७ चैत्र, काठमाडौ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लोकप्रिय तथा स्थापित मंगोलियन हर्ट ब्यान्डले स्थापनाको २५ वर्ष पूरा भएको उपलक्ष्यमा रजत महोत्सव (सिल्बर जुब्ली)को आयोजना गर्ने भएको छ ।

आगामी २०७५ साल बैशाख ८ गते शनिबारका दिन काठमाडौंको चुच्चेपाटी स्थित हायत ग्राउण्डमा ‘ग्रेन्ड लाईभ कन्सर्ट’ आयोजना गरिने म्यानेजर तथा व्यान्डका गिटरिष्ट बबी लामाले जानकारी दिए ।

२५ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएकोले उक्त कन्सर्टको टिकट दर २५ रुपैयाँ मात्र रहेको गिटरिष्ट लामाले बताए ।

टिकटबाट उठेको रकम स्थानीय क्लबलाई सामाजिक कायममा लगाउने गरि सहयोग गर्ने उनले बताए । साथै लाईभ कन्सर्ट मुलुकको २५ स्थानमा गरिने उनले जानकारी दिए ।

काठमाडौंमा हुने ग्रेन्ड लाईभ कन्सर्ट कार्यक्रमको व्यवस्थापन पनि ९० प्रतिशत सकिएको पनि उनले बताए ।

मुलुक भित्र र बाहिर समेत निकैै नै चर्चा बटुल्दै ख्याति कमाई सकेका मंगोलियन हार्टका मुख्य गायक राजु लामा हुन् । २५ वर्षको अवधिमा उनले नेपालीहको मन जित्न सफल भएको छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।