(सानु शेर्पा, भोटेकोशी गाउँपालिका वडा नं. ५ का स्थायी बासिन्दा हुन् । वैदेशिक रोजगारको सिलसिलामा शेर्पा हाल इराकमा छिन् । उनी नेपाली महिला समाज कुर्दिस्तानका अध्यक्ष हुन् । रोजगारको सिलसिलामा उनी इराक पुगेकी छिन् । प्रस्तुत छ तेमाल अनलाईनका इराक प्रतिनिधि सुनिता दोङ तामाङले उनीसँग गरेको कुराकानी । –सम्पादक)
० नेपाली महिला समाज, कुर्दिस्तानको इतिहास अलिकति बताईनुहोस् न ।
–कुर्दिस्तान भरि रहेको प्रवासी नेपाली महिलाहरुलाई एकै ठाउँमा संगठीत हुने मानसायले यो संस्थाको स्थापना गरिएको हो । यहाँ आपकालिन तथा आइपरेको समस्याहरुलाइ सकेसम्म सहयोग गर्ने, विशेष गरि महिला उत्पीडितहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
० संस्थाले अहिलेसम्म गरेको सामाजिक कार्यहरु भन्नुहोस् न ।
–हाम्रो संस्थाले नेपालको विभिन्न भागमा धेरै सामाजिक कामहरु गरेका छ । स्थापना कालदेखि हालसम्म समाजले धेरै कामहरु गरेको छ । कुर्दिस्तानमा पनि धेरै समस्याहरुमा परेका नेपालीहरु छन् । तिनीहरुको सहयोगी बनेको छ संस्था । त्यतिमात्र होइननेपालमा रहेका मृगौला पिडित, क्यान्सर पिडित लगायतकालाई आर्थिक सहयोग गरेका छौं ।
० संगठीत गराउन कतिको सजिलो छ ?
–इराक जस्तो देशमा संगठीत हुन गाह्रो लागेको मात्र हो । त्यसैले संगठीत गराउन खासै गाह्रो त छैन । एउटा संगठन स्थापना पछि यस देशमा जति पनि संगठन छ सबैसँग भाईचाराको नाता हुनुपर्छ । सहकार्य गर्नुपर्छ तसर्थ सजिलो नै छ ।
० इराकमा नेपालीहरु कस्ता कस्ता भिसाका रहेका छन् ?
–इराकमा भिजिट र वर्कीङ भीसा छ ।
० नेपालीहरुको समस्या के के देख्नुभएको छ ?
–इराकमा बैदेशिक रोजगारको लागि अनुमति छैन । तर पनि नेपालीहरुको रोजाईको देश इराक बनेको छ । राज्यको नजर हामी माथि कहिल्य पनि पर्दैन । त्यसैले नेपालीहरुको समस्या त धेरै छ । विशेष गरि केटाहरु भिजिट भिसामा आउँछ तर ओर्कीङ भिसा बनाउन सकिदैन । गैरकानूनी रुपमा रहन बाध्य हुन्छन् धेरै नेपालीहरु ।
० समस्या समाधान गर्न कतिको सजिलो छ त ?
–हाम्रो देशको सरकारको नजर हाम्रो समस्या माथि परेको छैन । हाम्रो यहाँ कृयाशिल रहेका विभिन्न नेपाली संघसंस्थाहरुले सकेसम्मको सहयोग गरिरहेको नै छ । समस्या विभिन्न गरिको हुन्छ यहाँ । समस्या समाधान गर्न धेरै गाह्रो छ ।
० नेपालीहरुको आकर्षण इराकमा बढीरहेको छ कारण के होला ?
–जीवनको लागि जोखिमपूर्ण रहेपनि नेपालीहरुले धेरै कमाउन सकिन्छ । महिलाहरुको लागि सुरक्षित रोजगारी भएकोले सबैको ध्यान यता भएको हो भन्ने लागेको छ ।
० सरकार इराकमा रहेका नेपालीहरुको लागि कतिको जिम्मेवार बनेको छ जस्तो लाग्छ ?
–सरकारले इराकमा रहेको नेपालीहरु माथि सारै गैरजिम्मवार भूमिका खेलीरहेको अनुभूत भएको छ । सरकारको नजर इराकमा पुगेका नेपालीहरुको समस्या बषौंदेखिको हो । तर सरकार कानमा तेल हालेर बसेको महासुस मलाई भएको छ । हामी पनि नेपलाी जनता हो नि । राज्य हामीप्रति निक्कै नै जैरजिम्मेवार बनेको छ ।
० सरकारले इराकमा रहेका नेपालीहरुको लागि के गरिदिनुपर्छ ?
–नेपाल सरकाले इराकमा रहेका प्रवासी नेपालीहरुलाई आवात जावत गर्न सजिलो बनाई दिए हुन्थ्यो । इराकमा धेरै नेपालीहरु रोजगार पाइरहेका छ । करिब ३५ हजार नेपालीहरु यहाँ काम गर्छन् । सबैको रेमिटेन्स पनि नेपालमै जाने भएकोले यहाँ राजदूतावासको स्थापना गर्न आबश्यक छ । दुवै देशको सरकारी स्तरबाटै यो समस्या समाधान गर्न आवश्यक छ ।
० समृद्ध नेपाल र सुखी नेपालीको नारा बोकिरहेको सरकारले वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा पुगेका नेपालीहरको कस्तो प्रभाव पारेको छ ?
–नेपालमा खासै रोजगारी नभएको कारण लाखौं लाख युवाहरु विदेशीन बाध्य भएको छ । सरकारको यो नाराले खासै छोएको जस्तो लाग्दैन । इराक छोडेर नेपालमा रोजगार सहितको जीवन बिताउन नपाएसम्म यो नाराले सार्थकता पाउँछ जस्तो लाग्दैन । मिठो छ नारा, तर खोइत सरकारको चालामाला ? त्यसैले हामी इराकमा रहेका नेपालीहरुको मन यो नाराले छुँदैन ।
० नेपाली महिला समाज, कुर्दिस्तानको आगामी कार्ययोजनाहरु के के होला ?
–२ वर्षको कार्यकाल सकेपछि अधिवेशन हुन्छ । त्यसपछि समाजलाई आज नयाँ ढंगले अगाडि बढाउन चाहन्छु । आर्थिक, सामाजिक, शैक्षिक विकासको लागि हामी अगाडि बढ्ने छौं । नेपाल र इराकमा रहेका सबै समस्यामा पर्नेहरुलाई सहयोग गर्ने छौं ।
० अन्तमा नेपाल सरकारले इराकमा रहेका नेपालीहरुलाई पनि गम्भिर ध्यानार्षण गराउन चाहन्छु ।
–इराकमा रहेका नेपालीहरुको अवस्थाको बारेमा केही कुरा राख्ने मौका पाएँ । खुशी लागेको छ । तेमाल अनलाइन परिवारलाई धन्यवाद । अनि अर्को कुरा सरकारले विशेष ढंगले हामी इराकमा रहेका श्रमिकहरुको लागि वैधानिक बनाउन नेपाली सरकारसँग यसबाटै अनुरोध गर्दछु ।
धन्यवाद ।