४ चैत्र, काभ्रे, तेमाल । मातृभाषा प्रयोग, सम्भाव्यता, स्तर पहिचान र विद्यालय नक्सांकन गर्न भाषा आयोग तेमाल पुगेको छ ।

आईतबार तेमाल गाउँपालिका वडा नम्बर ५ मा गाउँपालिकामा रहेको सबै विद्यालयका प्रवि तहका शिक्षकहरुलाईसँग आवश्यक परामर्श तथा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा भाषा आयोगका सचिव रामप्रसाद सापकोटाले तामाङ मात्रै भएको ठाउँमा एकभाषि शिक्षा, नेपाली खस भाषा तथा अन्य भाषा पनि प्रयोग गर्न सकिने ठाउँमा वहुभाषिक विद्यालय बनाउन सकिने धारणा राखे । विशेषत मातृभाषामा शिक्षा दिन सके प्रभावकारी हुन सक्ने भन्दै उनले त्यसैको अध्ययनका लागि स्थानिय शिक्षकहरुलाई परिचालन गर्न भाषा आयोगले गृहकार्य गरिरहेको बताए । उनले तामाङ भाषा अरु मातृभाषाको तुलनामा सवृद्ध रहेकोले विद्यालय स्तरमा पनि प्रयोग गर्न सके यसको वृद्धिविकासमा समेत टेवा पुग्ने तर्क राखेका थिए । मातृभाषा विकासको सवालमा तामाङ साहित्यको विकासले पनि उत्साह थप्दै लगेकोमा उनले खुसी व्यक्त गरे ।

जनगणना २०६८ अनुसार मुलुकमा १ सय २३ भाषा रहेकोमा तिनको प्रयोग नगरे अव विस्तारै लोप हुन हुन सक्ने भएकोले तिनको संरक्षणका लागि शव्दकोष निर्माण,व्याकरणको निर्माण जस्ता काम गरी भाषालाई विश्वव्यापिकरण तर्फ लैजान भाषा आयोग स्थापना भएको प्रष्ट पारे ।

बालबालिकाले विद्यालयमा अंग्रेजी भाषा जानेमा गर्व गर्ने परिपाटी रहेको उल्लेख गर्दै उहाँले वास्तवमा यो राम्रो नभएको बताए । विद्यालयमा मातृ भाषाको अधिकतम प्रयोग गर्दा मातृभाषा सवृद्ध हुने र मातृभाषा सवृद्ध हुदा अंग्रेजी वा अन्य भाषामा पनि सजिलै प्रवेश गर्न सकिने उनको तर्क थियो ।

गाउँपालिकाले सबै प्राथमिक तहको विद्यालयमा अंग्रेजी भाषा माध्यमबाट पठपाठन गर्ने भनि निर्णया गरिसकेको अवस्थामा भाषा आयोगको यो कार्यक्रमले गाउँपालिका अध्यक्ष सलामसिं लामालाई झड्का दिएको छ । सामुदायिक विद्यालयमा अंग्रेजी भाषालाई माध्यम भाषा बनाउन नमिल्ने भाषा आयोगले प्रष्ट्याएपछि अध्यक्ष लामाले आफूले यो कार्यक्रमलाई सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा भाषा आयोगका सदस्य लोकबहादुर लोप्चन, भाषाविद अमृत योञ्जनले मातृभाषाको प्रयोग, साम्भव्यताको अध्यन गर्ने छ ।

उनले तामाङ भाषालाई विद्यालयमा लेखन तथा पठनपाठनका लागि प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । उनले मातृभाषा शिक्षाका लागि आउने आर्थिक वर्षमा बजेट विनियोजन गर्ने समेत बताए । तेमाल गाउँपालिकामा रहेको ४८ वटा विद्यालयका प्रावि तहको शिक्षकहरुको उपस्थिति रहेको उक्त कार्यक्रम ४ दिनसम्म चल्ने आयोजकले बताएका छन् ।

Comments

comments