मोहन तामाङ
संखुवासभा । संखुवासभाको खाँदबारीमा वितरण हुँदै आएको मांसिमा खानेपानीको महशुल बृद्धि उपभोत्ताहरुले विरोध गरेका छन् । खाँदबारी खानेपानी उपभोत्ता तथा सरसफाई संस्थाले शुल्क वृद्धी गरेपछि शुक्रबार उपभोत्ताले शुल्क वृद्धी नगर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । खानेपानीको मूल्य वृद्धि रोक्न गठीत संर्घष समितिले खानेपानी उपभोत्ता तथा सरसफाई संस्थालाई शुल्क वृद्धी रोक्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

खानेपानी आयोजना सम्पन्न भएको समितिले जनाए पनि नियमित रुपमा पानी वितरण नै नगरी पानीको महशुल वृद्धी गरेको संर्घष समितिका अध्यक्ष युवराज खड्काले बताए । पाँच दिन भित्र महशुल वृद्धी फिर्ता नलिए उपभोत्ताहरु आन्दोलनमा उत्रने संघर्ष समितिका अध्यक्ष खड्काको भनाई छ । साधारण सभाले पारित नगरी महसुल बृद्धी गरिएपछि उपभोत्ताहरु रुस्ट हुँदै आएका थिए ।

खानेपानीको मिटरमा अत्याधिक हावा आउने र मिटर छिटो घुम्दा महशसल बढी तिर्नु पर्ने भएकाले मिटर परिवर्तन गर्नु पर्ने उपभोक्ता सुनाबुटी शेर्पाले बताए । अर्का उपभोक्ता राम खत्रीले ७ सय रुपैंया तिरीरहेको उपभोक्ताले अहिले २२ सय रुपैंया तिर्नु परेको गुनासो गरे ।

खानेपानी महसुल कहिलेदेखि बढायो ?

उपभोत्ताको ५ प्रतिशत लगानी र सरकारको ५० प्रतिशत अनुदान रहेको खानेपानी आयोजनाको महसुल गत साउन देखि लागु हुने गरी ५३ प्रतिशत महसुल वृद्धि गरिएको खाँदबारी खानेपानी उपभोत्ता सरसफाई संस्थाले जनाएको छ ।

संस्थाले न्युनतम ५ युनिट सम्मको प्रति महिना १ सय ५० बाट २ सय ३० रुपैयाँ बढाएको हो । त्यसैगरी ६ देखि १० युनिट सम्म प्रतियुनिट ४५ रुपैयाँ रहेकोमा हाल ७० रुपैयाँ पु¥याएको छ । ११ देखि २० युनिट सम्मको प्रतियुनिट १ सय ५ रुपैयाँ पु¥याएको छ, यस अघि प्रति युनिट ७२ रुपैयाँ लिइदै आएको थियो । सबै भन्दा धेरै २० युनिट भन्दा माथिका लागि प्रतियुनिट १ सय ५५ रुपैयाँ शुल्क वृद्धि गरेको संस्थाले जनाएको छ ।

Comments

comments