उ बेला भगवान ‘बुद्ध’ बिहार हुँदै जादा उरूबेला काश्यप नाम गरेको, ख्याति प्राप्त ब्राह्मणको बासस्थानमा पुग्नु भएछ । त्यतिबेला ती ब्राह्मण आफ्नो ५ सय शिष्याहरूको साथमा पुजा गरिरहेको थियो । त्यो दृश्य देखेर भगवान ‘बुद्ध’ त्यहाँबाट फर्केर निरन्जन नदीको तिरमा गाएर बस्नु भएछ । उरूबेला काश्यपलाई भगवान बुद्ध आफुले पुजा गरेको ठाउँमा आएर नबस्नु भनेर फर्केको कारण बुझ्न मन लागेछन् र भगवान बुद्धलाई खोज्दै जानू भएछ । जहाँ भगवान बुद्ध बस्नु भएको थियो, त्यहाँ नै पुगेर उरूबेला काश्यपले भगवान बुद्धलाई भेटनु भएछन् । अनि भगवान बुद्धलाई सोध्नु सोध्नुहुन्छ:
“बुद्ध तपाईं मेरो पुजा गरेको स्थानबाट नबस्नु भई किन फर्कनु भयो ?”
भगवान बुद्ध: “हे काश्यप! यसको कारणहरू छन् ।”
उरूबेला काश्यप: “के कारण छ ?”
भगवान बुद्ध: ‘दुखको कारण छ । त्यो तिमी मान्छौ कि मान्दैनौं ?’
काश्यप: ”हो बुद्ध ! दुखको कारणहरू छन् । त्यो मान्छु ।”
भगवान बुद्ध: “दुख निवारण मार्गहरू पनि छन् । त्यो मान्छौ कि मान्दैनौं ?”
काश्यप: ‘हो बुद्ध ! त्यो पनि मान्छौं ।’
भगवान बुद्ध: ”काश्यप तिमी पुजा गरि रहेको थियौ ! त्यो किन र के कारणले ?”
काश्यप: “बुद्ध ! त्यो सबै प्राणीहरूको दु:ख मुक्तिको लागि थियो र कारण पनि त्यँही थियो ।”
भगवान बुद्ध: “हे काश्यप ! तिमीले यो निरन्जन नदीको पारी तिर देखेको छौ नि ?”
काश्यप: ‘हो बुद्ध! मैले देखेको छु ।’
भगवान बुद्ध: “त्यो पारी तिरमा तिमी पुग्नु छ भने के गर्नु पर्छ ? यो वारि तिरमा बसेर पुजा गरेर तिमी के पारी पुग्छौं ?”
काश्यप: ”पुग्दैनन बुद्ध !’ त्यहाँ पुग्नको लागि प्रायस र कोशिसहरू गर्नु पर्छ ।
भगवान बुद्ध: हो काश्यप ! तिमीलाई नदीको त्यो पारी तिरमा वारीबाट पुग्नु छ भने पौडी खेलेर हुन्छ कि, नाउमा चढेर हुन्छ कि, वा पुलबाट तिमी पारी पुग्न सक्छौ । जसरी वारि बसेर पुजा गरेर पारी नदीको तिरमा पुग्न सकिदैनन् । पारी पुग्नको लागि कोसिस र माध्यमहरू चाहिन्छन्। त्यसरी नै दु:खको निवरण पनि पुजा र आराधनाले होईनन् । त्यसको पनि मार्गहरू छन् । त्यसलाई खोज्नु पर्छ ।”
उरूबेला ब्राम्हण विद्वान नै थियो । भगवान बुद्धको यो व्यावहारिक ज्ञान र उपदेशले चेतना खुल्यो । अनि भगवान बुद्धको पाउमा पर्न पुग्यो साथै उसको ५ सय शिष्याहरू सहित भिक्षु संघमा प्रवेश गर्दै भगवान बुद्धको शरणमा जानू भयो। यो कथाको सारले सबैको चेतना खुलोस !
 
सर्व मंगल भवन्तु !

Comments

comments