प्रदेश ३ मा घेदुङको जागरण अभियान घोषणा (घोषणाको पूर्णपाठ सहित)

काठमाडौं । ताम्सालिङ भूमिलाई केन्द्रीत गरेर नेपाल तामाङ घेदुङले जागरण तथा संगठन निर्माण अभियान सुरु गर्ने भएको छ । आज घेदुङको संघीय सभाहलमा पत्रकार सम्मेलन गरेर घेदुङले त्यस सम्बन्धि जानकारी गराएको हो ।

‘सामाजिक मुद्दा सहितको राजनीतिक बिचार र राजनीतिक विचार सहितको सामाजिक जागरण’ भन्ने नारा दिइएको उक्त अभियानमा पहिलो, दोस्रो र तेस्रो गरी तिन चरणमा कार्यक्रम सञ्चालन गर्ने घेदुङका महासचिव बाबु घिसिङले बताए ।

उहाँको अनुसार पहिलो चरणमा नेवाः ताम्सालिङ (३ नं.) प्रदेशमा तामाङ बसोबास रहेको १०० भन्दा बढी स्थानीय तहमा संगठन निर्माण गर्ने, दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम सहितको ताम्सालिङ जागरण सभाहरु सम्पन्न गर्ने र तेस्रो चरणमा निश्चित कार्यकर्तालाई (विशेष युवा लक्षित) प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संगठन निर्माणको लागि १३ जिल्लालाई ६ वटा समूहमा विभाजन गरी संघीय कार्य समितिका पदाधिकारी, विभागीय प्रमूख, भातृसंगठनका अध्यक्ष, संघीय सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला अध्यक्षहरुलाई जिम्मेवारी तोकिसकेको प्रदेश समितिका अध्यक्ष तथा संगठन संयोजक सोमबले तामाङले बताए ।

संगठन निर्माणको काम हामी असोज महिनाभित्र सक्ने योजनामा छौ, प्रदेश अध्यक्षले भने– यदि लम्बियो भने कातिक १५ सम्म पुग्न सक्छ । त्यसपछि लगत्तै जागरण सभा सञ्चालन गरिने उनले बताए ।

जागरण सभामा ताम्सालिङ भूमि, समुदायको पहिचान, अधिकार, बिगतमा तामाङमाथि भएको उत्पीडन, शैक्षिक चेतना जगाउने, समाजको बिकृति, बिसंगति बिरुद्धका गीत, नृत्य प्रस्तुत गरिनुका साथै अभियानमा तामाङ बक्ता र पहिचानवादी गैर तामाङ बक्ताहरुलाई समेत लाने घेदुङले योजना बनाएको छ ।

जागरण सभाको संयोजन घेदुङका सल्लाहकार तथा जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जनले गर्नुहुनेछ । यसबाट तामाङ समुदायको सामाजिक, साँस्कृतिक, राजनीतिक चेतनाको ढोका खोल्ने योन्जनले बताए । यसखालको जागरण सभाहरु ल्होछार अगावै सम्पन्न भएपनि ल्होछारमा समेत एकमहिना सामाजिक, राजनीतिक जागरणको रुपमा पर्व मनाईने भएको छ ।

पछिल्लो चरणमा राज्यको ध्यान आकृष्ट गर्ने खालको आन्दोलन गर्न नसकेको हुँदा तामाङ समुदाय विभेदमा पर्दै गएको डा. योन्जनले बताए । उहाँले अभियानको क्रममा कुनै तत्वहरुबाट अवरोध भए त्यसको लिष्ट तयार गर्दै त्यसको मुकाविला तयार गर्नुपर्ने प्रष्ट पारे । घेदुङलाई हेर्ने दृष्टिकोण केही मान्छेहरुको नकारात्मक भएको भन्दै आफू यो अभियान सफल बनाउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

पत्रकार सम्मेलनमा पूर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिनले पहिचानको मुद्दाको कारण नै पहिलो संविधानसभा अवसान भएको भएको भन्दै आफ्नो समुदायको मुद्दाको लागि दल छोडेर हिड्न पनि तयार हुनुपर्ने बताए । उनले भने– दलहरुले आदिवासी जनजातिलाई फकाई फकाई आँखामा पट्टि बाँधेर खाल्डोमा हाल्ने काम ग¥यो ।

