सुसन सापकोटा विज्ञान

चौरीदेउराली गाउँपालिका वडा न.५ मा वडास्तरिय चौरीदेउराली उत्थान बाख्रापालन समुह रमेश गौतमको अध्यक्षतामा ११ सदस्यीय समुह गठन भएको हो ।

बाख्रापालनलाइ व्यवसायीक रुपमा अगाडि बढाउने उद्देश्यले यो समिती गठन गरिएको हो । समूह गठन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिननाथ गौतमले “हामी परम्परागत र निर्वाहमुखी खेतिपाती गर्दै आइरहेका छौं । अब हामिले आर्थिक उन्नति गर्नुछ  भने अब व्यवसायिक रुपमा काम गर्नुस पालिकाले सहयोग गर्नेछ । हालसम्म गाउँपालिकाभरी ११ वटा बाख्रा फर्म संचालनमा रहेको र अब हुने उत्पादन मध्यपहाडी लोकमार्ग प्रयोग गरेको कर्णाली लगाएतको स्थानसम्म पुर्याउनुपर्छ ।त्यसको लागि तपाईंहरु व्यवसायिक ढंगले काम गर्नुस  ।” भन्नुभयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुदै वडा अध्यक्ष राजकुमार गौतमले ” चौरीदेउराली गाउँपालिकालाइ बाख्रापालनको सुपरजोन बनाउनका लागि सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

Comments

comments