तेमाल अनलाइन संवाददाता,

दक्षिण कोरिया । एनआरएनए कोरियाको छैठौं कार्यसमिति तथा नेतृत्वपङ्तिको तहलाइ “एनआरएनए कोरियाको करोडौको हिसाबमा मनोमानी” शीर्षकमा सम्प्रेषित समाचारको खण्डन गरेका छन् ।

अनलाइन सञ्चारमाध्यममा तथ्यभन्दा बाहिरा गएर पूर्वग्रही ढगंले, आधारहिन विषय उठाएकोप्रति गम्भीरध्यानाकर्षण भएको र हदैसम्मको कारबाहीको मागसहित प्रेस काउन्सील नेपालमा निबेदन बुझाएको एनआरएनए कोरियाकी निवर्तमान अध्यक्ष तथा आइसीसी सदस्य लक्ष्मी गुरूङले जानकारी दिनुभयो ।

उक्त समाचारमा उठाइएका विषयहरू सेप्टेम्बर २१ तारिख प्रस्तुत “आर्थिक प्रतिवेदन” अधिवेशनको भेलाले स्वीकृत भएर २२ तारिखमा निर्वाचनमार्फत सातौं कार्यसमिति चयन भएको थियो ।

राज्यको चौथो अङ्ग सञ्चारमाध्यामहरूले जुनसुकै विषयवस्तुलाइ सम्प्रेषित गर्दा सम्बन्धित पक्ष (संस्था–व्यक्ति)संग वास्तबिक तथ्यलाइ नबुझि प्रस्तुत गरेकाले सामाजिक सद्भाव खलल पुगेको देखिन्छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।