ल्होछार पर्व सम्पन्न भएपछि भाषा, साहित्य तथा प्रशिक्षण विभागको संयोजनमा तत्कालै कार्यकर्ताहरुको नेतृत्व विकास, संगठनको महत्व, पहिचानको आन्दोलन तथा स्थानीय सत्तासँगको सहकार्य जस्ता विषयमा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिने भाषा विभाग प्रमूख काजिमान थिङले बताए ।

उनले भने– प्रशिक्षण कार्यक्रममा तामाङ युवाहरुलाई लक्षित गरेर चैत महिनाभित्रमा सक्ने योजना रहेको छ । त्यसपछि यो अभियानको समापन गरिने र अर्को कार्यक्रमको तयारी गरिने थिङले बताए ।

यो तिनै चरणको कार्यक्रमबाट ताम्सालिङ क्षेत्रका कम्तिमा १०० स्थानमा घेदुङको संगठन बन्ने, जागरण सभा ५० स्थानमा सञ्चालन गरेर कम्तिमा २५००० जनालाई सामुदायिक मुद्दाको बारेमा सचेत गराउने र प्रशिक्षण कार्यक्रम मार्फत कम्तिमा २५०० जना प्रतिवद्ध घेदुङको कार्यकर्ता जन्माउने घेदुङले दाबी गरेको छ ।

पत्रकार भेटघाटमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले सबै अभियन्ताहरुलाई तोकिएको जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् । उनले प्रष्टसँग भने– सक्नुहुन्छ हिड्नोस्, हिड्न नसके सहयोग गर्नुस्, दुवै गर्न सक्नुहुन्न भने बिदा लिनोस् ।

संस्थामा पद लिएर काम नगर्नेहरुको भिड बढेको भन्दै गोलेले यसखालको ब्यक्तिहरुबाट नै संगठनले गति लिन नसकेको बताए । उनले भने– कसैलाई पद पुगेन भने आफू कुर्सी खाली गर्न तयार छु तर काम गर्नुस् । अभियानमा समय दिन नसक्नेले हिड्नेलाई आर्थिक सहयोग गर्नुपर्ने अभियानकर्मीहरुको बैठकको निष्कर्ष छ । अध्यक्ष गोलेले देश, विदेशमा रहेका सबै संघ, संस्था, प्रवुद्ध ब्यक्तित्वहरुलाई अभियान सफल बनाउन सहयोगको लागि आग्रह समेत गरे । अभियानको आर्थिक ब्यवस्थापनका लागि घेदुङ बहुउद्देश्यीय सहकारी संस्थामा ताम्सालिङ जागरण कोष खडा गरेको छ । जागरण सभा र प्रशिक्षण अभियानको क्रममा सहयोगदाताहरुको नाम र सहयोग राशी वाचन गरिनेछ ।

उक्त कोष घेदुङका सल्लाहकार डा. गणेश योन्जन, प्रदेश समितिका अध्यक्ष सोमबले तामाङ र घेदुङका कोषाध्यक्ष रुपबहादुर योन्जनको संयुक्त दस्तखतबाट सञ्चालन हुने भएको छ । अभियानको समाप्तीपछि कोषको आय–ब्यय सार्वजनिक गरिने कोषाध्यक्ष रुपबहादुर योन्जनले बताए ।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको जागरण अभियानको पूर्ण पाठ:

१) घेदुङको परिचय:
नेपाल तामाङ घेदुङ २०१३ सालमा स्थापना भएको र २०४८ सालमा विधिवत दर्ता भई अनवरत सञ्चालनमा रहेको तामाङ समुदायको एकमात्र साझा, राष्ट्रिय संस्था हो । यो संस्था आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद्को संस्थापक सदस्य संस्था हो र नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य संस्था पनि हो ।

