काभ्रे । चर्चित गायक तथा संगीतकार विश्व दोङले ‘क्या राम्रो धरान बजार’ भिडियो दर्शक माझ ल्याएका छन् । पुर्वे्लि भाका ‘क्या राम्रो हजुर धरान बजार’ बोलको गीत लिएर श्रोता, दर्शक माझ आएका हुन् । धरान वरपरका पर्यटकिय स्थानहरुलाई समेटेर बनाएको योगितलाई उनले एल्बम ‘स्नेह’ मा समेटिएको छ ।
दोङ तामाङ गीत संगीतमा निक्कै नै स्थापिपत नाम हो । त्यसैगरी नेपालाी गीत संगीत क्षेत्रमा पनि निक्कै नै चर्चा कमाउन सफल भएका छन् । उनको नेपाली लोक, आधुनिक, सेलो गितहरु राम्रो लगाव छ । ‘घुम्टो चुरा’, घुम्न पो जाँदा, टुङ्ना त तीन तारे, माथी माथी, गोरिमा गोरि, म्हाबर ग्याम्से, नाम्सा ख्लासी जस्ता गितहरु अत्यन्तै चर्चित गीत हरुहुन् । रुचाएका गितहरुमा पर्छन् ।
भिडियो छायांकनलाई समेत धरानमै गरिएको छ । निर्देशन, छायांकन, सम्पादन जिग्मे मिडिया सुर्य लामाले नै गरेका हुन् भने अभिनयमा स्वयम् विश्व दोङ र मिना तामाङले गरेका छन् ।
पर्पल स्टुडियोमा सुमन खड्काले रेकर्ड गरिएको गितको एरेन्ज भने फनिन्द्र राईले गरेका छन, त्यस्तै मिक्सिङमा दिपेश प्रधानको रहेको छ ।