तेमालको विद्यालयहरुमा नयाँ शैक्षिक सत्रदेखि तामाङ मातृभाषामा पठानपाठन हुने

तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको ३ वटा विद्यालयमा शैक्षिक सत्र २०७६ देखि तामाङ मातृभाषामा शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

तेमालको विद्यालयहरुमा नयाँ शैक्षिक सत्रदेखि तामाङ मातृभाषामा पठानपाठन हुने

भाषा आयोग, भिएसओ, नेपाल र तेमाल गाउँपालिकाको सहकार्य र समन्वयमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।
विशेष गरि कक्षा १ देखि ३ कक्षासम्म तामाङ समुदायका विद्यार्थीहरुलाई तामाङ मातृभाषाको माध्यमबाट शिक्षा प्रदान गर्ने भएको छ ।

तेमालको विद्यालयहरुमा नयाँ शैक्षिक सत्रदेखि तामाङ मातृभाषामा पठानपाठन हुने

‘सिकाइ उपलब्धि अभिवृद्धिका लागि मातृभषाामा शिक्षा’ कार्यक्रम आयोजना गरिएको बाहुभाषिक शिक्षा परामर्श कार्यक्रममा भाषा आयोगका सचिव लोकबहादुर लोप्चानले बताए ।

तेमाल गाउँपालिका वडा नं. २ मा रहेको वालकल्याण आधाभूत विद्यालय, वडा नं. ५ मा रहेको नारायणस्थान मावि, वडा नं. ८ मा रहेको सेतीदेवी माविमा तामाङ मातृभाषामा शिक्षा कार्यक्रमको लागि परामर्श कार्यक्रम सम्पन्न भएको छ ।
अभिभावक, कक्षा १ देखि ३ सश्म्मका विद्यार्थी र शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका प्रतिनिधिहरुसँग प्रत्यक्ष परामर्श गरेको थियो ।

कार्यक्रममा भाषा आयोगका सचिव लालजंग चौहान, भाषाविद अमृत योञ्जन, भाषा आयोगका उपसविच लोकबादुर लोप्चन, पाठ्यक्रम विकास केन्द्रका निर्देशक धनबहादुर श्रेष्ठ लगायतका उपस्थित भएका थिए ।

पुष २५ गतेदेखि २७ गतेसम्म चलेको परामर्श कार्यक्रम प्रत्येक विद्यालयमा सञ्चालन गरेको थिए । परामर्श कार्यक्रममा मातृभाषाको पाठ्यपुस्तक कस्तो बनाउने र के के सामग्री समावेश गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

तेमालको विद्यालयहरुमा नयाँ शैक्षिक सत्रदेखि तामाङ मातृभाषामा पठानपाठन हुने

भाषा आयोग, भीएसओ, नेपाल र विद्यालयबीच विभिन्न प्रतबद्धताका साथ सहकार्यपत्रमा हस्ताक्षर समेत गरेको थिए ।

तेमालको विद्यालयहरुमा नयाँ शैक्षिक सत्रदेखि तामाङ मातृभाषामा पठानपाठन हुने

भाषा आयोग, भीएसओ नेपाल र विद्यालयबीचको सहकार्यः पत्रमा यस्तो छः

१. भाषा आयोग र भीएसओ नेपाल
क) बाल कक्षा र कक्षा १ को लागि शिक्षक तालिम
खं) सामाजिक पाठ्यपुस्तकः ८० प्रतिशत तामाङ भाषामा सहजीकरण
ग) स्थानीय भाषा ः २० प्रतिशत पाठ्यसामग्री निर्माण्
घ) भाषा आयोग र भीएसओ नेपालको तर्फबाट विद्यालयको तामाङ भाषाको सहक्रियाकलापमा सहयोग र सहभागिता जनाउने सक्नेछ ।

२. विद्यालय
क. तामाङ भाषाको पुस्तक कुनाको व्यवस्था र शैक्षिक सामग्रीको व्यवस्था गर्ने,
ख. बहुभाषिक शिक्षा साइनबोर्ड टाँस गर्ने,
ग. पाठ्यक्रमअनुसार स्थानीय विषयको पठनपाठन गर्ने,
घ) सिकाइ उपलब्धि अभिवृद्धि कार्य पहिलो वर्षबाट १० प्रतिशत बढाउँदै लैजाने ।
ङ) सामाजिक तथा सिअक बाहेक अन्य विषयहरुको पठनपाठनमा तामाङ माध्यम भाषालाई दिइनेछ ।
च) विद्यालयले बहुभाषिक शिक्षासम्बन्धी अभिभावकसँग अन्तरक्रिया र छलफल गर्दै जानेछ ।
छ) विद्यालयले सहक्रियाकलापको माध्यममा तामाङ भाषालाई अपनाउन सकिनेछ ।

३. अनुगमन मूल्याङ्कन: भाषा आयोग,गाउँपालिका र भीएसओ नेपाल
क) मासिक कक्षा अवलोकन तथा पृष्ठपोषण संयुक्त वा एकल रुपमा गर्ने ।
ख)त्रैमासिक रुपमा विद्यार्थीको सिकाइ उपलब्धिको मापन र सम्बद्ध स्थानमै समीक्षा गरिनेछ ।