घेदुङ तामाङ समाजको हित चाहने एक लाभ निरपेक्ष, कल्याणकारी राष्ट्रिय स्तरको समुदायमा आधारित Comunity Based Organizations सामाजिक संगठन हो । जसले गर्दा यो संस्थालाई CBOS को रुपमा मात्र नभएर IPOS अर्थात आदिवासी जनजाति समुदायको संगठनको रुपमा पनि चिनिन्छ । यसले नेपालका समस्त तमाङ समुदायको सामाजिक÷साँस्कृतिक आन्दोलनको प्रतिनिधित्व गर्दछ । तामाङ समुदायको मातृभाषा, लिपि, सोनाम ल्होछार पर्व, बौद्ध, धर्म, तामाङको जन्मदेखि मृत्युसम्मको संस्कारहरु र अन्य थुप्रै तामाङ पहिचान तथा विविधताको प्रवद्र्धन, विकास र एकरुपताको साथै तामाङ जातिको हक, अधिकार स्थापनाको लागि समेत घेदुङले संस्थागत रुपमा काम गर्दै आइहेको छ । यो संस्थाले संसारको तामाङ जातिलाई एकठाउँमा गोलबन्द गर्दै लगेको छ । तामाङ समाजमा आजसम्मको सामाजिक रुपान्तरणको सबै उपलब्धि घेदुङकै देन हो । यसलाई हेर्दा तामाङ समुदायको साझा संस्थाको हैसियत नेपाल तामाङ घेदुङले मात्रै बोकेको छ ।

२) घेदुङको सांगठनिक स्थिति:
घेदुङको हाल १०१ सदस्यीय संघीय कार्य समिति रहेको छ भने ३७ सदस्यीय सचिवालय समिति रहेको छ । यसको देशभर तामाङ बसोबास रहेको ७ वटामध्ये ६ वटा प्रदेशमा प्रदेश कार्य समिति, ४७ जिल्लामा जिल्ला कार्य समिति, २०० भन्दा बढी गाउँपालिका÷नगरपालिकामा स्थानीय समितिहरु रहेका छन् । यसैगरी घेदुङको ८ वटा भातृ संगठन (महिला, युवा, विद्यार्थी, शिक्षक, लामा, संस्कृति, ताम्बा, बोन्बो) र १० वटा विभागहरु (भाषा, प्रकाशन, सूचना, खेलकुद, संगठन, पेशा ब्यसायी, मूल्याङ्कन, बुद्धिजीवी, पुरातात्विक र प्रवास समन्वय विभाग) छन् । त्यसैगरी विदेश स्थित एक दर्जन बढी मुलुकहरु क्रमश कुवेत, इजरायल, अमेरिका, बेलायत, मलेशिया, साउदी, दुबई, कतार, जापान, हङकङ, मकाउ, अष्ट्रेलिया, क्यानाडा, साईप्रस, इराक, बहराईनमा प्रवास समिति तथा घेदुङको सम्बन्धन प्राप्त गरेका आवद्ध तामाङ संस्थाहरु रहेका छन् ।

आफ्नो मातहतको संगठनहरु र त्यसमा रहेका जनशक्तिलाई सक्रिय तुल्याउन संघीय कार्यालय तथा सचिवालयका सदस्यहरु जिल्ला, गाउँ तहसम्म जानुका साथै विदेशमा रहेको संस्थाहरुलाई समेत घेदुङले समय समयमा प्रशिक्षण, छलफल, अन्तरक्रिया, गोष्ठी, सभाको माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

३) अभियानको लक्ष्य:
तामाङ समुदायको सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक पक्षहरुको सुदृढिकरण र तामाङ एकतमा जोड दिँदै समुदायगत रुपमा तामाङलाई राजनीतिक शक्तिको रुपमा स्थापिन गर्नु यो अभियानको मूल लक्ष्य रहेको छ ।

४) अभियानको उद्देश्यहरु:
यो अभियानको उद्देश्य ताम्सालिङ क्षेत्रका तामाङ बसोबास रहेको सबै स्थानीय तहहरुमा घेदुङको संगठन निर्माण गर्नु हो । यसैगरी सामाजिक, साँस्कृतिक तथा राजनीतिक मुद्दालाई उठाउँदै तामाङ एकतामा जोड दिने, ताम्सालिङ पहिचान र अधिकारमुखी आन्दोलनमा स्थानीय तहबाटै जनमत सिर्जना गर्ने, घेदुङको कार्यकर्ता र अन्य तामाङ युवाहरुको नेतृत्व विकास तथा क्षमता अभिबृद्धिमा जोड दिने साथै तामाङ समुदायको एकमात्र राष्ट्रिय साझा संस्था नेपाल तामाङ घेदुङलाई तामाङको सुःखदुःखको साथी संस्था र साझा संस्थाको रुपमा विकास गर्दै लाने यो अभियानको उद्देश्य रहेको छ ।

