शान्ती तामाङ

धुलिखेल । समृद्विका लागि युवा नामक संस्थाले धुलिखेल नगरपालिकाका महिलाहरुलाई लक्षित गरेर पैतालिस दिनको बुटिक एंव सिलाई तालिमको सुरुवात गरेको छ ।

तालिमलाई गत बुधबार एक कार्यक्रमको बीच कार्यक्रमका प्रमुख अतिथी धुलिखेल नगरपालिका प्रशासकीय अधिकृत तारानाथ लुइटेलले वातावरण दिवसको अवसर पारी गमलामा पानी हालेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अधिकृत लुइटेलले सरकारको सम्वृद्घ नेपाल, सुखी नेपालीको नारा अर्थात भिजनलाई समृद्घिका लागि युवा संस्थाले यस्तो तालिमको आयोजना गरेकोमा खुसी व्यक्त गरे । साथै तालिम पश्चात नगरका महिलाहरु सक्षम हुने कुरामा विश्वास व्यक्त गरेका छन् ।

जेठ १ गते बाट सुरु भएको उक्त तालिम धुलिखेल नगरपालिकाको मुख्य सहयोग तथा समृद्घिका लागि युवा संस्थाको आयोजनामा भएको हो ।

उद्घाटन कार्यक्रममा धुलिखेल नगरपालिकाका शाखा प्रमुख विदुर सापकोटा, धुलिखेल नगरपालिका महिला परिषदका उपाध्यक्ष लालतारा अधिकारी, धुलिखेल नगरपालिका वडा नं. १० का वडाध्यक्ष पुष्पराज रावतले शुभकामना मनतव्य राखेका थिए ।

त्यसैगरी कार्यक्रममा धुलिखेल नगरपालिका महिला परिषदका सदस्य चिनीमाया तामाङ, दुर्गा खड्गी, कार्यपालिका सदस्य सन्जु तामाङ, न्यायिक समिति सदस्य गणेश आचार्य लगायतको उपस्थिती थियो ।

कार्यक्रमका सभापति समृद्विका लागि युवा संस्थाका अध्यक्ष सि.वि तामाङले हाल बुटिक तालिममा १५ जना महिला सहभागी भएको जानकारी दिएका छन् । साथै आगामी दिनमा पनि यस संस्थाले यस्ता तालिमको आयोजना गर्ने कुरा तेमाल अनलाइनलाई बताए ।

Comments

comments