नाङसालको ९५ अौँ नियमित कार्यक्रम सम्पन्न

रत्नकुमार तामा
काठमााडौं । नाङसाल क्लब नेपालले शनिबार काठमाडौं भृकुटीमण्डप स्थित आर. आर. क्याम्पसमा नियमित साहित्य वाचन कार्यक्रमको ९५ अौँ शृङ्खला सम्पन्न गरेको छ ।

‘मोक्खोन तामाङला गिक्खेन काअी, तामाङ ह्युल्बादा छोर्ना लाअी’ भन्ने मुल नाराका साथ स्थापित नाङसाल क्लब नेपालले तामाङ भाषा, धर्म, संस्कार साँस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यले प्रत्येक महिनाको पहिलो शनिबार काठमाडौं आसपास तथा तामाङ गाउँ बस्तिमा पुगि साहित्य मार्फत तामाङ आवाजलाई बुलन्द पर्दै आएको छ।

कार्यक्रमा साहित्यकारहरुले मातृभाषा तथा खास भाषामा गजल, कविता, गीत, मुक्तक प्रस्तुत गरेको थियो । आफ्नो रचना प्रस्तुत गर्नेहरुमा साहित्यकारहरु मिलन तामाङ, बि लामा, राजु मोक्तान, वुद्ध योञ्जन, मुक्तान थेबा, मिक्साङ वाईबा, सुनिता लामाखोर, दिलिप मोक्तान, डुप्साङ तामाङ, तिर्थमान बलर, रत्न कुमार तामाङ रहेका छन् । कार्यक्रम क्लबका सचिव मिथिला स्याङतानद्वारा सञ्चालन गरेका थिए ।

Comments

comments