५) अभियानका क्रियाकलापहरु:
यो अभियानलाई संगठन, जागरण र प्रशिक्षण समेत ३ चरणमा विभाजन गरिएको छ ।

(क) पहिलो चरण:
यस चरणमा नेवाः ताम्सालिङ (३ नं.) प्रदेशको सबै स्थानीय तहमा घेदुङको संगठन निर्माण गरिसक्ने योजना छ । संगठन निर्माणको कार्य सम्भव भएसम्म २०७५ असोज महिना भित्रमा सम्पन्न गरिनेछ । यसको लागि घेदुङको ३ नं. (नेवाः ताम्सालिङ) प्रदेश कार्य समितिका अध्यक्ष सोमबले तामाङलाई संयोजकको जिम्मेवारी तोकिएको छ भने संगठन विभाग प्रमूख कुलन घिसिङलाई सहसंयोजकको सह संयोजकको जिम्मेवारी दिएको छ । यसका साथै घेदुङको संघीय सदस्यहरुले सम्बन्धित जिल्लाको इन्चार्जको रुपमा काम गर्नेछ र जिल्ला अध्यक्षहरुलाई सम्बन्धित जिल्लाको संयोजकको जिम्मेवारी तोकेको छ । संगठन निर्माणको लागि निम्न अभियन्ताहरुलाई निम्न जिल्लाको जिम्मेवारी दिइएको छः–

काठमाडौं र ललितपुर जिल्ला संगठन निर्माणमा सहभागी हुने अभियानकर्मीहरु:
बेली लामा (बरिष्ठ उपाध्यक्ष), सीता गोले (संघीय उपाध्यक्ष), रामकृष्ण ब्लोन (संघीय सचिव), सञ्चु ब्लोन (संघीय सचिव), रामभक्त बोम्जन (सचिवालय सदस्य), प्रेम लो तामाङ (संस्कृति घेदुङ अध्यक्ष), मोहनकुमार तामाङ (शिक्षक घेदुङ अध्यक्ष), होमबहादुर तामाङ (खेलकूद विभाग प्रमूख), बेलबहादुर लुङ्बा (पेशा ब्यबसायी विभाग प्रमूख), सूर्यमान तामाङ (संघीय सदस्य), बाबुलाल तामाङ (संघीय सदस्य), निर्मला लामा (संघीय सदस्य), संगीता बोम्जन (प्रदेश सदस्य), सुजिता तामाङ (प्रदेश सदस्य), जमुना तामाङ (प्रदेश सदस्य), सुरेश तामाङ (काठमाडौ जिल्ला अध्यक्ष) र मानबहादुर योन्जन (ललितपुर जिल्ला अध्यक्ष) रहेका छन् ।

दोलखा र रामेछाप जिल्ला संगठन निर्माणमा सहभागी हुने अभियानकर्मीहरु:
कुमार घिसिङ (संघीय उपाध्यक्ष), कुलन घिसिङ (संगठन विभाग प्रमूख), कुयाङ लामा (पुरातात्विक विभाग प्रमूख), प्रेम मोक्तान (अनुशासन विभाग प्रमूख), सीताराम पाख्रिन (युवा घेदुङ अध्यक्ष), पासाङ मोक्तान (ताम्बा घेदुङ अध्यक्ष), सरोजमोहन मोक्तान (संघीय सदस्य), सोनाम ग्याबाक (संघीय सदस्य), हर्कमान तामाङ (संघीय सदस्य), छेवाङ तेन्जिङ लामा (संस्कृति घेदुङ महासचिव), शान्ति थिङ (प्रदेश कोषाध्यक्ष), रोज मोक्तान (प्रदेश सदस्य), संगीता तामाङ (प्रदेश सदस्य), नबिन लामा (दोलखा जिल्ला अध्यक्ष) रहेका छन् ।

नुवाकोट र धादिङ जिल्ला संगठन निर्माणमा सहभागी हुने अभियानकर्मीहरु:
रमेश तामाङ (संघीय उपाध्यक्ष), अक्कल तामाङ (संघीय सदस्य), जयमान वाईबा (संघीय सदस्य), सुनिता थोकर (संघीय सदस्य), बिना माम्बा (संघीय सदस्य), बिगेन्द्र सिंह वाईबा (संघीय सदस्य), अरुण लामा (प्रदेश सचिव), सोमबहादुर तामाङ (प्रदेश सदस्य), भिमबहादुर तामाङ (प्रदेश सदस्य), शक्तिमाया तामाङ (प्रदेश सदस्य), रामसिंह लामा (धादिङ जिल्ला अध्यक्ष) रहेका छन् ।

