भक्तपुर । ‘चुते ज्याबा ह्याङला,माया सयार लासी ङाअी थान्ना
जम्बुलिङरी चु मायाता,च्याको म्हिला विनाना लाला’ भन्ने गीतको म्युजिक भिडियो एक भव्य समारोह बिच सार्वजनिक गरिएको छ।
छोर्वाला काई रेडियो गेताङको पहिलो सांगीतिक प्रस्तुति गायक विहिन द‍ोङको “ङला लिला गुङरी च्याक” विमोचन, नेपाल तामाङ कलाकार संघको १२अाैं साधारण सभा तथा छैटौं अधिवेशनबाट निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान भक्तपुरको शुभकामना पाटी प्यालेसमा एक सांस्कृतिक कार्यक्रम गरि सार्बजनिक गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश नं.३ का उपसभामुख राधिका तामाङ रहेकी थिइन् । साथै विशेष अतिथि नेपाल अादिवासी चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवार ,तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकर,तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईवा,राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविन बल,तेमाल गाँउपालिका वडा ९ का अध्यक्ष चन्द्र कुमार दोङ,गायक तथा संगीतकार विशाल काल्तान, चर्चित निर्देशक तथा नायक अमिर दोङ चर्चित संगीतकार निमा दोङ होम फेसनका अध्यक्ष रञ्जिता ब्लोन,रविन्स् लामा, असमान वाईवा,संगम लामा नायिका चाँदनी मोक्तान,नायिका सुनिता लुङ्बा रचनाकार कुमार स्याङ्बो लगायत थुप्रै तामाङ कलाकारहरुको बाक्लो उपस्थित रहेको थियो।
साथै म्युजिक भिडियो थोकर फिल्मस् प्रा.लि र मान सिं तामाङ(आकाश) को प्रायोजकमा निर्माण भएको हो।शब्द सुदिन दोङ ,संगीत विहिन दोङको रहेको गीतमा स्वर गायक दोङ र जितु लोप्चान सुमधुर आवाज रहेका छन्  ।भने भिडियो अजय स्याङतान छायांकन र ड्रोन क्याप्टेन विक्रम मोक्तानले गरेका थिए।
उक्त भिडियोमा हेमन्त मोक्तान र निराञ्जली लामाले निकै सशक्त अभिनय गरेका छन् । भिडियोमा तनहुँ तथा कास्की जिल्ला फेवाताल सेतिनदी लगाएत विभिन्न मनोरम स्थलको दृश्य देख्न सकिन्छ।
भिडियो

Comments

comments