर्कु’ विषेश प्रर्दशनीको तयारी पूरा भएको नायक तथा कथाकार ऋतुराज पाख्रीनले जनाकारी दिनुभएकोे छ ।
राज कुमार मोक्तानले निर्देशन तथा निर्माण गरेको चलचित्रमा नायक तथा कथाकार ऋतुराज पाख्रीन, नायिकाहरु चाँदनी मोक्तान, उर्मिला वाईबा, सुस्मा थिङ, सुस्मा मोक्तानका साथै विकास स्याङ्तान, श्याम लाल योन्जन, बैरागी मोक्तान लगायतका कलाकारहरुको जीवन्त अभिनय रहेका छन् ।
चलचित्रमा नायिकाहरुले समाजमा विद्यमान अपागंताको समस्यालाई आफैले दर्साउँदै चलचित्रमा अपागंता भएका प्रति समाजमा हुने ब्यवहारलाई प्राथमिकताका साथ दर्शाउन खोजिएको निर्माण पक्षले जनाएको छ ।
‘सेर्कु’ नवनायिका उर्मिला वाईबाको डेब्यु चलचित्र हो, भने यस चलचित्रले चाँदनीको मोक्तानलाई चलचित्र क्षेत्रमा कमब्याक गराएको छ । जीवन्त अभिनय रहेको दोय नायिकाको भुमिका भने चलचित्रमा एकदम अलग रहेको छ ।
त्यस्तै चलचित्रमा सिद्धार्थ मोक्तानको निर्माण रहेको छ भने निमा दावा रुम्बा र तेन्जिङ शेर्पा ह्योल्मो सह–निर्माता रहनु भएको छ ।
चलचित्रमा रहेका गीतमा जितु लोप्चन, अमृत लामा र आर बि लामाले स्वर दिनुभएको छ ।
कलाकारको जीवन्त अभिनयले पनि ‘सेर्कु’लाई  फरक धारमा दर्शाउन खोजेको निर्माण पक्षको भनाई छ ।

भिडियो

Comments

comments