रसुवा र सिन्धुपाल्चोक जिल्ला संगठन निर्माणमा सहभागी हुने अभियानकर्मीहरु:
अमिर मोक्तान (संघीय उपाध्यक्ष), लाक्पा ग्याम्छो लामा (बोन्बो घेदुङ अध्यक्ष), दावासाङ्बो तामाङ ((संघीय सदस्य), रामबहादुर तामाङ (संघीय सदस्य), दावालाक्पा तामाङ (प्रदेश सहसचिव), दोर्जे घिसिङ (प्रदेश सदस्य), फूलकाजी स्याङ्बो (प्रदेश सदस्य), निता ग्याबाक (प्रदेश सदस्य), सपना तामाङ (प्रदेश सदस्य), रेशम स्याङ्बो (सिन्धुपाल्चोक जिल्ला अध्यक्ष) रहेका छन् ।

मकवानपुर र चितवन जिल्ला संगठन निर्माणमा सहभागी हुने अभियानकर्मीहरु:
पाल्साङबज्र लामा (संघीय सचिव), इमानसिंह तामाङ (बुद्धिजीवी विभाग प्रमूख), श्रमिक लामा (महिला घेदुङ अध्यक्ष), गोमनसिंह तामाङ (संघीय सदस्य), सुनिल तामाङ (संघीय सदस्य), जानकी तामाङ (संघीय सदस्य), निशा थिङ (संघीय सदस्य), शमशेर तामाङ (प्रदेश सदस्य), प्रेमकुमारी तामाङ (प्रदेश सदस्य), हरिचन्द्र लामा (प्रदेश सदस्य), ठूलीमाया मोक्तान (प्रदेश सदस्य), लिलाकुमार घलान (मकवानपुर जिल्ला अध्यक्ष), गोपीराज घलान (चितवन जिल्ला अध्यक्ष) रहेका छन् ।

भक्तपुर, काभ्रे र सिन्धुली जिल्ला संगठन निर्माणमा सहभागी हुने अभियानकर्मीहरु:
रुप योन्जन (संघीय कोषाध्यक्ष), मिना पाख्रिन (संघीय सहकोषाध्यक्ष), काजिमान थिङ (भाषा विभाग प्रमूख), मिना लामा (प्रकाशन विभाग प्रमूख), जगत दोङ (सूचना विभाग प्रमूख), टासी लामा (प्रवास विभाग प्रमूख), हर्क तामाङ (विद्यार्थी घेदुङ अध्यक्ष), डिलबहादुर थोकर (संघीय सदस्य), पासाङ डोल्मु तामाङ (संघीय सदस्य), हिरालाल तामाङ (संघीय सदस्य), भरत लोप्चन (संघीय सदस्य), सुमित्रा बल (संघीय सदस्य), जितबहादुर तामाङ प्रदेश उपाध्यक्ष), अनिशा थिङ (प्रदेश सदस्य), सुरेश वाईबा (प्रदेश सदस्य), सरु घिसिङ (प्रदेश सदस्य), गम्भीर सिंह मोक्तान (सिन्धुली जिल्ला अध्यक्ष), फुर्साङ मोक्तान (काभ्रे जिल्ला अध्यक्ष), कान्छामान तामाङ (भक्तपुर जिल्ला अध्यक्ष) रहेका छन् ।

माथि तोकिएको ब्यक्ति बाहेक सबै जिल्लाका घेदुङमा आवद्ध ब्यक्तिहरु समेत यो अभियानका अभियन्ता हुनेछन् । संगठन निर्माणको क्रममा घेदुङको आजिवन सदस्यता वितरण र घेदुङको आर्थिक कार्यक्रममा सबै तामाङलाई जोड्नको लागि सहकारी संस्थाको शेयर समेत वितरण गरिनेछ । जिम्मेवारी लिएको अभियन्ताहरुले आफ्नो जिम्मेवारी पुरा गर्न नसकेमा वा कुनै खालको समस्या परेमा सो को कारण सहित लिखित जानकारी घेदुङको संघीय कार्यालयमा अविलम्ब गर्नुपर्नेछ ।

