दुध लोप्चन,

दक्षिण कोरिया । कोरियामा रहेका संस्था रामेछाप सम्पर्क समिति दक्षिण कोरियाको सेप्टेम्बर २३ मा गर्ने दोस्रो अधिबेशनको तयारी पूरा भएको छ ।

`प्रबासमा रहेका रामेछापबासी एक हौ, जिल्लाको बिकासमा टेवा पुर्‍याऔ´ भन्ने मुल नाराको साथ दक्षिण कोरियामा सन् २०१६ मा स्थापना भएको समितिको ऐतिहासिक दोस्रो अधिबेशनको तयारी भएको समितिका सदस्य बुद्ध लामाले जानकारी दिए ।

समितिको पदाधिकारीको प्रारम्भिक बैठकले अधिबेशन सूचना जारी गर्दै विशेष रुपमा जिल्लाबासीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् । अधिबेशन स्थान दोङदेमुन ३ नं. गेट अगाडी शुभेक्षा रेस्टुरेन्टमा हुने जनाएको छ ।

समितिका अध्यक्ष भिम खड्का र सचिब रबिप्रताब घिसिङले संयुक्त रुपमा सूचना जारी गर्दै त्यस दिन सबैमा उपस्थितिको लागि आव्हान गरेका छन् ।