सिन्धुपाल्चोकका गाएक निमा लामाको माथिमाथि बोलको तामाङ सेलो गित सार्वजनिक भएको छ । गितसंगितको दुनिंयामा एउटा पृथक शैलिको पप सेलो गितको रचना निमा लामाको रहेको छ । साथै संगित पनि लामा आफैले भर्नुभएको छ ।

ओम कला केन्द्रको प्रस्तुती रहेको सो गितको म्युजिक भिडियोपनि सार्वजनिक भईसकेको छ । सो भिडियोको निर्देशन ओम तामाङले गर्नुभएको छ । यो भन्दा अगाडि दर्जनौं भिडियोहरुको निर्देशन गरीसक्नुभएका तामाङ भने अरुभन्दा यो म्युजिक भिडियो पृथक रहेको बताउनुहुन्छ । जसमा अहिलेका चर्चीत मोडल किरण लाक्वोलको अभिनय रहेको छ ।

लाक्वोलसंगै भिडियोमा शिला तामाङ, शुरेन तामाङ र राजु तामाङको पनि बेजोड अधिनय रहेको छ ।

सो भिडियो काठमाण्डौंको गोकर्णमा खिचिएको हो । भिडियो कमलेस श्रेष्ठले खिच्नुभएको छ । भिडियोको सम्पादन सुर्य लामाले गर्नुभएको हो भने बजार व्यावस्थापन जिग्मी मिडिया हाउसले गरेको छ ।

Comments

comments