(ख) दोस्रो चरण:
यस चरणमा ३ नं. (नेवाः ताम्सालिङ) प्रदेश अन्तर्गतको विभिन्न स्थानहरुमा क्षेत्रगत रुपले जागरण गीत÷साहित्य प्रस्तुत गर्ने कलाकार, साहित्यकार, पत्रकारको साथमा तामाङ समुदायका अग्रज बक्ताहरु तथा अन्य समुदायका पहिचानवादी अभियन्ताहरुको टोली पुगेर जागरण सभा सम्पन्न गर्नेछ । जागरण सभाहरुमा सम्बन्धित क्षेत्रका तामाङ, गैर तामाङ समुदाय सबैखाले मानिसहरुको समेत सहभागिता रहनेछ । ताम्सालिङको बारेमा फैलाइएको भ्रमहरुलाई चिर्दै पहिचानको आन्दोलनमा स्थानीय तहबाट सहभागिता र समर्थन जुटाउनु यो कार्यक्रमको मूल उद्देश्य हुनेछ । यो अभियान २०७५ कातिक महिनादेखि बढीमा पुषसम्म (३ महिना) सञ्चालन हुनेछ तर समय अपुग भएमा ल्होछारको अवसरमा समेत सञ्चालन गरिनेछ । जागरण सभाको नेतृत्व नेपाल तामाङ घेदुङको संघीय सल्लाहकार तथा जापानका लागि पूर्व राजदूत डा. गणेश योन्जन ज्यूले गर्नुहुनेछ । यसमा नेपाल तामाङ घेदुङ संघीय कार्य समिति, प्रदेश कार्य समिति, जिल्ला समिति र स्थानीय समितिले आवश्यक ब्यवस्थापन मिलाउनेछ ।

(ग) तेस्रो चरण:
यस चरणमा ३ नं. (नेवाः ताम्सालिङ) प्रदेश अन्तर्गतको संगठन निर्माण भएको कमिटिका सदस्यहरुलाई ल्यापटप÷प्रोजेक्टरको माध्यमबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । यसमा संगठनको महत्व, तामाङ समुदायको सामाजिक, साँस्कृतिक, राजनीतिक मुद्दाहरु, स्थानीय सत्तासँग मिलेर गर्ने कामहरु तथा उनीहरुको नेतृत्व विकास लगायतको विषयमा प्रशिक्षण दिइनेछ । यो अभियान २०७५ पुषदेखि चैत (४ महिना) भित्रमा सम्पन्न गरिनेछ । यसको लागि नेपाल तामाङ घेदुङको भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमूख काजिमान तामाङलाई संयोजकको जिम्मेवारी तोकिएको छ । यसमा नेपाल तामाङ घेदुङ संघीय कार्य समिति, प्रदेश कार्य समिति, जिल्ला समिति र स्थानीय समितिले आवश्यक ब्यवस्थापन मिलाउनेछ ।

६) अभियान समाप्ती पछिका उपलब्धिहरु:
ताम्सालिङ क्षेत्रका तामाङ बसोबास रहेको १०० वटा स्थानीय तहमा घेदुङको संगठन निर्माण भएको हुनेछ । तामाङको समसामयिक सामाजिक, साँस्कृतिक तथा राजनीतिक मुद्दाहरु तल्लो तहसम्म बहसको प्रारम्भ भई पहिचान र अधिकारमूखी आन्दोलनमा गाउँ तहबाट जनमत सिर्जना भएको हुनेछ । जागरण सभामार्फत प्रत्यक्ष, अप्रत्यक्ष रुपमा कम्तिमा ५० वटा जागरण सभा सञ्चालन भई ५०० जनाको दरले कम्तिमा २५००० जना सामुदायिक आन्दोलनबारे प्रष्ट हुनेछन् । प्रशिक्षण कार्यक्रमबाट घेदुङको स्थानीय तहमा काम गर्ने कार्यकर्ताको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि भएको हुनेछ । यसमा ५० स्थानीय तहका ५० जनाको दरले कम्तिमा २५०० जना घेदुङका कार्यकर्ता तथा अन्य ब्यक्तिहरु प्रशिक्षित हुनेछन् । नेपाल तामाङ घेदुङ तामाङ समुदायको सुःखदुःखको साथी र साझा संस्थाको रुपमा विकास भएको हुनेछ ।

७) समन्वय:
यो तिनै चरणको कार्यक्रमको समन्वयकारी काम घेदुङको अध्यक्ष र महासचिवले गर्नेछ । आवश्यकता अनुसार अध्यक्ष र महासचिव समेत अभियानमा पुग्नेछन् । अभियानमा कुनै समस्या आए समाधानका उपाय खोज्ने, अभियानको सूचना निरन्तर बाहिर प्रवाह गर्ने र स्थानीय तहमा पुगेको टिमलाई आवश्यकता अनुसार सहयोग गर्नेछ । अभियानको लागि आवश्यक स्रोत ब्यवस्थापनको कार्य गर्नेछ ।

८) चुनौतीहरु:
अभियान सञ्चालनको दौरानमा मौसम र चाडपर्वको प्रतिकूलता आउनसक्छ । जिम्मेवारी दिइएको अभियन्ताहरु जिम्मेवारी अनुसार परिचालित हुन नसक्ने सम्भावना पनि छ । जागरण सभा र प्रशिक्षण कार्यक्रमको लागि आर्थिक स्रोतको अभाव हुनसक्छ । अभियानकर्मी बीचमा र स्थानीय तहका साथीहरुमा मतभेद सिर्जना हुसक्छ । काममा अघि सकेपछि अभियानको बारेमा गलत भ्रम फैलाउन सक्ने खतरा पनि छ तर घेदुङसँग यसखालको चुनौतीहरुलाई चिरेर अघि बढ्ने पूर्व रणनीतिक तयारी भएकोले यसले अभियान असफल बनाउन नसक्ने हाम्रो विश्वास छ ।

९) कोषको ब्यवस्थापन:
ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियानको नाममा एउटा छुट्टै कोष स्थापना गरिनेछ । कोष नेपाल तामाङ घेदुङको सल्लाहकार डा. गणेश योन्जन, नेवाः ताम्सालिङ प्रदेश समितिका अध्यक्ष सोमबले तामाङ र घेदुङको कोषाध्यक्ष रुपबहादुर योन्जनको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ । यो कोषको खाता घेदुङद्वारा सञ्चालित घेदुङ बहुउद्देश्यीय सहकारी संस्थामा खोलिनेछ । कोषमा देश, विदेशबाट स्वेच्छिक रुपले प्राप्त हुने संस्थागत, ब्यक्तिगत सहयोग रकम, सरकारको विभिन्न तह प्रदेश, पालिका र वडा तहबाट प्राप्त हुने सहयोग रकम जम्मा हुनेछ । अभियानको जिम्मेवारी लिएको तर समय दिन नसक्ने ब्यक्तिहरुले उपलब्ध गराएको आर्थिक सहयोग रकम समेत यस कोषमा जम्मा हुनेछ । कोषको रकम जागरण अभियानको निश्चित कार्यमा बाहेक अरुमा खर्च गरिने छैन ।

१०) विविध:
तिनै चरणको अभियान सकिएपछि २०७६ बैशाखको दोस्रो हप्ताभित्रमा समिक्षा सहित यसको विधिवत् समापन गरिनेछ । अभियान सफल बनाउने अभियन्ताहरुको मूल्याङ्कन सहित समापनको बेला धन्यवाद ज्ञापन गरिनेछ । अभियानको लागि भौतिक, आर्थिक, नैतिकमध्ये कुनैपनि खालको सहयोग गर्न नसक्ने ब्यक्तिहरुलाई कार्यदलले कारवाहीको सिफारिस गर्नेछ । समापनको बेलामा सम्पूर्ण आय–ब्यय समेत सार्वजनिक लेखापरिक्षण ९एगदष्अि ब्गमष्त० को माध्यमबाट पारित गरिनेछ । यो अभियानको समाप्तीपछि आवश्यकता र औचित्यको आधारमा अर्को चरणको कार्यक्रम समेत सुरु गर्नेछ । थुजेछे, फ्याफूल्ला ।।

नेपाल तामाङ घेदुङ
ताम्सालिङ जागरण तथा संगठन निर्माण अभियान
तयारी कार्यदल ।

Comments

comments